दुई दिनदेखि टापुमा फसेकाकाे उद्धार
दुई दिनदेखि बाढीले कमला नदीको बीचमा बनाएको टापुमा फसेका ९ जनालाई शनिबार बिहान सुरक्षित उद्धार गरिएको छ।
दुई दिनदेखि बाढीले कमला नदीको बीचमा बनाएको टापुमा फसेका ९ जनालाई शनिबार बिहान सुरक्षित उद्धार गरिएको छ।
बसपिट्टामा निर्माण भइरहेको पुलमा काम गर्न शुक्रबार दिउँसो पुगेका प्राविधिकसहितको टोली डुबान क्षेत्रमा फसेका हुन्।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) ले बाढी, पहिरो पीडितको उद्धार र राहतमा सक्रियतापूर्वक जुट्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिएको छ ।
अविरल परेको वर्षाका कारण सुरक्षा निकायका कार्यालय, ब्यारेकहरू पनि डुबानमा परेका छन् । सुरक्षाकर्मीहरु त्यहाँबाट निस्कन नसक्ने अवस्थामा पुगेका छन् ।
तीनदेखि परेको अविरल वर्षाको कारण डुबानमा परेका दुई सय नौ जनालाई सशस्त्र प्रहरीको टोलीले काठमाडौंको विभिन्न ठाउँबाट उद्वार गरेको छ । बाढी तथा झरीको कारण डुबानमा परेका व्यक्तिहरुलाई सशस्त्र प्रहरी टोलीले उद्वार गरेको हो । काठमाडौँको विभिन्न स्थान बाढी तथा डुबानमा परेपछि
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकका विभिन्न भागमा वर्षाका कारण हुन सक्ने क्षति न्यूनीकरण र उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको बताएका छन्। प्रधानमन्त्री ओलीले शुक्रबार ट्विट गर्दै सम्भावित जोखिमबाट जनतालाई जोगाउन पूर्वसूचना प्रणालीलाई अझ प्रभावकारी बनाउन सरकारका विभिन्न मन्त्रालय र निकाय सक्रिय रहेको जानकारी गराउँदै क्षति न्यूनीकरण गर्न सुरक्षाकर्मी खटिएको जानकारी गराएका हुन्।
केहि दिन अघिदेखि परेको अविरल वर्षाले देशका विभिन्न ठाउँमा वितण्डा मच्चाएको छ। बाढी र पहिरोले देशभर १७ जनाले ज्यान गुमाएका छन् भने सात जना बेपत्ता भएका छन्। त्यस्तै हालसम्म सात जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरीले हालसम्म चार जनालाई उद्धार गरेको जनाएको छ।
सिरहाको कर्जन्हा नगरपालिका–२ बन्दिपुरस्थित कमला नदीको बीच भागमा १२ घण्टादेखि रुख चढेर उद्धारका लागि गुहार गरिरहेका बिद्रु मुखियाको केहि समयअघि उद्धार गरिएको छ। वर्षा रोकिएर नदीमा पानीको बहाव कम भएपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त उद्धार टोलीले नाउको सहाराले मुखियाको उद्धार गरेका हुन।
कमला नदीको बाढीले बनाएको टापुमा सिरहाका पाँच जना किसान २४ घण्टादेखि फँसिरहेका छन्। कमलाको बगरमा लगाइएको परवल खेतिमा काम गर्न गएका सिरहा, कल्याणपुर नगरपालिका –५ निर्दनाका चारजना महिला तथा एक पुरुष अचानक दुवै किनारमा बाढी आएपछि बीचमै घेरिएका हुन्।
वर्षाका कारण टका दुई ठुला नदी र अन्य खोलामा बहाव बढेर बाढी आएपछि उद्धार टोली तयारी अवस्थामा रहेको छ। बर्षाको पानि गाउँ वरिपरि जमेर बस्ती भित्र प्रबेश गर्न लागेको छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रबक्ता डिएसपी नवीन कार्कीका अनुसार बन्जरहा, औरैया, बेलबिछवा, बडहर्वा प्रहरी चौकी डुबानमा परिसकेका छन्।
चीनमा अलपत्र परेका ४४ नेपाली चेली उद्धारको पर्खाइमा छन्। सजिलो काम र राम्रो आम्दानीको प्रलोभनमा परी चीन आएर विचल्ली भएको २ महिना हुन लागेको छ। उनीहरूलाई कपडा प्याकिङ गर्ने सजिलो काम भनी झुक्याएर गार्मेन्ट कारखानामा सिलाइको काममा लगाइएको छ। तर उनीहरूले कहिल्यै सिलाइ मेसिन छोएका थिएनन्।
अपहरणमा परेका ६ वर्षीया एक बालिकालाई प्रहरीले दुई दिनपछि सकुशल उद्धार गरेको छ।
१११ मेगावट क्षमताको यो आयोजना रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा निर्माण हुँदै छ।
ट्रेकिङमा गएका पाँच जनामध्ये एकजना बाटो भुलेर हराएपछि सँगै यात्रामा रहेका अन्य चारजना साथीले हराएको कुरा प्रहरीलाई जानकारी गराएका थिए।
२०६९ सालमा बंगलादेशमा तालिम लिएका २५ जनामध्ये सशस्त्र प्रहरीमा अहिले १९ जना गोताखोर रहेका छन्।