१४ आश्विन २०८१ सोमबार
image/svg+xml

स्थानीय चुनाव 'प्रतिबद्धतामै सीमित'

राजनीतिक दलले १३ वर्षयता नौ पटक स्थानीय चुनाव गर्ने प्रतिबद्धता जनाइसकेका छन् तर अहिलेसम्म पूरा भएको छैन। दलहरू आफैंले गरेको सहमति तोड्ने गरेका कारण चुनाव हुन नसकेको हो।

बारपाकलाई पर्यटकीय केन्द्र बनाउ पहल गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्री पुष्पकमल दाहालले ०७२ सालको भूकम्पको केन्द्रविन्दु बनेको गोरखाको बारपाकलाई विश्वकै आकर्षक पर्यटन केन्द्र बनाउन आफूले पहलगर्ने बताएका छन्।

झापामा दलहरुको ६ बुँदे साझा प्रतिबद्धता

झापाका राजनीतिक दलहरुले स्थानीय तहको पुनःसंरचनालाई सहज र निर्विवाद बनाउन ६ बुँदे साझा प्रतिवद्धता जनाएका छन् । ‘स्थानीय तहको पुनःसंरचना : सम्भावना र चुनौती’ विषयमा आज बिर्तामोडमा भएको छलफलमा राजनीतिक दलहरुका प्रमुख तथा प्रतिनिधिले विभिन्न सुझावसहित प्रतिवद्धता जनाएका हुन् ।

प्रधानमन्त्री चुन्नुअघि मधेस मागमा प्रतिबद्धता

प्रमुख दुई राजनीतिक दलले नयाँ सरकार गठनअघि नै मधेसकेन्द्रित दलका माग पूरा गर्ने मार्गचित्र निर्माण गरी प्रतिबद्धता जनाउने भएका छन्। नयाँ सरकार गठनबारे शनिबार बिहान सिंहदरबारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र मधेसकेन्द्रित दलबीच भएको छलफलले मधेस समस्या समाधान गर्न प्रधानमन्त्री निर्वाचनअघि नै लिखित समझदारी गर्ने निष्कर्ष निकालेको हो।

खेलपर्यटन सघाउने प्रतिबद्धता

एसियाली खेलकुद पत्रकार महासंघ (एआइपिएस एसिया) का वरिष्ठ पदाधिकारीहरूले नेपालको खेल पर्यटन प्रवर्द्धनमा संस्थागत रूपमै सहयोग गर्ने वचन दिएका छन्। एआइपिएस एसिया कार्यसमितिको दोस्रो बैठकका लागि काठमाडौं आएका विभिन्न देशका खेल पत्रकारले सोमबार नेपाल पर्यटन बोर्डका पदाधिकारी तथा पर्यटन व्यावसायीसँग यस्तो प्रतिवद्धता जनाएका हुन्।

डा. केसीका माग पूरा गर्न सक्दो प्रयास गर्ने सभामुखको प्रतिबद्धता

सभामुख ओनसरी घर्तीले अख्तियार दुरुपयोग अनुन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने लगायत माग राख्दै ११ औं दिनदेखि आमरण अनशनमा बसेका डा. गोविन्द केसीको माग पूरा गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्