coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml

गति कम गर्न अटेर गरेपछि विद्यार्थी बोकेको बस दुर्घटना

घाईते विद्यार्थीका अनुसार ति चालकले दिनहुँ बस यसैगरि तिब्र गतीमा हाँक्दै आएका थिए ।

स्कुल बस दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु, २२ जना घाईते

विद्यार्थी लिन गाउँ गएको उक्त बस विद्यार्थी लिएर फर्कदै गर्दा तुलसीपुर १५ सरैयाँ भन्ने स्थानमा बिहान ६ बजेतिर पल्टिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक झलक शर्माले जानकारी दिएका छन् ।

मोटरसाइकलकाे ठक्करबाट दाङमा एक स्कुले विद्यार्थीको मृत्यु

विद्यालयबाट घर फर्कने क्रममा अमृतालाई रा ४ प ७७४ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। मोटरसाइकलको ठक्करबाट उनलाई उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको विद्यालयका शिक्षक पिताम्बर रिजालले जानकारी दिए।

‘विषादीयुक्त’ भारतीय तरकारी र फलफुल प्रधानमन्त्रीलाई उपहार

नेपाल बिद्यार्थी संघ बाँकेले सांकेतिक बिरोध स्वरुप प्रधानमन्त्री केपी शर्मा ओलीलाई तरकारी र फलफुल उपहार स्वरुप पठाएको छ। भारतबाट आउने तरकारी र फलफुलको विषादी परीक्षण नगरेर जनताको स्वास्थ्यमाथि गम्भीर खेलवाड गरेको भन्दै मंगलबार जिल्ला प्रशासन कार्यालयमार्फत काठमाडौं पठाएको हो।

दुई विद्यार्थीको मृत्यु प्रकरणः क्षतिपूर्तिको माग गर्दै आफन्तको प्रदर्शन

खोटाङमा खोलाको दहमा डुबेर ज्यान गुमाएका दुई विद्यार्थीका आफन्तले दिक्तेल बजारमा जुलुस निकालेको छ।

शैक्षिक भ्रमणमा गएका दुई बिद्यार्थीको डुबेर मृत्यु

खोलामा डुबेर खोटाङमा दुई बिद्यार्थीको मृत्यु भएको छ। साप्सुखोलामा पौडी खेल्नेक्रममा दिक्तेल प्राविधिक शिक्षालयमा सव–ओभरसियर अध्ययन गरिरहेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका अन्दाजी १९ वर्षीय एलिस बस्नेत र सोही ठाँउका १९ वर्षीय विक्रम भट्टराईको मृत्यु हो।

‘ग्रेस मार्क’ का भरमा कक्षा चढ्दै विद्यार्थी

रोल्पा जिल्लाको शैक्षिक अवस्था अत्यन्त कमजोर बन्दै गएको तथ्य भर्खरै प्रकाशित भएको कक्षा ८ को नतिजाले देखाएको छ। प्रत्येक स्थानीय तहले संचालन गरेको गाउँपालिका स्तरीय परीक्षाको नतिजा सन्तोष जनक नदेखिदा शैक्षिक अवस्था कमजोर भएको शिक्षा क्षेत्रका जानकारहरु बताउँछन्। स्थानीय तह भित्र शिक्षाको जिम्मेवारी पाएका शिक्षा शाखा प्रमुखहरुले नै नतिजा सन्तोष जनक नरहको स्वीकारेका छन्।

बिद्यार्थीहरुको शैक्षिक गुणस्तर बृद्धि गर्न अमरगढी नगरपालिकाको पहल

शिक्षाको गुणस्तर बृद्धिका लागी अमरगढी नगरपालिकाले शैक्षिक गतिबिधी लाई तिब्रता दिएको छ। शैक्षिक गुणस्तर बृद्धी गर्न नगरपालिकाले विभिन्न क्रियाकलाप गर्दै आएको छ।

शिक्षकको कुटाईबाट बिद्यार्थीको मृत्यु भएको आरोप, परिवार शोकमा

सोमवार पढन गएका एक बिद्यार्थीको शिक्षकको कुटाईबाट मृत्यु भएको परिवारले आरोप लगाएका छन्। कलैया उपमहानगरपालिका वडा नम्बर १ मा रहेको नमुना निम्न माध्यमिक बिद्यालयको कक्षा ७ मा अध्ययनरत १२ बर्षीय अजय मण्डल शिक्षकको कुटाईबाट मृत्यु भएको परिवारका सदस्यरुले लगाएका छन्।

छात्रबृत्ति उतीर्ण बिद्यार्थी भर्ना हुनबाट बञ्चित

प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद(सिटिईभिटिई)बाट छात्रबृत्ति उतीर्ण गरेकी निशा घर्तिमगर कलेजमा भर्ना हुनबाट बञ्चित भएकी छन्।

शैक्षिक भ्रमणमा गएका तीन बिद्यार्थी तालमा डुबेर बेपत्ता

सोलुखुम्बुमा शैक्षिक भ्रमणमा गएका तीन बिद्यार्थी गोक्यो तालमा डुबेर बेपत्ता भएका छन्। समुद्र सतहदेखि ५ हजार उचाईमा रहेको गोक्यो तालमा डुबेर खुम्बु पासाङल्हामु गाउँपालिका ४ खुम्जुङस्थित खुम्जुङ माबिमा कक्षा ९ मा अध्ययनरत १७ वर्षीय पेम्बादोर्जे शेर्पा, १६ वर्षीय पेम्बानुरु शेर्पा र खुम्बु पासाङल्हामु गाउँपालिका ५ नाम्चेका १६ वर्षीय सुनिल बराईली बेपत्ता भएका हुन्।

कक्षा कोठामा नपढाउने शिक्षकको रेकर्ड राख्दै बिद्यार्थी

पर्वत कुस्मा नगरपालिका–१२ स्थित जनता सुदर्शन माविका कक्षा ६ मा अध्ययनरत् विद्यार्थीलाई कक्षा कोठामा सबैभन्दा राम्रो पढाउने र सबैभन्दा कम पढाउने शिक्षक को होला? भनेर प्रश्न गर्दा सबैले एकै स्वरमा ती शिक्षकको नाम बताइदिए।

६ सय ८१ बिद्यार्थीमा ४२ जना पास

रोल्पामा शिक्षाको अवस्था अत्यास लाग्दो रहेको एक तथ्याङ्ले देखाएको छ। यसपाली त्रिबेणी गाउँपालिकामा रहेका २१ विद्यालय मध्य १० विद्यालयको ८ कक्षाको नतिजा सुन्य रहेको छ।

पुस्तकालय प्रयोगले बिद्यार्थीमा पढ्ने सिपको विकास

बाँकेको बैजनाथ गाउँपालिका–२ कलरामपुरस्थित नेपाल राष्ट्रिय प्राथमिक बिद्यालयको कक्षा ४ मा पढ्ने छात्रा नम्रता राना हरेक बुधबार पुस्तकालय कोठामा अनिवार्य रुपले पुग्छिन्।

एक बिद्यार्थीलाई पाँच शिक्षक ! (फोटो फिचरसहित)

रोल्पाको एकमात्र जलजला बहुमुखी क्याम्पसमा हिजोआज ५ शिक्षकले एक जना बिद्यार्थी पढाईरहेका छन्। स्नातक तहमा शिक्षा, मानविकी र व्यवस्थापन संकाय पढाई हुने जलजला बहुमुखी क्याम्पसमा दैनिकजसो शिक्षक र बिद्यार्थीको संख्या बराबर जस्तै रहन्छ। १७ जना शिक्षक रहेको क्याम्पसमा प्राय दैनिक बिद्यार्थी उपस्थिती पनि त्यतिकै संख्यामा हुने गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्