११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

तीन घण्टापछि पृथ्वीराजमार्ग सञ्चालन

पहिरोले अवरुद्ध भएको पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड पुनः सञ्चालन भएको छ।

पृथ्वीराजमार्गको याम्पा–आँबुखैरेनी सडक अवरुद्ध

मंगलबार राति परेको वर्षाका कारण आज बिहान बन्दीपुर गाउँपालिका–५ याम्पास्थित सडकमा पहिरो खस्दा उक्त खण्ड अवरुद्ध भएको हो।

तीनकुनेको आर्क ब्रिजको ठेक्का वाइपी किराँतेश्वरलाई

कोस्टल–पप्पु जेभीले कमसल निर्माण गरेर अलपत्र पारेको तीनकुनेस्थित बागमती नदीमा फेरि आठ वर्षपछि नयाँ ठेक्का लागेको छ। नयाँ ठेक्का प्रक्रियाबाट पुल निर्माण गर्ने जिम्मेवारी भने वाइपी किराँतेश्वर जेभीले हात पारेको छ।

बेनी–जोमसोम सडकखण्डमा पक्की पुल नहुँदा जोखिमपूर्ण यात्रा

मुस्ताङसँग यातायातमार्फत काठमाडौँलगायत देशका विभिन्न ठाउँसँग जोड्ने एउटै बेनी–जोमसोम सडकखण्डको बेगखोलामा पक्की पुल नहुँदा तीर्थयात्री, पर्यटक, उत्तरी म्याग्दी र मुस्ताङका स्थानीयवासी जोखिम लिएर यात्रा गर्न बाध्य छन्।

सडक ढलान लम्बिँदा कष्टकर यात्रा गर्दै चापागाउँवासी

ललितपुरको गोदावरी–१० की सुष्मा थापालाई दैनिकरुपमा छोरालाई विद्यालय जाने बससम्म लैजान र पुर्‍याउन तीन किलोमिटरसम्मको कष्टकर यात्रा पार गर्नुपर्छ।

केन्याको तटीय क्षेत्रमा दुर्घटना, १५ जनाको मृत्यु

केन्याको तटीय क्षेत्रमा सडक दुर्घटना हुँदा १५ जनाको मृत्यु हुनाका साथै पाँच जना घाइते भएका छन्।

ग्रामीण सडकमा गाडी चलाउन सकस

‘सडक हिलाम्मे र पहिरो आउने डर हुने गरेको छ,’ उनले भने, ‘सहजताको लागि गाडी चढे पनि ठाउँठाउँमा गाडी फस्दा यात्रुहरूले धकेलेर निकाल्नुपर्ने अवस्था छ।’

उत्तरी राज्य कादुनामा दुर्घटना: ९ को मृत्यु, १२ जना घाइते

उत्तरी राज्य कादुनामा बिहीबार भएको सडक दुर्घटनामा परी नौ जनाको ज्यान गएको छ। बिहीबार बस र कार जुध्दा सवारीमा रहेका कम्तीमा पनि नौ जनाको ज्यान गएको छ भने अरु १२ जना घाइते भएका छन्।

सडकमा पानीको दह, सवारी एकछिन रोकिएर मात्र जान्छन्

वरपरको सडक ठीकै छ, सहजै सवारी आवतजावत गर्न सक्छ बीचमा पुगेपछि पानीका दह देखिन्छ, खाडल कति गहिरो छ भनेर सवारी एकछिन रोकिएर मात्र जाने गर्छन्।

कोटेश्वर-कलंकी सडकखण्डः एनसेलद्वारा ग्रीन बेल्ट क्षेत्रमा संरक्षण गर्ने

एनसेल आजियाटाले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत कोटेश्वरदेखि कलंकी सडक खण्डको ग्रीन बेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण गर्दै आएको रिङरोड ग्रीन बेल्टको मंगलबार उद्घाटन गरिएको छ।

एक साता बन्द हुने बेँसीसहर-चामे सडक

बेँसीसहर–चामे सडक एक हप्ता बन्द हुने भएको छ। उक्त सडकअन्तर्गत मस्र्याङ्दी गाउँपालिका–४ स्याङ्गेमा सडक ढलान कार्यका लागि आज बिहान ८ बजेदेखि एक हप्ता बन्द हुने भएको हो।

सरकारी लक्ष्यको ६६ प्रतिशत पुल बने

सडक विभाग मातहतको पुल महाशाखा चालु आर्थिक वर्षमा लक्ष्य अनुसारको पुल निर्माण गर्न असफल देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्