११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सरकार र दललाई झक्झक्याउँदै पीडित

संक्रमणकालीन न्याय प्रक्रिया राजनीतिक सहमतिका साथ टुंगाउन द्वन्द्वपीडितले सरकार र राजनीतिक दलहरूलाई झक्झक्याउन थालेका छन्। शान्ति प्रक्रिया एउटा पाटो संक्रमणकालीन न्यायलाई १२ को अनुभव बटुल्दै फरक ढंगबाट टुंगो लगाउन पीडितले झक्झक्याउन थालेका हुन्।

केरा उत्पादक किसानलाई राहत वितरण

कालिका नगरपालिका–६ भटेनीमा लगाइएको केरा खेती नष्ट गरिएको लामो समयपछि पीडित किसानलाई राहत वितरण गरिएको छ। कालिका नगरपालिका र चितवन केरा उत्पादक संघले शुक्रबार पीडित किसानलाई राहत वितरण गरेको हो।

पहिरो प्रभावितलाई सहयोग

बडिमालिका नगरपालिका ४ रिलाका पहिरो प्रभावितलाई राहत सामाग्री सहयोग गरिएको छ। वडा कार्यालयसँगको सहकार्यमा सहयोगी हातहरुको समूह सहास नेपालले बलाङ्गकेट सहीत बालबालिकाका लागि स्वेटर तथा न्यानो लुगा सहयोग गरेको हो।

क्यान्सर पीडितलाई नेविसंघको सहयोग, शशांकले गरे रकम हस्तान्तरण

नेपाल विद्यार्थी संघले क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेको छ।  नेविसंघले संकलन गरेको एक लाख ६८ हजार रुपैयाँ आइतवार नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले आफ्नै निवास महाराजगञ्जमा क्यान्सर पीडित होम कुमारी सापकोटालाई हस्तान्तरण गरे।

फैसला कार्यान्वयन गराउन धाउँदै द्वन्द्वपीडित

५३ वर्षीय वेदप्रसाद रेग्मीको दिन सरकारी निकाय धाएरै बित्ने गरेको छ। अदालतको फैसला कार्यान्वयन गराउन जिल्लादेखि केन्द्रसम्मका कार्यालय, मन्त्रालयमा उनले निवेदन दिएका छन्। अदालतसम्म पुगेर ल्याएको अधिकार पाउन नसक्दा उनी निरास बन्न पुगेका छन्।

‘भूकम्पपीडितलाई सहज रुपमा सहुलियत ऋण देऊ’

संघीय संसदको विकास तथा प्रविधि समितिले भूकम्पपीडितलाई बैंक तथा वित्तीय संस्थामार्फत प्रदान गर्ने सहुलियत ऋण सहजरुपमा प्रवाह हुने व्यवस्था मिलाउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई निर्देशन दिएको छ।

घर नबनाए रकम फिर्ता

सरकारी अनुदानको पहिलो किस्ता लिएर पनि घर नबनाउने भूकम्पपीडितले अनुदान लिएको रकम फिर्ता गर्नुपर्ने भएको छ। राष्ट्रिय पुननिर्माण प्राधिकरणले घर नबनाउनेलाई तीन महिनाभित्र निर्माण सुरु गर्न वा पैसा फिर्ता गर्न म्याद दिएको छ।

पहिरो पीडितका लागि जग्गा खरिद

गाउँपालिकाका वाढी पहिरो पीडितका लागि जग्गा खरिद गरिएको छ। जिल्लाको मदाने गाउँपालिकाले वडा नम्बर ३ का वाढी पहिरो पीडीतका लागि घर बनाईदिने भन्दै जग्गा खरिद गरेको हो।

सप्तरीमा एघार महिनामा ३३ बालिका र ११ महिला बलात्कृत

सप्तरीमा ११ महिनाको अवधिमा बलात्कारबाट ३३ बालिका र ११ महिला पीडित भएको घटना सार्वजनिक भएको छ।

द्वन्द्वपीडितको पीडा घटेको छः दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले द्वन्द्वपीडितको पीडा घटेको बताएका छन्।

जोखिमस्थलमै घर बनाउँदै भूकम्पपीडित

सिन्धुपाल्चोकका भूकम्पपीडितले आफू बसिरहेको स्थान जोखिमयुक्त भए पनि छोड्न मानेका छैनन् । स्थानान्तरण हुन भूगर्भविद्ले गरेको सिफारिस बेवास्ता गर्दै उनीहरुले जोखिमयुक्त क्षेत्रमै आवास पुनर्निर्माण गरिइरहेका छन्।

अझै छन भूकम्प पीडितसँग गुनासाका चाङ

बारपाक भूकम्प गएको ४२ महिना गुज्रिसकेको भए पनि पीडितसँग गुनासोको चाङ छ। पुनः निर्माण सकिनुपर्ने समयमा हरेक गाउँमा फरक–फरक खाले गुनासो पोख्नेहरु भेटिन्छन्।

अग्निपीडितलाई राहत जुट्ने क्रम जारी

खोटाङ दिक्तेलका अग्निपीडितलाई राहत जुट्ने क्रम जारी छ । कात्तिक २३ गते बिहान भएको आगलागीमा सर्वस्व गुमाएका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१, दिक्तेल रत्नपार्कका कृष्णकुमार श्रेष्ठ, जानुका बुढाथोकी र बुढाथोकीको घरमा कपडा पसल र होटल सञ्चालन गर्दै आएका रमेश खत्रीलाई दिक्तेल बहुमुखी क्याम्पसले आर्थिक सहयोग गरेको हो।

खोटाङमा अग्नीपीडितलाई सहयोग

खोटाङ उद्योग वाणिज्य संघले दिक्तेलका अग्नीपीडितलाई राहत दिएको छ । यही कात्तिक २३ गते भएको आगलागीमा सर्वस्व गुमाएका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१, दिक्तेल रत्नपार्कका कृष्णकुमार श्रेष्ठलाई वाणिज्य संघले ३ लाख १ हजार रुपैयाँ सहयोग गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्