‘मापदण्ड पूरा गरेर निर्माणको काम गर्न कठिन’
कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले कोभिड–१९ को दोस्रो लहर सुरु भएसँगै विकासे पूर्वाधार निर्माण गर्दा अपनाउनुपर्ने सावधानी सम्बन्धी मापदण्ड वैशाख २१ गते जारी गरेको थियो।
कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले कोभिड–१९ को दोस्रो लहर सुरु भएसँगै विकासे पूर्वाधार निर्माण गर्दा अपनाउनुपर्ने सावधानी सम्बन्धी मापदण्ड वैशाख २१ गते जारी गरेको थियो।
विभागले पश्चिम तराईको २० हजार वर्ग किलोमिटर क्षेत्रफलमा हवाई फोटोग्राफ डाटा संकलन गरी उचाइसहितको फोटो नक्सा तयार गर्ने भएको हो।
१४ करोड ९३ लाखमा उक्त पुल निर्माण गर्ने ठेक्का पप्पुले लिएको थियो। तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पुल शिलान्यास गर्दा कम्पनीले निर्धारित समयभित्रै काम सम्पन्न गर्ने वचनबद्धता प्रकट गरेको थियो। समयमा पुल निर्माण हुन नसक्दा निरन्तर जीर्ण बन्दै गएको र भत्किने अवस्थामा पुगेको स्थानीयको भनाइ छ।
उपत्यकासँग सीमा जोडिएको काभ्रेले ‘निर्माण सामग्री ढुवानीमा छुट दिने प्रावधान’ राखेर निषेध आदेश जारी गरेको छ। काभ्रेमा कोरोना संक्रमण दैनिक वृद्धि हुन थालेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेले आइतबार राति १२ बजेबाट लागू हुने गरी आंशिक निषेध आदेश जारी गरेको हो।
चार वर्ष पहिले नै निर्माण सम्पन्न भइसक्नु पर्ने बकैया नदीको एउटा पुल अधुरै अवस्थामा जीर्ण बन्न पुगेको छ । रौतहट सदरमुकाम गौर नगरपालिका र ईशनाथ नगरपालिकालाई जोड्ने बकैया नदीमा निर्माणाधीन पुल अधुरै अवस्थामा जीर्ण बन्न पुगेको हो ।
नेपाल निर्माण व्यवसायी महासंघले बुधबार एक विज्ञप्ति जारी गरी निषेधाज्ञाको कारणले पूर्वाधार क्षेत्र फेरि जटिल मोडमा पुगेको जनाएको छ। महासंघका महासचिव रोशन दाहालले कोभिड १९ को कारण गत वर्ष झैं यसपटक पनि देशका विभिन्न ठाउँमा जारी निषेधाज्ञाका कारण म्यादको समस्या अझै पेचिलो हुँदै जाने बताए।
पुनर्निर्माणका लागि स्वीकृत पञ्चवर्षीय पुनर्निर्माण तथा पुर्नस्थापना योजनानुसार परिमार्जित कुल बजेट ४ खर्ब ८८ अर्ब रुपैयाँ हो। यसमध्ये सरकार एवं दातृ निकायहरूको समेत गरी २०७७ चैत मसान्तसम्म ३ खर्ब ५७ अर्ब रुपैयाँ खर्च भएको छ।
घाइते प्राविधिकले पाउने भनी निश्चित भएको बिमा सुविधा हालसम्म प्राप्त नभएको प्राविधिकको गुनासो थियो। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणमा खटिएका प्राविधिकको बिमा व्यवस्थापन गर्न आवश्यक पहलकदमी भइरहेको बताए।
चितवनको ठिमुरा र तनहुँको देवघाट जोड्नेगरी त्रिशूली नदीमा बनाइँदै गरेको मोटरेबल पुल गत चैत २४ गते बिहान भत्किएको थियो। भत्केको पुलको संरचना मर्मत गर्ने क्रममा आइतबार फलामे ट्रससँगै नदीमा खसेका भारतीय नागरिक विजय यादवको मृत्यु भएको हो।
यहाँको पुरानो कभर्ड हलमा यसअघि टेबुल टेनिस प्रशिक्षण हुँदै आएको थियो। उक्त हल भत्काई दर्शकहरूले प्यारापिटमा बसेर खेल हेर्न मिल्ने गरी नक्सा बनाई काम थालिएको हो। बेखाल कभर्ड हलमा करिब दुई सय दर्शक अट्न सक्ने गरी मुभेबल पारापिट निर्माण हुन लागेको कार्यक्रममा बताइयो।
अप्रत्यक्षरुपमा उक्त छलफलमा आज भाग लिँदै गृहमन्त्री रामबहादुर थापाले सुरक्षित र भयरहित वातावरणमा समावेशी, उत्थानशील एवं समृद्ध समाज स्थापनालाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको बताए। न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ।
धरहरा चढेर काठमाडौं शहर नियाल्ने रहर पूरा गर्न नेपाली जनताले अब धेरै समय कुर्नुपर्ने छैन। अहिले ऐतिहासिक धरहरा टावरको पुनःनिर्माण कार्य पूरा भएसँगै रङ्ग लगाउने काम भइरहेको छ। यही वैशाख ११ गते उद्घाटन गर्ने तयरीस्वरुप अहिले रङ्ग लगाउने काम भइरहेको हो।
निर्माणाधीन हेटौडा–सिन्धुली–चतरा (मदन भण्डारी राजमार्ग) सडकको निर्माण कार्य अन्योल भएको छ ।
एक महिनाभित्र सवारी साधन सञ्चालन गर्न सक्ने गरी तीव्ररूपमा निर्माण भइरहेको पुल हुरीका कारण ढलानका लागि ठिक पारिएको ट्रस उडाएपछि निर्माणकार्यसमेत रोकिएको गाउँपालिका उपाध्यक्ष राधा तिमल्सिनाले बताए।
नमुना विद्यालयका रूपमा छनौट भएको इलाम नगरपालिका–५, बरबोटेस्थित अमर माध्यमिक विद्यालयमा भौतिक पूर्वाधार निर्माणका काम थालिएको छ। संघीय सरकारको नमुना विद्यालय कार्यक्रमअन्तर्गत भौतिक पूर्वाधारको गुरुयोजना पारित भएपछि भवन निर्माण सुरु गरिएको हो।