coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

अब १० रुपैयाँमै २० लिटर खानेपानी!

काठमाडौंवासीले १० रूपैयाँमै २० लिटर खानेपानी पाउने भएका छन्। पहिलोपटक काठमाडौंको बानेश्वरबाट १० रूपैयाँबाट २० लिटर खानेपानी पाउने व्यवस्था भएको हो।

भ्वाङै कुरेर किन बस्छन् सरोकारवाला निकाय? प्वाल सानो छदै किन टाल्दैनन्?

झम्सीखेल चोकको भ्वाङ एउटा उदाहरण मात्र हो। एकले अर्कोलाई पन्छाउँदै जाँदा उपत्यकामा अधिकांश सडकमा यस्ता भ्वाङहरू देखिन्छन्। सुरुमै निदान गर्न सकिने यी भ्वाङहरू बढ्दै गएर भयङ्कर दुर्घटना समेत निम्ताउने गरेको छ। तर यी भ्वाङहरू कसले टाल्ने भन्ने कुरामा अझै पनि अन्योल छाएको छ।

काठमाडौं उपत्यकामा मागको एक तिहाई मात्र पानी वितरण

उपत्यकामा दैनिक करिब ४३ करोड लिटर पानीको माग भए पनि काठमाडौं उपत्यका खानेपानी लिमिटेडले त्यसको एक तिहाईभन्दा कम अर्थात् करिब १३ करोड लिटर मात्र उत्पादन एवं वितरण गर्छ।

मेलम्ची पानी सुरुमा पुरानै वितरण प्रणालीबाट

सरकारले मेलम्चीको पानी सुरुआती चरणमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को पुरानै प्रणालीबाट वितरण गर्ने भएको छ। मेलम्चीको पानी सुन्दरीजल खसेसँगै नयाँ वितरण लाइन तयार नभइसकेकाले पुरानैबाट वितरण गरिने भएको हो।

मेलम्ची पानी वितरण गर्न २० अर्बको संरचना

मेलम्ची खानेपानी आयोजनाको पानी उपत्यकाका उपभोक्ताकहाँ पुर्‍याउन आवश्यक पर्ने सबै संरचना तयार भएको छ।काठमाडौं उपत्यका खानेपानी लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) ले मेलम्चीको पानी सुन्दरीजलमा खसालेसँगै उपत्यकाबासीको घरमा पुर्‍याउने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्