ओलीको मौनताले नेपाल समूहमा अन्योल
नेकपा एमालेको विवाद निरुपणमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बेवास्ता गरेपछि वरिष्ठ नेता झलनाथ खनाल तथा माधवकुमार नेपाल पक्षले पार्टीबाटै बाहिरिने कि सांसद पदबाट राजीनामा दिने भन्नेबारे छलफल थालेको छ ।
नेकपा एमालेको विवाद निरुपणमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बेवास्ता गरेपछि वरिष्ठ नेता झलनाथ खनाल तथा माधवकुमार नेपाल पक्षले पार्टीबाटै बाहिरिने कि सांसद पदबाट राजीनामा दिने भन्नेबारे छलफल थालेको छ ।
विवाद निरुपण गर्न अधिकतम लचकता अपनाउने भन्दै आइतबार राति अबेरसम्म छलफलमा बसेका नेपाल समूहका सांसदसहितका नेता ओली सहमतिमा आउनै नचाहेको निष्कर्षमा पुगेका छन्। पार्टीलाई एकताबद्ध बनाउन अझै पनि पर्खने भन्दै नेपाल पक्षले सोमबार बिहान ९ बजेसम्मको समय दिएको छ।
सो समूहले पार्टीलाई २०७५ जेठ २ मा फर्काउने प्रतिबद्धता व्यक्त गर्न १३ घन्टेअल्टिमेटम दिँदै प्रधानमन्त्री ओलीले प्रतिवद्धता पूरा गरेको खण्डमा भोलि संसदमा विश्वासको मत दिने नेता योगेश भट्टराईले बताए।
दैलेखमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले जिल्ला कमिटी गठन गरेको घोषणा गरेको छ। बरुनाथ योगीको अध्यक्षतामा १ सय ८५ सदस्यीय जिल्ला कमिटी गठन गरिएको हो।
सर्वोच्च अदालतले नेकपा एमालेका नेता माधवकुमार नेपालसहितका नेताहरुको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित १५ नेताले पार्टी एकता जोगाउने काममा योगदान गर्न सबैमा आह्वान गरेका छन्।
नेकपा एमालेका माधवकुमार नेपाल समूहले विराटनगरमा छुट्टै कार्यालय स्थापना गरेको छ। नेपाल समूहले विराटनगरस्थित तीनपैनीमा दुई तले घर भाडामा लिएर विराटनगर महानगर कमिटीको छुट्टै कार्यालय सञ्चालनमा ल्याएको हो।
नेकपा एमाले खनाल–नेपाल समूहका उपाध्यक्ष युवराज ज्ञवालीले कर्णाली प्रदेशमा मुख्यमन्त्रीका पक्षमा भएको ‘फ्लोर क्रस मतदान’ अध्यक्ष केपी शर्मा ओलीको ज्यादतीविरुद्ध संकेतमात्रै भएको बताएका छन् ।
सर्वोच्च अदालतको फैसलापछि पनि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई साथ दिँदै आएका नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदले पनि साथ छोड्ने तयारी गरेका छन्। चैत ४ गतेको एमाले संसदीय दललाई नेपाल समुहले ‘गुटको बैठक’ भन्दै मुख्यमन्त्रीलाई आफूहरूको समर्थन कायमै रहेको बताएको थियो।
नेकपा एमालेभित्र फरक मत राख्ने नेताहरू त्यहीभित्र बसेर संघर्ष गर्नुपर्ने निष्कर्षमा पुगेका छन्। माधव नेपाल समूहका अधिकांश केन्द्रीय सदस्य र सांसदहरूले पार्टीभित्रै बसेर संघर्ष गर्नुपर्ने बताएका हुन्। नेपाल समूहका नेताहरूले छुट्टै राष्ट्रिय भेला गरी समानान्तर कमिटी बनाउन थालेपछि ओली समूहले नेपालसहित चार नेतालाई स्पष्टीकरण सोधेको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा वरिष्ठ नेता माधव नेपाल पक्ष नजाने भएको छ। आजदेखि सुरु भएको राष्ट्रिय कार्यकर्ता भेलाबारे जानकारी दिन बुधबार साँझ आयोजना गरिएको पत्रकार सम्मेलन नेता योगेश भट्टराईले आफूहरु भेलामा व्यस्त हुने भएकाले भोलिको संसदीय दलको बैठकमा जान नसकिने बताए।
नेकपा एमाले नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेलामा माधव नेपालले राजनीतिक प्रस्ताव पेश गरेका छन्। उनले पेश गरेको प्रस्तावमा कम्युनिस्ट आन्दोलनमा असाधारण परिस्थिति आएको विश्लेषण गरिएको छ।
नेकपा एमाले (नेपाल समूह) को राष्ट्रिय कार्यकर्ता भेलामा काठमाडौंमा सुरु भएको छ। सानेपामा भइरहेको भेलामा झापा आन्दोलनदेखिका नेता मोहनचन्द्र अधिकारीदेखि राधाकृष्ण मैनालीसम्म सहभागि भएका छन्।
नेकपा एमाले (माधव नेपाल) समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजनको प्रयास गरेको निष्कर्ष निकालेको छ। नेपाल समूहका तर्फबाट मंगलबार नेता योगेश भट्टराईले जारी गरेको विज्ञप्तिमा ‘बैठकमा नाममा गुटका गतिविधिहरु गर्ने, सर्वोच्च अदालतको फैसलालाई कार्यान्वयन गर्न अस्वीकार गर्ने र पार्टीलाई विभाजनतर्फ लैजाने प्रयासहरु भइरहेको’ उल्लेख छ।
नेकपा एमाले (माधव नेपाल) समूहको भेलाले चैत ४ र ५ गतेका लागि निर्धारण गरिएको राष्ट्रिय कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षसँगको छलफलपछि बानेश्वरस्थित एक होटलमा बसेको नेपाल समूहको भेलाले यसअघि नै निर्धारण गरिएको राष्ट्रिय कार्यकर्ता भेला तोकिएकै मितिमा गर्ने निर्णय गरेको नेता रघुजी पन्तले जानकारी दिए।