११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

बस र ट्रक ठोक्किँदा १७ जनाको मृत्‍यु

घटनास्थलमा पन्ध्रवटा एम्बुलेन्सहरू घाइतेहरूलाई सोहाग पब्लिक अस्पतालमा लैजानका लागि पुगेका सोहागका गभर्नर तारेक अल–फिकीले सिन्ह्वालाई बताएको छ।

साँफे मार्तडी सडकको बल्देमा हप्ता दिनभित्र वैकल्पिक मार्ग

चार वर्षदेखिको स्थानीय प्रहरी प्रशासन र नगरपालिकाले स्थानीयलाई मनाउन सकेका थिएनन्। रामबहादुर बाँनीयाको नेतृत्वको टिमले भने वैकल्पिक मार्ग निर्माणमा सहमति जुटाउन सफल भएको छ। स्थानीयले जमिन निःशुल्क दिने, सडक निर्माणको लागत सडक डिभिजन कार्यालय अछामले व्यहोर्ने र सहजिकर नगरपालिकाले गर्ने सहमतिसहितको निर्णय गरिएको नगर प्रमुख रामबहादुर बाँनीयाले बताएका छन्।

हुलाकी सडक निर्माण सुस्त

सर्लाही जिल्लाअन्तर्गत पर्ने हुलाकी सडक खण्डको निर्माण सुस्त भएको छ। निर्माण सुरु भएको वर्षौं भइसक्दा पनि काम सम्पन्न नहुँदा बनेका सडक पनि अहिले जीर्ण भइसकेका छन्।

नारायणगढ-मुग्लिन सडक खण्डको मौरी खोलामा पहिरो खस्दा सडक अवरुद्ध

चितवनको नारायणगढ-मुग्लिन सडकको भरतपुर महानगरपालिका-२९ मौरीखोला पुलमा गएराति फेरि पहिरो खसेपछि बाटो अवरुद्ध भएको छ।

त्रिभुवन राजपथमा राति बस चलाउन निषेध

राजपथको मोड साँघुरो भएका कारण यात्रुको सुरक्षालाई मध्यनजर गर्दै मुग्लिन सडक सञ्चालनमा नआएसम्म हेटौँडामा नै प्रतिक्षा लाममा राख्ने व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।

गण्डकी प्रदेशः चारवटा जिल्लासँगको सडक सञ्जाल बिच्छेद

अविरल वर्षापछिको पहिरोले राजमार्ग अवरुद्ध हुँदा विभिन्न जिल्लासँगको सडक सम्पर्क टुटेको छ। पहिरोले गर्दा कतिपय जिल्लासँगको पूरै सम्पर्क टुटेको छ भने केहीसँग आंशिक रुपमा मात्र बिच्छेद भएको छ। सडक सञ्जाल बिच्छेद हुँदा स्थलमार्ग हुँदै आउजाउ गर्ने यात्रुलाई सास्ती भएको छ। त्यस्तै पोखराबाट विभिन्न गन्तव्यमा हुने हवाई उडान पनि पुरै अवरुद्ध भएको छ।

मझुवामा पहिरो गोरखा-आँबुखैरेनी सडक अवरुद्ध

यसअघि पनि पहिरो बगेको उक्त ठाउँमा माथिबाट पहिरो खसेर सडक बन्द भएको हो। आँबुखैरेनीबाट गोरखा आउँदै गरेका र गोरखाबाट आँबुखैरेनी तर्फ जाँदै गरेका सवारी साधन बिचमै रोकिएका छन्।

तमोर करिडोर कालोपत्रेका लागि ठेक्का खुल्यो

पूर्वी पहाडको ‘लाइफलाइन’ को रुपमा हेरीएको सडकको कालोपत्रे गर्ने ठेक्का खुलेसँगै यो क्षेत्रका बासिन्दा उत्साहित भएका छन्। गणेश चोकदेखि मुलघाटसम्मको १ सय १० किलोमीटर सडक कलोपत्रे गर्नका लागि ठेक्का खुलेको आयोजना प्रमुख कुवेर नेपालीले जानकारी दिए।

लुम्बिनी प्रदेश गौरव आयोजना अलपत्र

लुम्बिनी प्रदेश गौरव आयोजना झुम्सा–चरङ्गे सडक अलपत्र परेको छ। पाँच वर्ष बितिसक्दा समेत लुम्बिेनी प्रदेश गौरव आयोजना झुम्सा–चरङ्गे सडक सम्पन्न हुन नसक्दा आयोजना अलपत्र बनेको हो।

डुम्रे–बेँसीसहर सडकखण्ड पुनः अवरुद्ध

डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका सूचना अधिकारी एवं इञ्जीनियर पुरुषोत्तम अधिकारीका अनुसार वैकल्पिक सडकका रूपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने यस सडक माथिबाट रिठ्ठेबगरमा ढुङ्गासहितको लेदो खस्दा सडक अवरुद्ध भइरहेको छ।

पहिरो जाँदा मेलम्ची सडक अवरुद्ध

अविरल वर्षाका कारण मेलम्ची नगरपालिका–१० मा सडक अवरुद्ध भएको छ। पाल्चोकी क्रसर पारि पहिरो जाँदा सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ।

बेनी–जोमसोम सडक अवरुद्ध

हिमाली जिल्ला मुस्ताङसँग सडक सम्पर्क बिच्छेद भएको छ। म्याग्दीको सिमानामा पर्ने काभ्रेभिरमा सोमबार दिउँसो पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ।

आठ घण्टापछि आँबुखैरेनी–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालन

आँबुखैरेनी गाउँपालिका–४ ऐनापहरामा सडकमाथिबाट पहिरो खस्दा अवरुद्ध भएको सडकखण्ड पहिरो पन्छाएर दुईतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्