११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

७ वर्षमा ८ किलोमिटर सडक कालोपत्रे नगर्नेलाई म्याद थपिँदै

२०७२ असार ३१ गते ठेक्का लागेको यो सडक सम्झौता गरेको सात वर्षमा पनि निर्माण कम्पनीले पूरा गर्न सकेको छैन। उक्त सडक खण्डमा अझै २० प्रतिशत भन्दा बढी काम बाँकी छ। सम्झौता भएको मितिले दुई वर्षभित्र सक्नुपर्ने योजना यही गतिमा काम हुने हो भने पूरा गर्न अझै दुई वर्ष लाग्छ।

सडक खन्दा भिरबाट लडेर सैनिकको मृत्यु

कर्णाली करिडोर निर्माणका लागि हुम्लाको खार्पुनाथ गाउँपालिका–१ को लालिबगरमा खटिएका एक सैनिकको भिरबाट लडेर मृत्यु भएको छ।

सडक बेथितिको सकस

सबैतिरका सडकको काम थालेपछि त्यसलाई पूर्णता दिने हो भने राजधानीमा धुलो र हिलोको समस्या कम हुन्थ्यो। निर्माण पूरा नभएका र भइसकेका सडकको हिलो ल्याएर अरू सडकमा गाडी कुदाउँदा यहाँ बिजोग भएको छ।

मुग्लिन पोखरा सडक: तनहुँको पूर्वी खण्डमा ५७ करोड खर्च

आर्थिक वर्ष २०७८/७९ मा उक्त खण्डका लागि दुई अर्ब ५१ करोड ४७ लाख ८२ हजार रुपैयाँ विनियोजन भएको थियो। सडक योजनाले आँबुखैरेनीदेखि जामुनेसम्मको सडक विस्तारका लागि काम गरिरहेको योजना प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए।

भारतसँग सीमा जोड्ने व्यापारिक सडक एक दशकदेखि बेहाल

सरकारले भारतको सिमाना बेलहियादेखि बुटबलसम्मको २७.५ किलोमिटर सडक विस्तार गर्न थालेको एक दशक बितिसक्यो तर अहिलेसम्म यो खण्डको सडक स्तरोन्नति गर्ने काम सकिएको छैन।

सार्वजनिक यातायातले मनलाग्दी भाडा असुल गरेको भन्दै अनुगमन गर्न निर्देशन

समिति बैठकमा सभापति खड्काले सार्वजनिक यातायातका सवारी साधनले यात्रुहरुसँग मनलाग्दी भाडा लिने गरेको गुनासो आएको बताइन्। उनले सडक सीमा अतिक्रमण गरी सडक सीमा भित्र बनाएका घर टहरा तत्काल हटाउन पनि सरकारलाई निर्देशन दिइन्।

पुल नबन्दा यात्रा जोखिमपूर्ण

विसं २०६८ मा रु ३४ करोडमा ठेक्का लागेको सात सय २४ मिटर लम्बाइको कन्काई नदीको पुल दुई वर्षदेखि निर्माण व्यवसायी कम्पनी पप्पु जेभीको पार्टनर महादेव खिम्तीले काम सुरु गरेको छ।

अवरुद्ध सुर्खेत–जुम्ला सडक खुल्यो

कालिकोटको सुनार खोलामा गाडीको एक्सल भाँचिएपछि हिजो बिहानदेखि बन्द सडक खण्ड बिहान १०:३० देखि खुलेको हो।

सडक, सपना र संवेदना

अवसरको खोजीमा गाउँबाट सहरमा आइ गरिखान खोज्नेहरू आउने क्रम नरोकिएकाले सडकपेटीको व्यापार पूर्णतः नियन्त्रित हुन सकेको छैन। सडकपेटीमा बसेर केही गरिखान खोज्नेप्रति सर्वसाधारणको सहानुभूति र संवेदना पनि छ

मधेस प्रदेशमा तस्कर राज, सेटिङमा चम्कदै तस्करी धन्दा

तस्करीका सामानसहित माडर नाका क्षेत्रबाट भित्रिएको उक्त कारको प्रवेश लागत माडर भन्सारमा छैन्। गत्त आइतबारदेखि बुधबारसम्ममा यो कार यस नाकाबाट प्रवेश गरेको आधिकारिक रेकर्ड नभएको कार्यालयले जनाएको छ। यस कारको ग्राउण्ड क्लियरेन्स अत्यन्त कम भएकाले मुख्य नाका बाहेकको नाका क्षेत्रबाट वारि प्रवेश गर्न सक्ने बाटो नै नरहेकाे बोर्डर आउटपोष्ट माड्रले जनाएको छ।

काठमाडौँका सडकमा फोहाेरको डङ्गुर

दुई महिनादेखि काठमाडौँको सडकमा फोहाेर थुप्रदा नागरिकलाई आवतजावत गर्नसमेत समस्या भएको छ। बाटो मर्मतको कारण देखाउँदै काठमाडौँ महानगरपालिका र अन्य निजी क्षेत्रले समेत नियमितरुपमा फोहाेरको अन्तिम व्यवस्थापनको काम नगर्दा सडकमा जताततै फोहर देखिन थालेको हो।

अवरुद्ध बेनी–जोमसोम सडक तीन दिनपछि खुल्यो

अविरल वर्षाका कारण म्याग्दी र मुस्ताङको सिमाना काभ्रेभिरमा सुक्खा पहिरो गएको र सोही स्थानको घोप्टे ओढारमा सडक भासिएपछि अवरुद्ध बनेको सडक मर्मत गरेर सञ्चालनमा ल्याइएको हो। सडक सञ्चालन भएसँगै सवारीसाधन ओहोरदोहोर गर्न थालेका बेनी–जोमसोम सडकका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिए।

साँफे मार्तडी सडकको बल्देमा वैकल्पिक मार्ग निर्माण सुरु

साँफे मार्तडी सडक खण्डको पहिरोबाट क्षतिग्रस्त बल्दे क्षेत्रमा वैकल्पिक मार्ग निर्माण सुरु भएको छ। हप्तादिज भित्र वैकल्पिक मार्ग निर्माणको काम अघि बढाउने गरी साउन १७ गते भएको सहमति अनुसार बिहीबारदेखि काम सुरु भएको हो।

पहिराेसहित बिजुलीको पोल ढल्दा बेँसीशहर चामे सडक अवरुद्ध

'पहिरो पनि आएको छ, बिजुलीको पोल हटाउन प्राधिकरणलाई भनेका छौँ। पोल हटाएपछि ढुङ्गामाटा हटाएर सडक सञ्चालन गरिने छ। पैँसठ्ठी किलोमिटर उक्त सडक अवरुद्ध हुँदा विषेश गरी मनाङवासीलाई बढी असर परेको छ।'

ग्रावेल सडक हिलाम्मे

गत वर्ष ग्रावेल गर्दा गुणस्तरहिन काम भएको भन्दै सम्बन्धित कार्यालयलाई खबर गर्दा समेत सुनुवाई नभएको दुल्ल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानमणी नेपालले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्