७ वैशाख २०८१ शुक्रबार

अबिरल वर्षाले मदन भण्डारी र सिद्धिचरण लोकमार्ग अवरुद्ध

३ दिनयताको अविरल वर्षाका कारण मदन भण्डारी र सिद्धिचरण लोकमार्गलगायत जिल्लाका लामा छोटा अधिकतर सडकहरु अवरुद्ध भएका छन्।

दुई दशकमा पनि बनेन् सिद्धिचरण लोकमार्ग

झण्डै दुई दशकदेखि जिर्ण भए पनि राज्यको नजर पुग्न नसकेको ‘मिर्चया–कटारी–घुर्मी–ओखलढुंगा’ जोड्ने सिद्धिचरण लोकमार्ग बजेट अभावमा स्तरोन्नति हुन सकेको छैन।

सिद्धिचरण लोकमार्गमा टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु, १ घाइते

कटारी बजारबाट घुर्मीतर्फ हिडेको बा ४ ख ५६७१ नं. को टिपर लोकमार्ग अन्तर्गत कटारी नगरपालिका ८ कुरी भन्ज्याङमा बिहान १० बजे दुर्घटना हुँदा कटारी ८ पाखाटोलका ४५ वर्षीय नरबहादुर मगर र सोही ठाँउका ४० वर्षीय मिर्चिङ कान्छा मगरको निधन भएको हो।

उदयपुरमा बोलेरो दुर्घटना हुँदा एक युवकको मृत्यु, ८ जना घाइते

अघिल्लो राति भएको बोलेरो जीप दुर्घटनामा परी घाइते भएकामध्ये एक युवकको मृत्यु भएको छ। बुधबार राति कटारीबाट मयंखुतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ च ०२४३ नम्बरको बोलेरो दुर्घटना हुँदा १८ वर्षीय विष्णु राउतको निधन भएको हो।

जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार जीप दुर्घटनामा गम्भीर घाइते कटारी–८ बिजुलेका ३८ वर्षीय घाइते विक्रम मगरको कटारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

तीन बुँदे सहमतिपछि बन्द सिद्धिचरण लोकमार्ग खुल्यो

जिर्ण सडक स्तरोन्नतिको माग गर्दै स्थानीयले ४ दिनदेखि अवरुद्ध गरेको सिद्धिचरण लोकमार्ग आज विहानदेखि सुचारु भएको छ। स्थानीय सडक स्तरोन्नति संघर्स समितिले सोमवारदेखि अवरुद्ध गरेको सडक सरोकारवाला निकाय र असन्तुष्ट समूहबीच बुधबार साँझ भएको ३ बुँदे सहमतिपछि सुचारु भएको हो।

सिद्धिचरण लोकमार्गको कटारी–घुर्मी खण्डमा स्थानीयको अनिश्चितकालीन अवरोध

पटक पटक स्तरोन्नतिको माग गरे पनि सरोकारवाला निकायले ध्यान नदिएको भन्दै स्थानीय उपभोक्ताले सिराहा–उदयपुर–ओखलढुंगा जोड्ने सिद्धिचरण लोकमार्गको कटारी–घुर्मी खण्ड अनिश्चितकालीन बन्द गरेका छन् ।

सिद्धिचरण लोकमार्ग स्तरोन्नति गर्न उपभोक्ताको ज्ञापनपत्र

पटकपटक स्तरोन्नतिको माग स्थानीयले गरे पनि सम्बन्धित पक्षले कुनै चासो नदिएपछि बाध्य भएर संघर्ष समिति गठन गरेर अघि सर्नुपरेको समितिका संयोजक दिपक बुढाक्षेत्रीले बताए। कटारी नगरपालिका ११ का वडाध्यक्षसमेत रहेका बुढाक्षेत्रीका अनुुसार सडक मर्मत कार्य तत्काल सुरु गर्न ज्ञापनपत्र बुझाइएको र अन्यथा कडा संघर्षका कार्यक्रम गर्न बाध्य हुने चेतावनी दिइएको छ।

सिद्धिचरण लोकमार्ग स्तरोन्नति माग्दै दबाब समूह

सिराहाको मिर्चयादेखि उदयपुरको पश्चिमी व्यापारिक केन्द्र कटारी हुँदै ओखलढुंगा जोड्ने सिद्धिचरण लोकमार्गको स्तरोन्नति माग गर्दै स्थानीय उपभोक्ता आन्दोलित भएका छन्। वर्षौैंदेखि जीर्ण सडकमा पटकपटक दुर्घटना हुँदा धेरै धनजनको क्षति भएको भन्दै सडक स्तरोन्नति तत्काल गर्न स्थानीयले दबाब समूह गठन गरेका हुन्।

सिद्धिचरण लोकमार्ग स्तरोन्नति माग गर्दै दबाब समूह गठन

सिराहाको मिर्चयादेखि उदयपुरको पश्चिमी व्यापारिक केन्द्र कटारी हुँदै ओखलढुंगा जोड्ने सिद्धिचरण लोकमार्ग स्तरोन्नतिको माग गर्दै स्थानीय उपभोक्ता आन्दोलित भएका छन्। वषौंदेखि जिर्ण सडकमा पटकपटक दुर्घटना हुँदा धेरै धनजनको क्षति भएको भन्दै सडक स्तरोन्नति तत्काल गर्न स्थानीयले दबाब समूह गठन गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्