१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

जसकाेमा सहमति बन्छ, उसकै नेतृत्वमा सरकार बन्नुपर्छः नेता थापा

बागलुङ– नेकपा (माओवादी केन्द्र) का नेता रामबहादुर थापाले संविधानको कार्यान्वयन, पुनःनिर्माण र शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताएका छन्।

सरकारमा जान मात्र दलहरुबीच सहमति आवश्यक छैनः सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले दलहरुबीच हुने सहमति सत्तामा जानका लागिमात्र हुन नहुनेमा जोड दिएका छन्। शनिबार काठमाडौं एक नम्बर क्षेत्रले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले मुलुकका सामु संविधान कार्यान्वयन कडा चुनातीको रुपमा देखा परेको बेला दलहरुबीच सरकारमा सहभागी हुनमाात्र सहमति हुन नहुनेमा जोड दिएका हुन्।

बहुमतीय सरकारको विकल्प फेरि बहुमतीय हुन सक्दैनः नेता नेपाल

काठमाडौँ– नेकपा (एमाले) का नेता माधवकुमार नेपालले बहुमतीय सरकारको विकल्प फेरि बहुमतीय सरकार हुन नसक्ने बताएका छन्।

वर्तमान सरकार संवैधानिक रुपमा ढल्न सक्दैन–एमाले

काठमाडौँ– नेकपा(एमाले)ले वर्तमान सरकार संवैधानिक ढङ्गले पनि ढल्न नसक्ने जिकिर गरेको छ।

सहमतीय सरकारको नेतृत्व लिन तयार छौंः पम्फा भुसाल

पोखरा– नेकपा (माओवादी) केन्द्रका प्रवक्ता पम्फा भुषालले सहमतीय सरकारको नेतृत्व लिन माओवादी तयार रहेको बताएकी छन्। प्रेस सेन्टर नेपाल कास्कीको एकता अधिवेशनको शुक्रबार यहाँ उद्घाटन गर्दै उनले जसको नेतृत्वमा सहमति हुन्छ त्यसैको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने र नेतृत्व दिए माओवादीपछि नहट्ने धारणा राखिन्।

माओवादी सहमतीय सरकारमै

नेकपा माओवादी केन्द्रले वृहत राष्ट्रिय सहमतिको सरकार बनाउन पहल लिने निर्णय गरेको छ। तीन दिन चलेको पोलिटब्युरो बैठकले राष्ट्रिय सरकारले मात्रै मुलुकका समस्या समाधान गर्नसक्ने ठहर गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्।

सरकार परिवर्तन हुँदैन– प्रधामन्त्री अाेली

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार केही दिनभित्र विस्तार हुन सक्ने बताएका छन्। भूमिसुधार तथा व्यवस्थापन मन्त्रालयद्वारा आज आयोजित ‘भूमि व्यवस्थापनमा देखिएका चुनौती र समाधान’ विषयको राष्ट्रिय परामर्श गोष्ठीमा प्रधानमन्त्री ओलीले भने– “सरकार परिवर्तन हुने कुरा हल्ला मात्रै हो । यो दायाँबायाँ हुँदैन ।”

अमेरिकी सरकारद्वारा उत्तर कोरियाली नेता किम जोङ उन विरुद्ध प्रतिबन्ध

अमेरिकी सरकारले उत्तर कोरीयाली सर्वेच्च नेता किम जोङ उन विरुद्ध प्रतिबन्ध लगाएको छ। कोरियाली जनता विरुद्ध गम्भीर मानव अधिकार उल्लंघन गरेको भन्दै बाराक ओबामाको नेतृत्वको सरकारले उनसहित अन्य दश सरकारी अधिकारीहरुलाई प्रतिबन्ध लगाएको हो।

सरकार फेर्ने कसरत

राजनीतिक स्थिरताको नारा निरन्तर राजनीतिक वृत्तको खेती भए पनि एक दुई महिनाको अन्तरालमा केही दिनसम्म सरकार परिवर्तनको हल्लाले बजार व्याप्त हुने गरेको छ ।

माओवादी नेतृत्वलाई सरकार छाड्न दबाब

काठमाडौं-अधिकांश हेडक्वाटर सदस्यले वर्तमान सरकार छाड्ने मनस्थिति बनाएका बेला मंगलबार सुरु भएको माओवादी केन्द्रको पोलिटब्युरो बैठकमा सहभागीले सरकारबाट बाहिरिन थप जोड दिएका छन्।

गीत सुुनाउँदै प्रधानमन्त्रीले भनेः सरकार फेरे पाप लाग्ला

प्रधानमन्त्री ओलीले मन्तव्यकाक्रममा दुई वटा गीतको प्रसंग उठाए। ‘एउटा गीत सुनेको थिएँ, पाप लाग्ला है भन्ने,’ उनले आफ्नो सविक शैलीमा मुस्काउँदै भने ‘म भन्न चाहान्छु सरकार हटाउन हतार गर्नेलाई पाप लाग्ला है,’ हलमा हाँसोको स्वर गुञ्जियाे। प्रधानमन्त्रीले थपे ‘फेरि पनि चुनाव आउँछ, नेपाली जनताले हेरिराख्या छ, त्यो ठूलो पाप हो, चुनावमा गाह्रो हुन्छ फेरि।’ उनले सरकार फेरिने हल्लाका पछि सत्यता नरहेको भन्दै भ्रममा नपर्न आग्रह गरे।

सरकारको निगरानी गर्दै कांग्रेस

नेपाली कांग्रेसले पार्टी नेतालाई जिम्मेवारी नै तोकेर सरकारका कामको अनुगमन सुरु गरेको छ। सडक र सदनमा प्रमुख प्रतिपक्षीको भूमिका कमजोर बन्दै गएको गुनासो पार्टीभित्रैबाट आइरहेका बेला कांग्रेसले विभिन्न १२ विषयगत समिति बनाएर सरकारको निगरानी थालेको हो।

माओवादी जोड सहमतीय सरकार

केपी शर्मा ओली नेतृत्व सरकारको विकल्प खोज्न पार्टीभित्रै दबाब चुलिएपछि सत्तासाझेदार नेकपा माओवादी केन्द्र 'सहमतीय सरकार' गठनको कसरतमा जुटेको छ। सहमतीय सरकारबाट मात्र संविधान कार्यान्वयन तथा मुलुकका समस्या सम्भव रहेको ठहर गर्दै केन्द्रले सत्तारूढसहित प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससहितका दलसँग वार्ता तीव्र बनाएको छ।

ओली सरकारको योजनामा जनता उत्साहीः कांग्रेस नेतृ कोइराला

नेपाली काग्रेसकी नेतृ सुजाता कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको योजनामा जनता उत्साही भएको बताउँदै उनको विकल्प खोजे मुलुक दुर्घटनामा पर्ने दाबी गरेकी छिन्।

सरकार गिराउने खेलले मुलुक बर्बाद : दाहाल

बनेपा— नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकार बनाउने र गिराउने खेलले देशलाई बर्बाद पार्ने जनाएका छन्। सरकार परिवर्तनको चर्चा चलिरहेका बेला काभ्रेको उग्रचण्डी नाला गाविसमा आयोजित कार्यक्रममा उनले भने, ‘एउटा सरकार गिराउने र अर्को बनाउने खेलले नेपाललाई बरबाद पार्छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्