प्रचण्ड–नेपाल र जसपा नेताहरुबीच भेटवार्ता, महतो भन्छन्, ‘उहाँहरुबाट पटक–पटक धोका खाएका छौं’
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरुसँग सत्ता साझेदारीका विषयमा छलफल गरेको छ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरुसँग सत्ता साझेदारीका विषयमा छलफल गरेको छ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले संसदीय दलको बैठक बोलाएको छ। सर्वोच्च अदालतले मंगलबार प्रतिनिधिसभा पुनर्स्थापना गरिदिएपछि संसदीय दलको आगामी योजनाबारे प्रचण्ड–नेपाल समूहले संसदीय दलको बैठक बोलाएको हो।
संसद् पुनर्स्थापनाको खुसी मनाउन नेकपा प्रचण्ड-नेपाल समूहले आज (बुधवार) राजधानीमा विजय जुलुस निकाल्ने भएको छ। आज दिउँसो १२ बजे काठमाडौंको शान्ति बाटिकामा विजय जुलुस निकाल्ने नेता विष्णु रिजालले जानकारी दिएका छन्।
नेकपाको प्रचण्ड–माधव समूहले प्रदेश १ का १३ जिल्लामा नेतृत्व टुंगो लगाएको छ। प्रचण्ड माधव समूहले मोरङ बाहेक प्रदेश १ का सबै जिल्लामा नेतृत्व टुंगो लगाएको हो।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले ६४ जिल्ला र ४ वटा महानगरपालिको नेतृत्वको टुंगो लगाएको छ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशसभा विघटन गर्ने अभिव्यक्ति दिएपछि नेकपा दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य भीम आचार्यले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आइसकेकाले सांसदलाई नधम्क्याउन चेतावनी दिएका छन् । नेकपा–दाहाल समूहका प्रदेश १ इन्चार्जसमेत रहेका आचार्यले शनिबार राजधानीमा पत्रकार भेटघाटमा प्रदेशसभा विघटन गर्ने धम्की दिएर मुख्यमन्त्री राईले सांसदलाई धम्क्याएको बताउँदै गलत कदम चाले प्रतिवाद गर्ने चेतावनी दिएका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूह केन्द्रीय सदस्यहरुको नागरिकतासहित निर्वाचन आयोग जाने तयारीमा लागेका छन्। आज दिउँसो १ बजे पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र माधव नेपालले केन्द्रीय सदस्यहरुको बहुमत आफ्नै साथमा रहेको देखाउन नेताहरु आयोग जान लागेका हुन्।
सरकारलाई दबाब दिन मानव साङ्लो बनाएर टुँडिखेल घेर्न लागिएको स्रोतले जनाएको छ। आज अपराह्न ४ बजेदेखि ५ बजेसम्मको यो कार्यक्रममा करिब १० हजार कार्यकर्ताको सहभागी रहने अपेक्षा गरिएको बताईएको छ।
सरकारले नेकपा दाहाल–नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई बिहीबार पक्राउ गरेको पाँच घण्टापछि रिहा गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गरेपछि नेत्री झाँक्रीलाई राज्यविरुद्ध कसुरको आरोप लगाएर पक्राउ गरिएको हो। महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरी टोलीले उनलाई पाँच घण्टा प्रहरी कार्यालयमा राखी लिखित बयान लिएर छाडेको छ।
प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहको विरोध सभा सुरु भएको छ। यो समूहको विरोध सभा प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा सुरु भएको हो।
नेकपा प्रचण्ड–नेपाल समूहको जन प्रदर्शनको समय सुरु नहुँदै उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ। सो समूहले आज राजधानीमा दुई लाख मानिसको सहभागिता गराएर शक्ति प्रदर्शन गर्ने दाबी गरेको छ। जसकारण आज बिहानैदेखि जाम सुरु भएको छ।
नेकपा दाहाल–नेपाल समूहले बुधबार हुने आमसभामा काठमाडौबाहिरबाट हजारौं मानिस आउने आंकलन गरेको छ । मंगलबार बसेको सचिवालय बैठकमा हजारौंको संख्यामा उपत्यकाबाहिरबाट आउने अनुमान गरिएको हो ।
प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले आज राजधानीमा प्रदर्शन गर्दैछ।
सुशील कोइरालाको ५ औं स्मृति दिवसका अवसरमा विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले भने, ‘विगतमा संविधानविपरीतका क्रियाकलापमा दाहाल–नेपाल ओलीका मतियार बनेको र यतिबेला हिंसात्मक आन्दोलन थालेकाले उनीहरूसँग कांग्रेस संयुक्त आन्दोलनमा सहभागी हुँदैन।’ उनले संविधानलाई धुजा बनाउन ओलीजत्तिकै दोषी दाहाल–नेपाल पनि रहेको आरोप लगाए।
‘केपी ओलीको नयाँनयाँ अवतार चाहिएको छैन। एउटै केपी ओलीबाट आजित भइसक्यौं। केपी ओलीको नयाँनयाँ अवतार आयो भने यो देश थिलथिलो भएर सिद्धिन्छ,’ उनले भने। ओली प्रवृत्तिको पुनरावृत्ति गर्न नभएर देश र लोकतन्त्रले जित्नुपर्ने अध्यक्ष नेपालले बताए।