९ मंसिर २०८१ आइतबार
image/svg+xml

पहिलो चरणमा १११७ जनालाई खोप

उदयपुरका सबै स्थानीय तहमा पहिलो चरणको कोभिड–१९ विरुद्धको खोप अभियान सकिएको छ। माघ १४ देखि सुरु भई २४ गते सम्पन्न अभियानबाट जिल्लाका आठवटै स्थानीय तहका स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका, सरसफाइकर्मी, एम्बुलेन्स र शववाहनचालक तथा शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी गरी १ हजार १ सय १७ जना लाभान्वित भएका छन्।

कोभिड–१९ विरुद्ध खोपबाट विश्‍वभर नयाँ आशा र विश्‍वासको सञ्‍चार भएको छ: राष्ट्रपति

कोभिड–१९विरुद्धको खोप शुभारम्भका अवसरमा आज सन्देश दिँदै राष्ट्रपतिले उनिहरूका लागि सहज वातावरण सिर्जना गर्ने परिवारका सदस्य र समुदायप्रति पनि सम्मान व्यक्त गरेकी छन्।

प्रदेश २ मा एक लाख ८० हजारलाई कोभिड–१९ विरुद्धको खोप

भारतले अनुदानमा बिहीबार दिएको कोभिड–१९ विरुद्धको १० लाख मात्रा कोभिसिल्ड खोपमध्ये ३४ हजार खोप प्रदेश २ का लागि आइपुगेको छ।

प्रदेश १ का ३५ हजार स्वास्थ्यकर्मीलाई कोभिड–१९ विरुद्धको खोप लगाइने

प्रदेश नं १ मा बिरामीको सेवामा अग्रभागमा खटिने स्वास्थ्यकर्मी र सफाइ कर्मचारी गरी ३५ हजारलाई कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाइने भएको छ। प्रदेशअन्तर्गतका सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका गरी ३४ हजार ८५१ र ७२५ सरसफाइ कर्मचारी गरी कूल ३५ हजार ५७६ जनालाई कोभिड–१९ विरुद्धको खोप लगाइने छ।

भारतमा बायोटेकको कोभिड–१९ विरुद्धको आपतकालिन खोप प्रयोगका लागि सहमति

भारतको औषधि व्यवस्थाका लागि विशेषज्ञहरूको समूह (ड्रग्स कन्ट्रोलर जनरल अफ इंडिया–डीसीजीआई)ले भारतीय बायोटेकको स्वदेशमा नै विकास गरिएको कोभिड–१९ विरुद्धको खोपलाई भ्याक्सिनलाई नियन्त्रित तर आपतकालीन प्रयोगका लागि सिफारिस गरेको छ।

कोभिड–१९ विरुद्धको खोप प्राप्तिका लागि कूटनीतिक नोट

कोभिड–१९ विरुद्धको खोप(भ्याक्सिन) नआएसम्म मानिसको दैनिक दिनचर्या यस्तै रहने निचोडका साथ खोपका माध्यमबाट सहजरूपमा उपचार होस् भनी सरकार त्यसमा जुटेको हो ।

अस्ट्राजेनिकाको कोभिड–१९ को खोप तेस्रो चरणमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्ट्राजेनिकाले तयार पारेको कोभिड–१९ विरुद्धको खोपको क्लिनिकल परीक्षण संयुक्तराज्य अमेरिकामा तेस्रो चरणमा प्रवेश गरेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्