सामाजिक सञ्जालमा ट्रेन्डः निर्मलालाई न्याय माग्दै प्रधानमन्त्रीसहित नेताहरुको तस्बिरमा कमेन्टको ओइरो
कञ्चनपुर उल्टाखामकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई वर्ष पूरा भएको छ। बलात्कारपछि हत्या भएको दुई वर्ष बित्दा दोषी पत्त लाग्न सकेको छैन। उक्त घटनाका दोषी पत्ता लगाउन माग गर्दै देशव्यापी आन्दोलन समेत भयो। विभिन्न छानविन समिति समेत बने। तर दोषी पत्त लाग्न सकेको छैन।