प्रदेश राजधानी पोखरामा एकमत
प्रदेशको स्थायी राजधानी र नाम तोक्न संवैधानिक अधिकार पाएका प्रदेशसभा सांसदहरू राजधानी पोखरा राख्ने विषयमा एकमत दिएका छन्।
प्रदेशको स्थायी राजधानी र नाम तोक्न संवैधानिक अधिकार पाएका प्रदेशसभा सांसदहरू राजधानी पोखरा राख्ने विषयमा एकमत दिएका छन्।
एमएडब्लु इन्टरप्राइजेजले यामाहाका स्कुटर चालकहरुलाई रोमाञ्चक ‘राइड एन्ड रिट्रिट’ आयोजना गरेको छ । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लुले उक्त कार्यक्रम गरेको हो।
केही समय अघि राजधानीमा मञ्चन गरिएको नाटक नाटक ‘द अग्ली डकलिङ’(कुरुप हाँस) पोखरामा मञ्चन हुने भएको छ ।
नाटक ‘द अग्ली डकलिङ’ (कुरुप हाँस) पोखरामा मञ्चन हुँदैछ। नाटकलाई कलाकार नाजिर हुसेनले परिकल्पनाएवं निर्देशन गरेका हुन्।
नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले युवाहरुको मन जित्न सफल यामाहा एफजी २५का राइडरहरुका लागि शनिबार साहसीपूर्ण तथा रोमाञ्चक ‘राइड आउट’को तेस्रो संस्करणको आयोजना गरेको छ ।
अखिल नेपाल युवक संघको सातौँ राष्ट्रिय सम्मेलन यही वैशाख २८ देखि ३० गतेसम्म पोखरामा हुने भएको छ।
पोखराको चाउथेमा चारवटा गाडी एकापसमा ठोकिँदा ७ जना घाईते भएका छन्। साँझ पौने ६ बजेतिर भएको उक्त दुर्घटनामा परि घाईते भएका दुई जनाको अवस्था भने गम्भीर रहेको छ।
कास्कीको विजयपुरमा भएको बम विष्फोटमा परी एक प्रहरी र एक पत्रकार घाइते भएका छन् ।घाइते हुनेमा रेडियो गण्डकीका पत्रकार धनश्याम पाण्डे र प्रहरी जवान कुलबहादुर खत्री रहेका छन् ।
भूकम्पको केन्द्रबिन्दु जिल्ला गोरखाको पुनः निर्माण सम्बन्धी गोष्ठी पोखरामा गरिएको छ । आजदेखि सुरु भएको दुई दिने गोष्ठी गर्न प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत सहितको पुनः निर्माणमा प्रत्यक्ष संलग्न कार्यालयका प्रमुख, गैरसरकारी संघ संस्थाका व्यक्तिहरू पोखरामा छन् । उक्त गोष्ठी पुनः निर्माण प्राधिकरण गोरखाको आयोजनामा चलिरहेको छ । त्यहाँ दाता भने गोरखामा भूकम्प पीडितका लागि काम गर्न आएका अन्तराष्ट्रिय गैरसरकारी संस्था छन् । प्राधिकरणले एनजिओ/आइएनजिओसँग पैसा उठाएर पोखरामा कार्यक्रम गरेको हो।
युद्धले क्षतिग्रस्त अफगानिस्तानको एक सहरबाट काजकस्तानको आफ्नो घरमा फर्किने परिवारको कथा समेटिएको ‘रिर्टनी’ पोखरामा ४ दिनसम्म चलेको ‘नेपाल अन्तर्राष्ट्रिय फिल्म अवार्ड’मा ‘उत्कृष्ट फिल्म’ बन्न सफल भएको छ ।
विद्यार्थी मृत्युको विषयलाई लिएर पृथ्वीनारायण क्याम्पस मंगलबार बिहानैदेखि तनावग्रस्त बनेको छ । नेविसंघ स्याङजा पिएन क्याम्पस सम्पर्क समितिका सभापति बोधराज ढकाललाई सोमबार साँझ क्याम्पस गेटमा नगर बसको ठक्कर दिएको र उपचारको क्रममा उनको निधन भएपछि नेविसंघको नेतृत्वमा बिहानैदेखि क्याम्पसमा प्रदर्शन भइरहेको छ
पोखरा विमानस्थलले सन् २०१७ मा झन्डै ५ लाख यात्रुलाई सेवा दिएको छ । सीमित रुटमा उडान गर्दा पनि विमानस्थलबाट आउजाउ गर्ने यात्रुसंख्या अहिलेसम्मकै बढी भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) पोखरा कार्यालयले जनाएको छ ।
दोस्रो सिजनको हस्पिटालिटी नेपाल कन्टेस्टको पहिलो अडिसन पोखरामा भएको छ। शनिबार पोखरामा भएको अडिसनमा कुल २८ जनाले सहभागिता जनाएका थिए। पोखरामा अर्कोपटक पनि अडिसन हुने आयोजक कम्पनी एपी इन्टरटेनमेन्टले जनाएको छ।
भारतीय र चिनियाँ फिल्मको कथ्य चरित्रमाथि बहस चलाउँदै नेपाली फिल्मको कथ्य खोज्न आगामी माघ १९ गतेदेखि पोखरामा चार दिने ‘नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)’ आयोजना हुने भएको छ । स्वदेशी तथा विदेशी छोटा र फिचर फिल्मको प्रदर्शनसँगै फिल्मका १० विषयमा बहस चल्ने फेस्टिभलमा ३० भन्दा बढी देशका फिल्मको सहभागिता हुनेछ ।
राखेप च्याम्पियनसिपअन्तर्गत यहाँस्थित रंगशालामा राष्ट्रियस्तरको महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । मंगलबारदेखि सुरु हुने प्रतियोगिता आगामी शनिबारसम्म पोखरा रंगशालामा सञ्चालन हुनेछ ।