coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

प्रधानमन्त्री देउवाद्वारा खोप केन्द्र बढाउन निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ विरुद्धको खोप सर्वसाधारणलाई सहज रूपमा उपलब्ध गराउनका लागि आवश्यकताअनुसार खोप केन्द्र बढाउन निर्देशन दिएका छन्।

खोप उपलब्ध गराउन जी–२० को पहल आवश्यक

जी–२० देशका अर्थमन्त्रीको बैठकले विश्वलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन ठोस योजना ल्याउन आवश्यक छ। उक्त बैठकमा अमेरिका, बेलायत, युरोपियन युनियन, रुस, चीन, भारतजस्ता खोप उत्पादन गर्ने प्रमुख देश सहभागी रहने भएकाले यी राष्ट्र मिलेर काम गरेमा सन् २०२२ को सुरुसम्म सम्पूर्ण विश्वलाई खोप उपलब्ध गराउन सक्छन्।

स्वास्थ्यमन्त्री श्रेष्ठले गरे खोप ल्याउने प्रतिबद्धता

स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्ण गोपाल श्रेष्ठले कोभिड–१९ विरुद्धको खोप ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओलीले भनेः ४० लाख डोज खोप ल्याउने गृहकार्य भइरहेको छ

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ विरुद्धको ४० लाख डोज खोप ल्याउने तयारी रहेको बताएका छन्।

कोभिड–१९ विरुद्धको ‘भेरोसेल’ खोपको व्यापक दुरूपयोग

जेठ २५ गतेदेखि ६० देखि ६४ वर्ष उमेर समूहका लागि देशभरि दिन थालिएको कोभिड–१९ विरुद्धको ‘भेरोसेल’ खोपको व्यापक दुरूपयोग भएको पाइएको छ। उक्त खोप तोकिएको उमेरसमूहबाहेकका व्यक्तिलाई समेत दिएको पाइएको परिवार कल्याण सेवा महाशाखाले जनाएको छ।

अमेरिका र चीनबाट एक करोड डोज खोप ल्याइने

विभिन्न मित्रराष्ट्रसँग कोभिड–१९ विरुद्धको खोप सहयोग तथा खरिदका लागि माग गरिरहेकोमा अमेरिका र चीनबाट छिटो खोप प्राप्त हुने क्रममा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। शुक्रबार स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको भर्चुअल कार्यक्रममार्फत परराष्ट्र तथा विदेश मामिलामन्त्री प्रदीप ज्ञवालीले यस्तो जानकारी दिएका हुन्।

४३ हजारले लगाए भेरोसेल खोप

काठमाडौं महानगरपालिकामा सञ्चालित केन्द्रबाट हालसम्ममा ४३ हजार १८ जनाले कोभिड–१९ विरुद्धको (चिनियाँ खोप) भेरोसेलको दोस्रो मात्रा लिएका छन्। पहिलो मात्रा दिएकालाई यही जेठ २ गतेदेखि भेरोसेलको दोस्रो मात्रा दिन थालिएको हो।

सेरमले तत्काल खोप नदिने

सेरमबाट उत्पादित खोपको पहिलो डोज लिएकालाई दोस्रो डोज पनि सोही खोप दिनुपर्छ। सेरमले यो वर्षभरि नै खोप उपलब्ध गराउन नसक्ने जनाएपछि पहिलो डोज खोप लिइसकेकालाई दोस्रो डोज कसरी दिने भन्ने अन्योल उत्पन्न भएको छ।

दराजद्वारा फ्रन्टलाइन कामदारका लागि कोभिड–१९ विरुद्धको खोप

नेपालको अग्रणी अनलाइन शपिंग बजार, दराजले फ्रन्टलाइनर कर्मचारीहरुको लागि कोभिड १९ विरुद्धको खोप दिन सुरु गरेको छ।

बुधबारदेखि चिनियाँ खोप

यो खोेप दुग्धजन्य, औषधिजन्य, खानेपानीलगायत अत्यावश्यक सेवा क्षेत्रमा काम गर्नेलाई दिइने बताए। यसैगरी हिमालपार व्यापार तथा व्यवसाय एवं अध्ययनमा जानेहरूलाई पनि यो खोप लगाइने जानकारी उनले दिए। तोकिएका वर्गका १८ देखि ५९ वर्ष उमेरका नागरिकलाई यो खोप उपलब्ध गराइनेछ।

चीनबाट आइपुग्यो कोरोनाविरुद्धको आठ लाख डोज खोप

चीनले सहायतास्वरुप प्रदान गरेको कोभिड–१९ विरुद्धको खोप आज काठमाडौं आइपुगेको छ।

कोभिड विरुद्धकाे दोस्रो चरणको खोपका लागि १५ केन्द्र तोकिए

५५ वर्षमाथिका ज्येष्ठ नागरिक, विद्यालयका शिक्षक, कर्मचारी र सार्वजनिक यातायातका चालक, सहचालकलाई खोप दिने योजना रहेको कामपाले जानकारी गराएको छ। खोप लगाउने केन्द्र अस्पताल नै हुनुपर्ने भएकाले कामपाले १५ अस्पताललाई केन्द्र तोकेको छ।

अमेरिकाले जोन्सन एन्ड जोन्सनको ४० लाख डोज खोप मङ्गलबारसम्म वितरण गर्ने

अमेरिकाले जोन्सन एन्ड जोन्सन कम्पनीद्वारा विकास गरिएको कोभिड–१९ विरुद्धको ४० लाख डोज खोप मङ्गलबारसम्ममा देशका विभिन्न राज्यमा वितरण गर्ने तयारी गरेको छ।

कोभिड–१९ विरुद्धको खोप अभियान: पहिलो चरणमा चार लाख २९ हजारले लगाए

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहले पहिलो चरणको अभियानअन्तर्गत दुई पटक सञ्चालन भएको खोपमा चार लाख २९ हजार ७०५ जनालाई खोप प्रदान गरिएको जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्