११ महिनामा पुँजीगत खर्च ४० प्रतिशत मात्र
कोभिड–१९ संक्रमणको कारण पूर्वाधार निर्माणका काम ठप्प हुँदा चालु आर्थिक वर्षको ११ महिनामा करिव ४० प्रतिशतमात्र पुँजीगत खर्च भएको छ।
कोभिड–१९ संक्रमणको कारण पूर्वाधार निर्माणका काम ठप्प हुँदा चालु आर्थिक वर्षको ११ महिनामा करिव ४० प्रतिशतमात्र पुँजीगत खर्च भएको छ।
‘कर्णालीको पानीः जनताको लगानी’ अभियान सञ्चालनका लागि जलस्रोत गुरुयोजना तयार गरी सिँचाइ, खानेपानी, जलासय र जलविद्युत्को विकास र बहुद्देश्यीय उपयोग गर्ने नीति लिएको हो।
जब उनी २०४३ सालमा १९ वर्षका थिए उद्योगी बन्ने यात्राको थालनी गर्ने हिम्मत जुटाए । हिम्मत जुटाएर मात्रै के गर्नु लगानी थिएन । उनलाई थाहा थियो यो बेला सुरु गरेन भने चाहना पूरा गर्न सकिँदैन । उनले १२ हजार रुपैयाँमा आमाको घाँटीमा रहेको चाँदीको माला बेचे । सो रकमले कैलालीको चिसापानीमा किराना पसल थापे ।
मन्दिरमा भगवानसँग मनमनै वर तथा आर्शीवाद माग्ने गरिन्छ। तर सत्यवती मन्दिरमा चिच्याएरै वर माग्ने मेला लाग्ने गर्दछ। सत्यवती बज्यै कानले नसुन्ने भएकाले भक्तजनले चिच्याएर वर माग्ने चलन रहेको मन्दिर पुग्न भने केबलकार निर्माण हुने भएको छ।
हिमालपारीको जिल्ला मुस्ताङमा खेलकुद पूर्वाधार बन्ने क्रममा छन्। तयारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि हो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अगावै कभर्ड हल निर्माण गर्ने लक्ष्य र योजना छ। काम निरन्तर छ।
आयोजनाअन्तर्गत सुरुङ र पानी प्रशोधन केन्द्र सम्पन्न भएर सञ्चालनमा आइसकेको छ भने ‘हेडवर्क’ को थोरै काम मात्रै बाँकी छ। ‘हेडवर्क’ मा अहिले गेट राख्ने काम भइसकेको र फ्रेम राख्न बाँकी रहेको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए।
सडक मार्गका लागि २४ किलोमिटर सुरुङ बनाउन कठिन हुने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाले जनाएको छ।
गत साता उपत्यका तीनवटै जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ को संक्रमणको जोखिम बढेको भन्दै रोकथाम तथा नियन्त्रणको लागि पूर्वाधार निर्माण तथा ढुवानी सेवा पनि रोक लगाउने निर्णय गरेको थियो। तर प्रशासनले रोक लगाएको एक साता नबित्दै फेरि खुला गर्ने तयारी गरेको छ।
नेपाल सरकारले आगामी आर्थिक वर्षदेखि ६३५ मेगावाट क्षमताको दुधकोसी जलाशययुक्त जलविद्युत आयोजना निर्माणको काम सुरु गर्ने जनाएको छ।
ताप्लेजुङका ८ जना निर्माण व्यवसायीहरू मिलेर ताप्लेजुङ जिल्ला अस्पताललाई करिव १ लाख ८० हजार रुपैयाँ बराबरको २ सय एन्टिजेन किट हस्तान्तरण गरेका छन्।
भक्तपुरको च्याम्हासिंह ब्रम्हायणीस्थित ख्वप अस्पतालमा कोभिडका विरामीको उपचारका लागि बनाउन लागिएको अक्सिजन प्लान्ट निर्माणमा सहयोग गर्ने दाताहरुको ओइरो लागेको छ ।
कोरोनाको आडमा भारतीय ठेक्केदार पक्षले सप्तरीमा कोसीको पश्चिमी तटबन्ध र स्पर पुर्ननिर्माण काममा अनियमितता गरेको पाइएको छ। कोरोना संक्रमणका कारण नेपाली पक्ष अनुगमनका लागि निर्माणस्थलमा पुग्न नसक्दा भारतीय ठेकेदारहरूले नेपालतर्फ कोसीको पश्चिमी तटबन्धमा गुणस्तरहीन कामलाई तीव्रता दिइरहेका छन।
निर्माण कार्य सम्पन्न नहुँदै ओखलढुंगा र रामेछापको सिमानामा निर्माणाधिन ५२.४ मेगावाट क्षमताको लिखु ४ जलविद्युत आयोजनाको डिसेन्डिङ बेसिन (बालुवा थिग्राउने पोखरी) फुटेको छ। ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका र रामेछापको लिखुतामाकोसी गाउँपालिकाको बीचबाट बग्ने लिखु खोलाबाट विद्युत उत्पादनका लागि सुरु गरिएको जलविद्युत आयोजनाको बालुवा थिग्राउने पोखरी परीक्षणकैक्रममा बिहीबार राती फुटेको हो।
नेपाली सेनाले काठमाडौं–तराई–मधेश द्रुतमार्गका दुवै प्याकेजका सुरुङ निर्माणका लागि सम्झौता गरेको छ।
मैथिली फिल्म क्षेत्रमा लागेका मित्रसँग मेरो यही आग्रह छ, फिल्मको कथाको चुनाव गम्भीरतापूर्वक हुनुपर्छ, कलाकारको चयन भूमिका अनुसार उपयुक्ततालाई ध्यानमा राखी गर्नुपर्छ, फिल्म संयुक्त लगानीमा बनाउनुपर्छ, एकै व्यक्ति सबै पक्षमा हाबी हुनु हुँदैन र फिल्मको व्यापक प्रचारप्रसार हुनुपर्छ।