१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

पर्यटक प्रहरीबाट दुई सय ७५ विदेशीको उद्धार

पर्यटक प्रहरीले सन् २०१८ को सुरुदेखि हालसम्ममा अप्ठेरोमा परेका दुई सय ७५ जना विदेशी पर्यटकको उद्धार गरेकोे छ।भृकुटीमण्डपस्थित पर्यटक प्रहरी एकाइका अनुसार पर्यटक प्रहरीले उक्त अवधिमा एक सय ८७ पुरुष र ८८ विदेशी महिलाको उद्धार गरेको छ।

गर्भवती महिलाको हेलीकप्टरबाट उद्धार

बाजुराबाट एक सुत्केरी महिलाको उद्धार गरी नेपालगञ्ज ल्याइएको छ। बुढीनन्दा नगरपालिका १ रावत बाडाकी २२ वर्षीया रमिला रोकायालाई हेलीकप्टरमार्फत उद्दार गरिएको हो।

हेलिकोप्टर कुर्दाकुर्दै जान्छ ज्यान

हेलिकोप्टर उद्धारबाट मात्र ज्यान जोगिने दुर्गम भेगका बासिन्दा र पदयात्रीले वर्षाैंदेखि यो समस्या भोग्दै आएका छन्। आपत् परेको अवस्थामा उद्धारका लागि हेलिकोप्टर बोलाउने गरिए पनि अर्धनिषेधित क्षेत्र पर्ने भन्दै गृह मन्त्रालयको स्वीकृति लिनुपर्ने बाध्यताले बिरामीले ज्यान गुमाउने गरेका छन्।

रोजगारको प्रलोभनमा लिबिया पुगेका १५ नेपालीको उद्धार

रोजगारको प्रलोभनमा परेर अवैध रुपमा युद्धग्रस्त लिबिया पुगेका १५ जना नेपालीलाई उद्धार गरिएको छ। इजिप्टको कायरोमा रहेको नेपाली दूतावासको पहलमा रोजगारको आश्वासनमा अवैध रुपमा पु-याइएका १५ नेपालीलाई उद्धार गरी ट्रिपोलीमा रहेको अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम)को क्याम्पमा राखिएको छ।

झन्झटिलो उद्धार प्रक्रिया, हेलिकोप्टर कुर्दाकुर्दै जान्छ ज्यान

गत ठीक एक साताअघि मुस्ताङस्थित ६ हजार तीन सय ४६ मिटर अग्लो हिमाल सारेबुङ आरोहण र सोही भेगको पदयात्राका लागि गएको टोलीका एक सदस्य इटालियन पदयात्री ६८ वर्षीय मार्काे रोकुफ्रान्कुफ्को मोरिलियोलाई ‘हाई अल्टिच्युड’ लाग्यो। उनीसँगै टोलीमा रहेका दुई नेपाली गाइड पनि बिरामी परे। मनाङको नार–फू हुँदै मुस्ताङको माथिल्लो क्षेत्र लोमान्थाङ निस्कने क्रममा लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ स्थित सारेबुङको करिब ५८ सय मिटर उचाइमा उनीहरू बिरामी परेको पदयात्रा व्यवस्थापन गरिदिने नेपाल सेन्चुरी ट्रेक्सलाई थाहा भयो। बिहान पौने १० बजे नै मार्काेसहितका पदयात्री बिरामी परेको जानकारी नेपाल सेन्चुरी टे«क्सका प्रबन्ध निर्देशक तुलसी ज्ञवालीलाई पुगेको थियो। त्यसपछि उद्धारका लागि हेलिकोप्टर खोज्ने र उडान अनुमतिको प्रक्रिया सुरु गरियो।

झन्झटिलो उद्धार प्रक्रिया, हेलिकोप्टर कुर्दाकुर्दै जान्छ ज्यान

गत ठीक एक साताअघि मुस्ताङस्थित ६ हजार तीन सय ४६ मिटर अग्लो हिमाल सारेबुङ आरोहण र सोही भेगको पदयात्राका लागि गएको टोलीका एक सदस्य इटालियन पदयात्री ६८ वर्षीय मार्काे रोकुफ्रान्कुफ्को मोरिलियोलाई ‘हाई अल्टिच्युड’ लाग्यो। उनीसँगै टोलीमा रहेका दुई नेपाली गाइड पनि बिरामी परे। मनाङको नार–फू हुँदै मुस्ताङको माथिल्लो क्षेत्र लोमान्थाङ निस्कने क्रममा लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ स्थित सारेबुङको करिब ५८ सय मिटर उचाइमा उनीहरू बिरामी परेको पदयात्रा व्यवस्थापन गरिदिने नेपाल सेन्चुरी ट्रेक्सलाई थाहा भयो। बिहान पौने १० बजे नै मार्काेसहितका पदयात्री बिरामी परेको जानकारी नेपाल सेन्चुरी टे«क्सका प्रबन्ध निर्देशक तुलसी ज्ञवालीलाई पुगेको थियो। त्यसपछि उद्धारका लागि हेलिकोप्टर खोज्ने र उडान अनुमतिको प्रक्रिया सुरु गरियो।

मिजोरमबाट २३ नेपाली चेलीको उद्धार

वैदेशिक रोजगारीको बहानामा अवैध रुपमा तेस्रो मुलुक लैजान लागिएका अवस्थामा २३ नेपाली चेलीलाई भारतको उत्तरी राज्य मिजोरमबाट आज उद्धार गरिएको छ।

हेलिकप्टरमार्फत सुत्केरीको उद्धार

सुत्केरीपछि गम्भीर विरामी बच्चा र आमाको हेलिकप्टरमार्फत सुत्केरीको उद्धार गरिएको छ। डेरामा नै सुत्केरी भएर रक्तस्राप अध्याधिक भएपछि गम्भीर अवस्थामा भएपछि जिल्ला अस्पताल भोजपुरको सिफारिसमा कमला राईको हेलिकप्टरमार्फत उद्धार गरिएको हो।

हुम्लाका दुई महिलाको हेलिकप्टरबाट उद्धार

जोखिमपूर्ण अवस्थामा रहेका हुम्लाका दुई महिलाको बुधबार हेलिकप्टरबाट उद्धार गरिएको छ। बुधबार बिहान कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलसहितको टोली हुम्ला पुगेर चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्यचौकीमा कार्यरत अनमी निशा नेपाली र ओदानचुली गाउँपालिका–१ का ३५ वर्षीया राजकला महतारालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेको हो।

पत्ता लागेन काँप्ने रोग, न्युरो पठाइयो

२० वर्ष कटेपछि शरिरै काँप्ने अज्ञात रोगबाट पीडित उदयपुरको समाल मगर परिवारका सबै विरामीको थप उपचारार्थ न्युरो अस्पताल विराटनगर रिफर गरिएको छ। दशकयता हात, गोडा काँप्ने, टाउको हल्लिरहने र केहिपछि पूरै शरिर काँपेर खान, बस्न, हिडडुल गर्न नसक्ने हुँदै बोली नै बन्द हुने रोगले थलिएका विरामीहरुलाई जिल्ला अस्पताल उदयपुरले प्रारम्भिक उपचारपछि थप उपचारार्थ न्युरो पठाएको हो।

पाँच दिनदेखि इनारमा खसेका जिम्बाको जीवितै उद्धार

हरिवन नगरपालिका अन्तर्गत घुर्कौलीस्थित सुकेको इनारमा खसेका एक सर्वसाधारणको आज सोमबार जीवितै उद्धार गरिएको छ।

मलेसियाली आरोही चिनको चार दिनपछि उद्धार

अन्नपूर्ण प्रथम (८०९१ मि) आरोहण मार्गको ७ हजार पाँच सय मिटर उचाइमा चार दिनदेखि हराइरहेका मलेसियाका आरोही वुई किन चिनको शुक्रबार बिहान सकुशल उद्धार गरिएको छ। गत मंगलबार दिँउसो आरोहण सकेर फर्कने क्रममा हराएका आरोही चिन अर्धचेत अवस्थामा फेला परेको उद्धारकर्ताले बताएका छन्।

अन्नपूर्णमा अलपत्र आरोहीको उद्धार

गत मंगलबार अन्नपूर्ण प्रथम (८०९१ मिटर) आरोहण गरेर फर्कने क्रममा मलेसियाका ४८ वर्षीय आरोही वुई किन चिन समूहबाट छुटे। निर्धारित समयमा तोकिएको गन्तव्यमा नफर्केपछि बल्ल उनी छुटेको थाहा भयो। अनि उद्धारको प्रयास भए पनि तत्काल सम्भव भएन। निर्धारित समयमा चिन तोकिएको गन्तव्यमा नआएपछि साथमा गएका अरु आरोहीसहितको टोली फर्कियो।

केन्याबाट १२ नेपाली युवती उद्धार

प्रहरीकाे लामो अनुसन्धानपछि यौन धन्दा तथा मानव तस्करीमा संलग्न गिरोहलाई समाउन सफल भएकाे त्यहाँकाे प्रहरीले जनाएकाे छ। पक्राउ पर्ने नेपाली युवतीहरु तान्जानियासँग सीमा जोडिएको लुङ्गा–लुङ्गा नाकाबाट केन्यातर्फ तस्करी गरिएको प्रहरीको भनाइ छ ।

महासंघको ११ लाख सहयोग

राष्ट्रिय सहकारी महासंघले बारा र पर्साको हावाहुरी पीडितको सहयोगार्थ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ११ लाख ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरेको छ । महासंघ अध्यक्ष केशव बडालको नेतृत्वको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त रकम बराबरको चेक बिहिबार हस्तान्तरण गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्