१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं १ सल्यानटार दाउन्नेमा सोमबार बिहान मोटरसाइकल दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । सल्यानटारबाट आरुघाट जाँदै गरेको बा ७९ प ७२७२ नम्बरको मोटरसाइकल दुर्घटना भई सडकबाट १० मिटर तल खसेको हो ।

रसुवामा तीन मोटरसाइकलमा आगजनी

चुनावी प्रचारप्रसारका क्रममा आइतबार साँझ तीनवटा मोटरसाइकलमा आगजनी भएको छ।  प्रहरी निरीक्षक ध्रुव सिलवालका अनुसार पार्वतकुण्डा गाउँपालिका–२ ग्रे गाउँमा तीन मोटरसाइकलमा आगजनी भएको र आगजनी गरेको आशंकामा केही व्यक्तिलाई गए राति नै नियन्त्रणमा लिई छानबिन कार्य शुरु गरिएको छ।

निर्वाचनमा प्रयोग गरिएका मोटरसाइकलमा आगजनी , चार जना पक्राउ

निर्वाचनको लागि प्रयोग गरिएका मोटरसाइकलमा आगजनी गर्ने ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पार्वतीकुण्ड गाउँपालिका–२ ग्रे का ३० वर्षका फुर्पा तामाङ र ५२ वर्षका सन्तु तामाङ, कालिका गाउँपालिकाका ३८ वर्षका बिजय लामा र गुल्मी घर भई रसुवामा स्कार्पियो चलाउने ४२ वर्षका रबि थापा रहेका छन् ।

बाम गठबन्धनको चुनाबी कार्यक्रमा प्रयोग भएका तीन मोटसाइकलमा आगजनी

रसुवाको पार्वतीकुण्ड गाउँपालिका–२ ग्रेमा रोकेर राखिएको तीन ओटा मोटरसाइकलमा अज्ञात समुहले आगजनी गरेका छन्। वाम गठबन्धनले चुनावी प्रचारप्रसारमा प्रयोग गरेका तीन ओटा मोटरसाइकल आइतबार साँझ सवा ६ बजे आगजनी भएका हुन्।

चोरीको दुई मोटरसाइकलसहित एक पक्राउ

महानगरीय प्रहरी प्रभाग खरिपाटी भक्तपुरले चोरीका दुईवटा मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको छ।  सवारी चेकजाँचका क्रममा बा २६ प ४३४७ र बा ४१ प। १०३० नं को चोरीको मोटरसाइकलसहित चालक काभ्रे भकुण्डे नपा ५ का १७ वर्षीय विकास तामाङलाई नियन्त्रणमा लिएको छ भने अर्का चालक मोटरसाइल छाडेर फरार भएकाले त्यसको खोजी भइरहेको प्रहरीले जनाएको छ।

भ्यानमा मोटरसाइकल ठोकिँंदा अमेरिकन नागरिकको मृत्यु

काठमाडौँको ज्याठामा पिकअप भ्यानमा मोटरसाइकल ठोकिँंदा एक अमेरिकन नागरिकको मृत्यु भएको छ।  बिहीबार साँझ ५ बजे सडक छेउमा रोकी सामान झारिरहेको बा १४ च ४९९६ नम्बरको पिकअफ भ्यानको ढोकामा बा ५८ प ३७१८ नम्बरको मोटरसाइकल ठोकिँदा मोटरसाइकल सबार अमेरिकन नागरिक रोबर्ट ग्रोबरको मृत्यु भएको हो।

चोरीको दुई मोटरसाइकलसहित एक पक्राउ

महानगरीय प्रहरी प्रभाग खरिपाटी भक्तपुरले चोरीका दुईवटा मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको छ।  सवारी चेकजाँचका क्रममा बा २६ प ४३४७ र बा ४१ प १०३० नं को चोरीको मोटरसाइकलसहित चालक काभ्रे भकुण्डे नपा ५ का १७ वर्षिय विकास तामाङलाई नियन्त्रणमा लिएको छ भने अर्का चालक मोटरसाइल छाडेर फरार भएकाले त्यसको खोजी भइरहेको प्रहरीले जनाएको छ।

ट्याक्सीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ट्याक्सीको ठक्करबाट एक जना मोटरसाइकल चालकको आज बिहान मृत्यु भएको छ।  सिंहदरबार चोक नजिक बा २ ज २३४४ नंको ट्याक्सीले ठक्कर दिँदा बा ३३ प ७४३ नं को मोटरसाइकल चालक धादिङ रुबीभ्यालीका २१ वर्षीय रुप घलेको मृत्यु भएको हो।

मोटरसाइकल दुुर्घटनामा एकको मृत्युु

मोटरसाइकल दुर्घटनामा गएराति एकजना युुवकको मृत्यु भएको छ । मृत्युुु हुुनेमा मोटरसाइकल चालक बारा जितपुर नगरपालिका–३ का २२ वर्षीय सञ्जयकुुमार साह रौनियार रहेको प्रहरीले जनाएको छ ।

संसार फन्को मार्दाको साइकल अनुभव

संसारकै बलशाली देश संयुक्त राज्य अमेरिकाले आफ्नो देशमा पर्यटन प्रवद्र्धन गर्न कहिल्यै पनि विज्ञापन गर्दैन । ५० वटा राज्य भएको संयुक्त राज्य अमेरिकामा आन्तरिक पर्यटनले नै उसको पर्यटनको अर्थतन्त्र थेग्छ । नेपाल एउटा १००० किलोमिटर लम्बाई र २०० किलोमिटर चौडाई भएको संसारकै भूस्वर्ग हो । यहाँ धार्मिक, सांस्कृतिक, प्राकृतिक अनेकन पर्यटन गर्न सकिन्छ । सम्भवतः नेपाल संसारकै एउटा यस्तो देश होला जहाँ जनसंख्याभन्दा देउता धेरै छन् । जहाँ घरभन्दा मन्दिर धेरै छन् । जहाँ वर्षभरिका दिनभन्दा चाडपर्व र उत्सब धेरै मनाइन्छन् । नेपालमा पछिल्ला केही वर्षयता आर्थिक विकाससँगै अन्तरिक पर्यटनले गति लिन थालेको छ । भनिन्छ नि, एउटा यात्रा गर्दा एउटा पुस्तक पढे जत्तिकै आनन्द मिल्छ । नेपालजस्तो मुलुकमा पछिल्ला केही वर्षयता आर्थिक विकाससँगै आन्तरिक पर्यटनले गति लिन थालेको महसुस हुन्छ । विशेषगरी पछिल्लो समय नेपाली जीवन स्तरको आर्थिक उन्नतिसँगै उनीहरुमा विभिन्न उद्देश्यका साथ स्वदेश तथा विदेश भ्रमण गर्ने चलनको क्रम बढिरहेको छ । जीवनलाई सधैँ एउटै आयाममा डो¥याइरहनु मात्र पनि जीवन हैन ।

अन्नपूर्ण पदमार्गमा साइकल दौड सुरु

विश्वकै उच्च हिमाली भेगमा आयोजना हुने साइकल दौड प्रतियोगिताको ११ औँ संस्करण आजदेखि शुरु भएको छ । उच्च हिमाली क्षेत्रअन्तर्गत अन्नपूर्ण पदमार्गमा आयोजना गरिएको ‘याक अट्याक २०१७’ साइकल दौड प्रतियोगिता लम्जुङको बँेसीशहरबाट शुरु भएको हो।

ट्रक र मोटरसाइकल ठक्कर खाँदा एकको मृत्यु

पूर्व—पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको बर्दघाट सुस्ता पुर्व कावासोती नगरपालिकामा सवारीसाधन दुर्घटना हुँदा बुधबार एकजनाको मृत्यु भएको छ।

तनहुँमा मोटरसाइकल दुर्घटना, ३ को मृत्यु

पुथ्वी राजमार्गअन्तर्गत आवुखैरेनी गाउँपालिका २ एक्लेफाटमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ।

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

महोत्तरी जिल्लाको भिट्ठामोड–जलेश्वर–जनकपुर सडकखण्डमा गएराति मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ।  मृत्यु हुनेमा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका वडा नम्बर २१ कुर्था गाउँबस्ने रामशरण महासेठका छोरा २५ वर्षीय जितेन्द्र महासेठ रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुवेर कठायतले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्