‘बी’ डिभिजन लिग फुटबल चैत १५ गतेबाट सुरु हुने
अखिल नेपाल फुटबल संघ (एन्फा) र ‘बी’ डिभिजन क्लबबीच मंगलबार बसेको बैठकले चैत १५ गतेबाट लिग गर्न सहमति भएको हो।
अखिल नेपाल फुटबल संघ (एन्फा) र ‘बी’ डिभिजन क्लबबीच मंगलबार बसेको बैठकले चैत १५ गतेबाट लिग गर्न सहमति भएको हो।
सनम राईसँगै चर्च ब्वाइजको ‘सी’ देखी ‘ए’ डिभिजन बढुवाको यात्रासम्ममा कुवेर न्यौपाने, विष्णु गुरुङ र साइमन राई निरन्तर टोलीसँगै रहे। क्लबका म्यानेजर तथा अध्यक्ष रुबेन टोली सफलताको सबैभन्दा ठूलो श्रेय यी चार खेलाडीलाई दिन चाहन्छन्, जो निरन्तर क्लबको सारथिका रूपमा रहिरहे।
मिलन लिम्बुको निर्णायक गोलको सहयोगमा ब्वाइज युनियनले बुधबारबाट सुरु भएको सहिद स्मारक ‘बी’ डिभिजन लिगमा वीरगन्ज युनाइटेडमाथि १–० को जित निकाल्दा श्री भगवती क्लब र सरस्वती युथ क्लबले सुखद सुरुआत गरेका छन्।
कप्तान सविन केसीले दुई गोल गर्दा खुमलटार युथ क्लबले राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगमा ब्वाइज युनियनलाई हराउँदै शीर्ष डिभिजनमा उक्लिने सम्भावनालाई जीवितै राखेको छ।
कोरोना भाइरस महामारीका कारण करिब १ वर्ष स्थगित भएको सहिद स्मारक ‘बी’ डिभिजन लिग फर्कंदा नयाँ बस्ती युथ क्लब र खुमलटार युथ क्लबले सुखद सुरुआत गरेका छन्। लिगअन्तर्गत सोमबार एन्फा मुख्यालय सातदोबाटोको मैदानमा भएको दिनको दोस्रो खेलमा खुमलटारले पुलचोक स्पोर्ट्स क्लबमाथि ५–२ को जित हात पारेको हो।