८ वैशाख २०८१ शनिबार

नागरिकता प्रमाणीकरण विवाद: विरोध गर्दै एमाले राष्ट्रपतिको बचाउमा कांग्रेस

राष्ट्रपति रामचन्द्र पौडेलले जनताको सर्वोच्च निकाय संसद्लाई छल्दै नागरिकता विधेयक प्रमाणीकरण गरेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने तयारी गरेको छ।

संसद पुनः स्थापनाले बढ्यो सांसद खरीदबिक्रीको जोखिम : नेमकिपा

‘संसद पुनस्थापनासँगै आगामी दिनमा पुनः सांसद खरिद बिक्रीको जोखिम बढेको छ।’ उनले नयाँ बन्ने सरकारले पनि देश र जनताको हितमा बजेट पेश गर्ने सम्भावना नरहेको समेत प्रष्ट्याए।

पार्टी र देशलाई प्रभावकारी रुपमा चलाएकाले म माथि प्रहार गरियो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र देशलाई गतिशील र प्रभावकारी रुपमा चलाएकाले आफूमाथि प्रहार भएको बताएका छन्। सोमबार पोखरामा आयोजित प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय गण्डकी प्रदेश स्तरीय भेलामा प्रधानमन्त्री ओलीले विकास निर्माणमा कामहरुले गति लिइरहेको हुनाले आफूमाथि तीव्र गतिमा प्रहार भएको जिकिर गरेका हुन्।

ओली र प्रचण्डलाई तत्काल सचिवालय बैठक बोलाउन बामदेव गौतमको आग्रह

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टी सचिवालयको बैठक बोलाउन माग गरेका छन्।

सर्वोच्चले भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गर्‍याे : पूर्वप्रधानमन्त्री भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसद पुनःस्थापना गरेर सर्वोच्च अदालतले लोकतन्त्रको रक्षा गरेको प्रतितक्रिया दिएका छन्। उपचारका लागि भारतको दिल्लीमा रहेका डा. भट्टराईले 'सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको बताएका छन्।

फागुनमा संसद पुनःस्थापना हुन्छ : योगेश भट्टराई

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता योगेश भट्टराईले आगामी फागुनमा प्रतिनिधिसभा पुनःस्थापना हुने दाबी गरेका छन्।

एउटै मञ्चबाट नेता र पूर्वन्यायाधीशको तर्क – अदालतले सही निर्णय गर्छ, संसद पुनःस्थापना हुन्छ

सरकारले संसद विघटन गरिसकेपछि देशमा ‘राजनीतिक संकट’ निम्तिएको निश्कर्षसहित आयोजना गरिएको अन्तक्र्रिया कार्यक्रममा बोल्ने प्राय सबै वक्ताले केपी शर्मा ओलीले ‘असंवैधानिक र अलोकतान्त्रिक’ कदम चालेको भन्दै चर्को आलोचना गरेका थिए। उनीहरुले सबैको एउटै निश्कर्ष थियो–अदालतले सही निर्णय गर्छ र संसद पुनःस्थापना हुन्छ, हुनुपर्छ।

‘अबको तीन महिनाभित्र विघटित प्रतिनिधि सभा पुनःस्थापित हुन्छ’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल पक्षका नेता घनश्याम भुसालले अबको तीन महिनाभित्र विघटित प्रतिनिधि सभा पुनःस्थापित हुने दाबी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्