सडक निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग
कैलालीको चुरे गाउँपालिका जोड्ने सहजपुर–अलाड सडक निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग भइरहेको छ।
कैलालीको चुरे गाउँपालिका जोड्ने सहजपुर–अलाड सडक निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग भइरहेको छ।
रौतहटको जिल्ला सदरमुकाम गौरमा रहेको बरहवा तालमा निर्माणाधीन पुल चर्किएपछि भत्काउन सुरु गरिएको हो।
धरानको महत्वकांक्षी योजना रहेको करिडोरको शनिबार १ नम्बर प्रदेशका मुख्यमन्त्री भीम आचार्यले शिलान्यास गरेका छन्। सुनसरी क्षेत्र नं १(ख) मा पर्ने सर्दु करिडोर मुख्यमन्त्री आचार्यको निर्वाचन क्षेत्र पनि हो।
काठमाडौ महानगरपालिकाले २१ वटा गणेश मन्दिरको पुनर्निर्माण सम्पन्न गरेको बताएको छ।
निजी आवास तथा बस्ती विकासतर्फका बाँकी काम सहरी विकास मन्त्रालय अन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभागलाई हस्तान्तरण गरिएको छ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माणको बाँकि काम सम्बन्धित सरकारी निकायलाई नै हस्तान्तरण गरेको छ।
नेपाल निर्माण व्यवसायी महासङ्घले प्रतिस्थापन बजेटमा उल्लेखित ‘श्रम समूहमार्फत १० करोडसम्मको निर्माण कार्य गर्न सकिने’ प्रावधान हटाउन सरकारसँग माग गरेका छन्।
सरकारले दुई सय मेगावाटमाथिका जलाशय तथा अर्धजलाशययुक्त जलविद्युत् आयोजनालाई व्यापारिक कारोबार सुरु गरेको मितिले पहिलो १५ वर्षसम्म पूरै आयकर छुट दिने घोषणा गरेको छ भने त्यसपछिको ६ वर्षसम्म ५० प्रतिशत छुट दिने भएको छ।
आयोजना निर्माणको तयारी थालेसँगै स्नो रिभर्स प्रालिले तयार पारेको आयोजनाको वातावरणीय प्रभाव मूल्यकाङ्कन (इआइए) प्रतिवेदन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गत असार पहिलो सातामा स्वीकृत पनि गरिसकेको छ।
वर्षासँगै खसेको पहिराेले काठेखोला गाउँपालिका–३ धम्जास्थित युनिक आधारभूत विद्यालयको दुई कोठे भवनमा क्षति पुगेको छ।
विकासे कार्यालयका अधिकारीहरू पनि आयोजना ठेक्कामा लगाएर काम गर्नु भन्दा उपभोक्ता समितिमार्फत काम गराउन रुचि राख्छन्। ठेक्का लगाएर आयोजनाको काम गराउनु भन्दा समितिमार्फत काम गराउँदा कर्मचारीलाई आर्थिक लाभ बढी हुन्छ।
भारत सरकारको ४२० करोड रुपैयाँ अनुदान सहयोगमा १४ वटा सांस्कृतिक सम्पदा परियोजना र १०३ वटा स्वास्थ्य परियोजनाको पुनर्निर्माणका लागि शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
वर्षाैंदेखि निर्माण सम्पन्न नभएका गौरवका सडक आयोजनाले गत वर्ष औसत प्रगति गरेको सडक विभागको प्रतिवेदनले देखाएको छ। विभागअन्तर्गतराष्ट्रिय गौरवका ५ वटा आयोजना छन्। गत आवमा मध्यपहाडी लोकमार्गर हुलाकीराजमार्गले सन्तोषजनक प्रगति गरे पनि बाँकीको प्रगति उत्साहजनक छैन।
मेलम्ची खोलामा आएको बाढीले निरन्तर कटान गरेपछि मेलम्ची हेलम्बु सडक निर्माणअनिश्चित बनेको छ। गत असार १ गतेपछि आएको बाढीले भत्काएको सडक पटक पटक बनाएर यातायात सञ्चालन गरे पनि निरन्तरको बाढी र कटानले गर्दा सडक पुनः अवरुद्ध भएको छ।
‘तटबन्ध नभएको ठाउँमा नदीले कटान गर्दै गाउँतिर धकेल्न थालेको छ,’ स्थानीय राम मिलन कोरीले भने, ‘चाँडै तटबन्ध निर्माण नगरिए नदी गाउँमा पस्नबाट अब कसैले रोक्न सक्दैन।’ ४ वर्षअघि नदी गाउँमा पसेर गाउँ नै डुबानमा परेको थियो।