९ मंसिर २०८१ आइतबार
image/svg+xml

डोल्पामा नगरप्रमुखका दुई डोजरमा आगजनी

दुईवटै डोजर मौसम एण्ड हरिष निर्माण सेवाको नाममा रहेको प्रहरीले जनाएको छ। आफू काठमाडौं भएको र घटनाका विषयमा फोनबाट जानकारी पाएको नगरप्रमुख शाहीले बताए। प्रहरी घटनास्थलमा पुगिसकेको र अहिले ठ्याक्कै कसैमाथि शङ्का नभएको शाहीको भनाइ छ।

नगरप्रमुखलाई कारबाही माग

इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीलाई लक्षित गरी सामाजिक सञ्जालमा आएका विभिन्न टीकाटिप्पणी छानबिन तथा सत्य तथ्य सार्वजनिक गर्न नेपाली कांग्रेस इटहरीले माग गरेको छ ।

नगरप्रमुख र उपप्रमुखको बेग्लाबेग्लै स्थानमा कार्यालय : सेवाग्राही अन्योलमा

सर्लाहीको बलरा नगरपालिकामा दुई स्थानमा कार्यालय राखेर नगरको काम गरिएकोे छ। नगरप्रमुख र उपप्रमुखले बेग्लाबेग्लै स्थानमा नगरपालिकाको कार्यालय राखेर नगरको काम गरेका हुन्।

सडक डिभिजनप्रति नगरप्रमुखको आक्रोश

मंगलबार जिल्ला प्रशासन कार्यालय रामेछापले आयोजना गरेको सेवा प्रवाहसम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरप्रमुख बस्नेतले बजेट प्रशस्त भए पनि सडकले काम नगर्दा सर्वसाधारण मारमा परेको गुनासो गरे।

नगरप्रमुखद्वारा सभा स्थगित, उपप्रमुखद्वारा सञ्चालन

मध्यपुरथिमि नगरपालिकामा जनप्रतिनिधिको विवादका कारण आजका लागि आह्वान गरिएको विशेष नगरसभा विवादित बनेको छ। सो विशेष नगरसभा नगर प्रमुख मदनसुन्दर श्रेष्ठले स्थगन गरे। नगरपालिकाका प्रशासकीय अधिकृत महेश बरालले सहमति जुटाउन नसकिएको कारणसहित विज्ञप्ति जारी गर्दै आज आह्वान गरिएको विशेष नगरसभा स्थगन गरिएको जानकारी दिए।

रेणु दाहालले काममा समन्वय गर्नुभएन : उपप्रमुख शाह

भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरीले महानगरप्रमुख रेणु दाहालले कार्यपालिका बैठक सञ्चालनमा आफूसँग समन्वय नगरेको आरोप लगाएकी छन्।

नगरप्रमुख खत्रीलाई छानविन गर्न वडाअध्यक्षको माग

कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्री विवादमा परेका छन्। नगरप्रमुख खत्रीले एकलौटी निर्णय गरेको भन्दै उनका निर्णयहरु विवादित  भएका हुन्। नगरपालिकाले गरेका प्रत्येक योजनामा आर्थिक अनियमितता भएको भन्दै केहि वडा अध्यक्ष तथा वडा सदस्यहरुले छानविन गर्न माग गरेका छन्।

दमकमा नगरप्रमुख ओली लक्षित बम प्रहार

दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीलाई लक्षित गरि बम प्रहार गरिएको छ । उनी प्रधानमन्त्री केपी शर्मा ओलीको दमकस्थित घरमा बस्दै आएका छन्।

नगरप्रमुख यादवद्वारा बलिकाको अभिभावकत्व ग्रहण

कलैया उपमहानगरपालिका प्रमुख राजेश राय यादवले एक बालिकाको अभिभावकत्व ग्रहण गरी विद्यालयमा भर्ना गराएका छन्। यादवले कलैया उपमहानगरपालिका १२ शीतलपुरकी ४ वर्षीया प्रियाकुमारीको अभिभावकत्व ग्रहण गरी नेपाल राष्ट्रिय निम्नमाध्यमिक विद्यालय शीतलपुरको बालविकास कक्षामा आइतबार भर्ना गराएका हुन्।

भैँसी बेचेर नगरप्रमुखमा उम्मेद्वारी

महोत्तरी जलेश्वर नगरपालिकाका प्रमुख पदका लागि एक जनाले भैँसी बेचेर उम्मेदवारी दर्ता गराएका छन्।

प्रदेश नम्बर ३ को नगरप्रमुखमा 'हेभिवेट' को दाबी

प्रदेश नम्बर-३ का विभिन्न नगरपालिकामा मेयर–उपमेयरका आकांक्षीको चर्चा तीव्र हुन थालेको छ। कुन पार्टीले कस्ता उम्मेदवार अगाडि सार्लान् भनी जनताले उत्सुकतासाथ हेरिरहेका छन् भने आकांक्षीचाहिँ आफ्नो उम्मेदवारीको चर्चा चलाउन व्यस्त छन्।

वीरगन्जका प्रथम नगरप्रमुख मानन्धरको निधन

वीरगन्जका पहिलो नगरप्रमुख केशरप्रसाद मानन्धरको आइतबार बिहान उपचारका क्रममा निधन भएको छ ।  लामो समयदेखि दम र श्वासप्रश्वासको समस्याबाट ग्रसित ९५ वर्षीय मानन्धरको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा बिहान ५ः३० बजे निधन भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्