१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

सेतीगण्डकी पुल निर्माणमा ढिलाइ

तनहुँको एक मोटरेबल पुल निर्माणमा ढिलाइ भएको छ। जिल्लाको शुक्लागण्डकी नगरपालिका–७, दोभान र भिमाद नगरपालिका–८, भागर जोड्न सेती नदीमाथि निर्माणाधीन पुलको काममा ढिलाइ भएको हो।

संघीय संसद भवनको एक तिहाइ निर्माण

संघीय संसद भवनको पूर्वाधार निर्माण एक तिहाइ सकिएको छ। पहिलो र दोस्रो लहरको कोभिड–१९ मा पनि निर्माण कार्य नरोकिएकोले उक्त उपलब्धि हासिल भएको बताइएको छ। सहरी तथा भवन विभाग मातहतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालय मातहत यो भवन निर्माण भइरहेको छ।

पुनर्निर्माण प्राधिकरणले गर्दै आएको बाँकी काम सम्बन्धित निकायलाई हस्तान्तरण

बुधबार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले राष्ट्रिय पुनर्निर्माणको बाँकी काम सम्बन्धित निकायबाटै कार्य सम्पादन हुने गरी हस्तान्तरण गर्ने निर्णय गरेको हो।

भेरी–बबई आयोजना: सुरुङ परीक्षणबिनै निर्माण कम्पनीलाई उन्मुक्ति

महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा २०७७ भदौ १७ गते सुरुङको परीक्षणबिनै कार्यसम्पादन प्रतिवेदन स्वीकार गरेको औंल्याइएको छ।

भेरी–बबई आयोजनाः सुरुङ परीक्षणविनै निर्माण कम्पनीलाई उन्मुक्ति

भेरीगंगा नगरपालिकाको बबईदेखि चिप्लेसम्मको १२.२ किलोमिटर सुरुङ निर्माणका लागि सिंचाई विभागले चिनियाँ निर्माण कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप लिमिटेड (कोभेक) सँग १० अर्ब ५७ करोडमा सम्झौता गरेको थियो। हालसम्म ९ अर्ब ८८ करोड रुपैयाँ आयोजनाले निर्माण कम्पनीलाई भुक्तानी दिएको छ।

त्रिशूली १ जलविद्युत् आयोजनाको निर्माण सुरु

ठेकेदार कम्पनीले आयोजनाको २०८३ को मंसिरभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ। २४६ मिटर भेन्टिलेसन टनेल निर्माणका लागि चट्टान फोर्न मंगलबार पहिलो विष्फोट गराइएको छ। मुख्य प्रवेश सुरुङ, केबल सुरुङ, मुख्य सुरुङ लगायत संरचना निर्माण सुरु गरिएको छ।

चेपाङ किशोरीहरुको लागि छात्राबास निर्माण

सिमान्तकृत चेपाङ समुदायका किशोरीहरुको शिक्षामा सहयोग पुर्‍याउनको लागि धादिङको गजुरीमा अहिले सुविधा सम्पन्न छात्राबास निर्माण गरिएको हो।

लगानीको प्रतिफल आवश्यक

उत्पादन क्षेत्रमा लगानी बढाएर रोजगारी सिर्जना गर्ने र गरिबी घटाउने कार्यक्रम तय गरी कार्यान्वयमा ल्याउनुपर्ने उनको भनाइ छ। शर्माले घाटामा रहेका सार्वजनिक संस्थानको कुरा अब धेरै सुन्न नसकिने भन्दै तिनलाई नाफामा सञ्चालन गर्ने गरी नीतिगत तथा व्यवस्थापकीय सुधारको योजना माग गरे।

भूकम्पपीडितलाई ओसाकाको सहयोग

सर्वाधिक कमाइ गर्ने महिला टेनिस स्टार ओसाका व्यक्तिगत रूपमा पनि क्यारेबियन राष्ट्र हाइटीसँग जोडिएकी छन्। उनका पिता हाइटीका नागरिक थिए। शनिबार नै उनका पिताको जन्मदेश हाइटीमा ७.२ रेक्टरको शक्तिशाली भूकम्प गएको थियो।

माओवादीमा रुपान्तरण प्रस्ताव

माओवादीले बहुपदीय संरचनासहितको २९९ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरेको छ। जसमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव पदाधिकारीका रुपमा रहनेछन्।

उत्पादन केन्द्रित अर्थतन्त्र निर्माणको लाग्न सुझाव

नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले शनिबार भर्चुअल रूपमा आयोजना गरेको दोस्रो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले उत्पादन वृद्धि गरेर आयात प्रतिस्थापन गर्नेतिर लाग्नुपर्नेमा जोड दिए। यसको लागि सामान्य प्रयत्नले नपुग्ने भन्दै मन्त्री शर्माले गुणात्मक प्रयत्न जरुरी रहेको बताए।

६ लेन सडकमा अव्यवहारिक जेब्रा क्रसिङ

पैदल यात्रुले सडक पार गर्न जेब्रा क्रसिङ भएर पारिपट्टिको सडक किनारमा पुग्दा फलामका रेलिङ (बार) नाघ्नु पर्ने बाध्यता रहेको छ।

अर्थमन्त्रीद्वारा आर्थिक अवस्थाबारे जानकारी : स्रोत सुनिश्चिताका नाममा आर्थिक अनुशासनको बेवास्ता

अर्थमन्त्री शर्माले मंगलबार संसदमा देशको वर्तमान आर्थिक अवस्थाको जानकारी प्रस्तुत गर्ने क्रममा यस्तो आरोप लगाएका हुन्। तत्कालीन अर्थमन्त्री विष्णु पौडेलको पालामा सडक पूर्वाधारतर्फ करिब तीन खर्ब रुपैयाँ र रेल पूर्वाधारतर्फ ५७ अर्ब रुपैयाँ गरी तीन खर्ब ५७ अर्ब रुपैयाँ बजेट बाहिरबाट स्रोत सुनिश्चितता दिएको अर्थमन्त्री शर्माले बताए। उनले यो एउटा उदाहरण मात्र भएकोे जानकारी दिँदै संसद छलेर स्रोत सुनिश्चितताको नाममा रकम दिने काम गरिएको आरोप लगाए।

सरकारले बाढीग्रस्त मेलम्ची क्षेत्रमा तत्काल चार वटा यान्त्रिक पुल निर्माण गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा मंगलबार अपरान्ह सिंहदरवारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले प्रभावित क्षेत्रको जनजीवनलाई सहज बनाउने गरी बाढीग्रस्त मेलम्ची क्षेत्रमा तत्काल ४ वटा यान्त्रिक पुल निर्माण गर्ने निर्णय गरेको हो।

फुटबल ग्राउण्ड निर्माणमा विवाद

'एक स्थानीय तह एक खेलमैदान' निर्माण गर्ने संघीय सरकार र स्थानीय सरकारको अवधारणा अनुसार हलेसी तुवाचुङ नगरपालिकाले सुरु गरेको खेलमैदान निर्माणको काम सुरुवाती चरणबाटै विवादमा फसेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्