१५ मंसिर २०८१ शनिबार
image/svg+xml

ओल्गाको गोलबाट स्पेन फाइनलमा

स्पेनले खेल सकिन ९ मिनेट बाँकी छँदै नै गोल गर्दै अग्रता लिएको थियो। यद्यपि, ८८औं मिनेटमा गोल फर्काउँदै स्विडेनले आशा जीवन्त बनायो। त्यसको ६० सेकेन्डपछि कप्तान ओल्गा कार्मोनाले गोल गर्दै स्पेनलाई फाइनलमा पुर्याइन्।

व्यापार नीतिमा महिलाको पहुँच बढाउन पहल

व्यापार नीतिहरूमा लैङ्गिक मूल प्रवाहलाई प्राथमिकता दिन नीति निर्माता एवं अन्य सरोकारवालासँग परामर्श थालिएको छ। व्यापार तथा यससम्बन्धी नीतिमा महिलाहरूलाई व्यापारमा प्रोत्साहित गर्ने र लैङ्गिक सोचलाई प्रवद्र्धन गर्ने उद्देश्यले ललितपुरमा सोमबारदेखि कार्यशाला सुरु भएको छ।

रोमाञ्चकताले भरिएको महिला विश्वकप

न्युजिल्यान्ड र अस्ट्रेलियाद्वारा संयुक्त रूपमा आयोजना भएको जारी महिला विश्वकप धेरै पक्षका कारण रोमाञ्चक र विशेष बनिरहेको छ।

दोहोरो उत्पीडनमा मणिपुरका महिला

मणिपुरका कुकी महिला एकातिर कुकी भएका कारण जातीय हिंसामा परेका छन् भने अर्कोतिर महिला भएकैले यौन हिंसा खप्न बाध्य छन्।

ट्वान्टी-२० शृंखला खेल्दै नेपाली महिला टोली

आइसिसी ट्वान्टी-२० विश्वकपको एसिया क्वालिफायर खेल्न लागेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले चार राष्ट्र सम्मिलित ट्वान्टी-२० शृंखला खेल्ने भएको छ।

अस्ट्रेलिया पहिलोपटक सेमिफाइनलमा

अस्ट्रेलियाकी गोलकिपर म्याकेन्जी अर्नोल्डले पेनाल्टी सुटआउटमा नै जित निकाल्ने अवसर गुमाएकी थिइन्। तर, फ्रान्सका लागि नवौं पेनाल्टीमा किन्जा डालीको दुई पटक प्रहार रोक्दै उनले आफ्नो टोलीको आशा जीवन्त पारिन्। सुरुमा म्याकेन्जीले पेनाल्टी हान्नुभन्दा अगाडि गोललाइन क्रस गरेको भन्दै किन्जाले दोस्रो अवसर पाए पनि सदुपयोग गर्न सकिनन्।

समाज रूपान्तरणका लागि युवाहरूको भूमिका महत्त्वपूर्ण: मन्त्री पोखरेल

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री खड्कबहादुर पोखरेलले समाज रूपान्तरणका लागि युवाहरूको भूमिका महत्त्वपूर्ण हुने बताएका छन्।

नेपालकै होची महिला मालतीलाई नागरिकता

मोरङ सुन्दरहरैंचा नगरपालिका-४ स्थित नेपालकै होची महिलाको रूपमा चिनिएकी मालती ऋषिदेवले जिल्ला प्रशासन कार्यालयबाट जन्मसिद्धको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र पाएकी छन्।

आइसिसी महिला टि२० विश्वकपका लागि खेलाडी छनौट

यसै महिना मलेसियामा हुने आइसिसी वुमन्स विश्वकप टि२० एसिया क्षेत्र छनोटको लागि नेपाली टोलीको नाम सार्वजनिक गरिएको छ।

२४ तोला सुन सहित पोखरामा महिला पक्राउ

पोखरामा २४ तोला सुन सहित एकजना महिला पक्राउ परेकी छन्। झापाको मोर्तामोड घर भई काठमाडौंको जोरपाटी बस्दै आएकी ४५ वर्षिया कल्पना गुरुङलाई वडा प्रहरी कार्यालय बैदामले २८० ग्राम २९ मिलिग्राम अर्थात करिब २४ तोला सुन सहित पोखरा बसपार्कबाट पक्राउ गरेको हो।

इङ्ल्यान्डलाई जिते कोलम्बिया सशक्त दाबेदार

अहिलेसम्म कुनै पनि दक्षिण अमेरिकी राष्ट्रले महिला विश्वकप जित्न सकेको छैन। सम्भवतः कोलम्बियाले इङ्ल्यान्डलाई हराएमा उसलाई त्यो दाबेदारका रूपमा हेरिनेछ।

एकल महिला र उनीहरुका छोराछोरीलाई अर्बुद रोगको उपचारमा छुट दिइने

एकल महिला र उनीहरुका १८ वर्षमुनिका छोराछोरीलाई अर्बुद रोगको उपचारमा ललितपुरको हरिसिद्धीस्थित‘नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर’ले छुट दिने विषयमा सहमति भएको छ।

महिलालाई दुर्व्यवहार गरेको आरोपमा चिकित्सक पक्राउ

यातायात व्यवस्था सेवा कार्यालय विराटनगरका एक जना चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ।महिलालाई दुर्व्यवहारका साथै गालीगलौज गरेको आरोपमा उनी पक्राउ परेका हुन्।

महिला विश्वकपमा दर्शक संख्या बढ्दो

अस्ट्रेलिया र न्युजिल्यान्डमा जारी महिला विश्वकपमा दर्शकको संख्या बढेको विश्व फुटबलको प्रशासकीय निकाय फिफाले जनाएको छ।

लैंगिक हिंसा एक दशकमा सात गुणाले वृद्धि

प्रहरीका अनुसार पछिल्लो दशकमा लैंगिक हिंसाका डेढ लाखभन्दा बढी घटना दर्ता भएका छन्। आव २०६९/७० मा लैंगिक हिंसाका ३ हजार १४७ वटा उजुरी दर्ता भएकामा २०७९/८० मा त्यो संख्या बढेर २० हजार ९१३ पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्