जबरजस्ती करणीको आरोप लागेका पल शाह पक्राउ
प्रहरी नायब उपरीक्षक युवराज खड्काले शाहलाई पक्राउ गरिएको जानकारी दिए। १७ वर्षीया गायिकालाई जबर्जस्ती गरेको जाहेरी परेपछि शाह प्रहरीको फरार सूचीमा थिए।
प्रहरी नायब उपरीक्षक युवराज खड्काले शाहलाई पक्राउ गरिएको जानकारी दिए। १७ वर्षीया गायिकालाई जबर्जस्ती गरेको जाहेरी परेपछि शाह प्रहरीको फरार सूचीमा थिए।
बैंकिङ कसुरको मुद्दामा मदिरा स्टोर ग्रिनलाइन सेन्टर प्रालिका सञ्चालक अग्रवाललाई चेक बाउन्सको उजुरीका आधारमा प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो।
अदालतले फैसला गरेर फरार रहेका २६० जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनले विभिन्न मुद्दामा सजाय पाएर फरार रहेका उनीहरुलाई पक्राउ गरेको हो।
ख्यालठट्टाका नाममा सर्वसाधरणलाई शारीरिक-मानसिक हैरानी दिएको अभियोगमा झापा विर्तामोड नगरपालिका–४ आदर्शटोलका २७ वर्षीय आकाश सेढाइँलाई कौशलटार, भक्तपुरबाट पक्राउ गरिएको छ।
सोमबार साँझ सुनवर्षी र रतुवामाई नगरपालिका क्षेत्रबाट २ जनालाई लागुऔषध र प्रतिवन्धित औषधिसहित पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ।
उनीहरूका साथबाट फेनरागन ७० एम्पुल, नुफ्रिन ६९ एम्पुल र डाइजापाम ७० एम्पुल बरामद गरिएको प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए।
महानगरीय प्रहरी कार्यालय रानीपोखरी तथा महानगरीय प्रहरी वृत्त बालाजुको टोलीले काठमाडौँ महानगरपालिका–१६ बाइपासस्थित ओरालो बाटोमा स्रोत नखुलेको ६९ लाख ९९ हजार नगदसहित नुवाकोट ककनी गाउँपालिका–३ चाउथेका २९ वर्षीय नवराज ढुङ्गानालाई मङ्गलबार राति पक्राउ गरी आज सार्वजनिक गरेको हो।
हत्याको आरोपमा बैतडीमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दोगडाकेदार गाउँपालिका २ मल्लागाउँकी ५५ वर्षीया नारु महरा रहेकी छिन्।
जालसाजी मुद्दाका चार फरार प्रतिवादी १० वर्षपछि पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले उनीहरूलाई कैद तथा जरिवाना कार्यान्वयनका लागि जिल्ला अदालत पठाउने भएको छ।
न्यौपानेलाई विसं २०५७ माघ २५ गते गैँडा मारी खाग तस्करी गरेको अभियोगमा १० वर्ष कैद र रु एक लाख जरिवाना तोकेको थियो। उनलाई यही माघ ७ गते पक्राउ गरी सोमबार सार्वजनिक गरिएको हो।
सन्ताउन्न वर्षीया आमा शान्ति थापालाई घाइते बनाइ फरार रहेको अवस्थामा प्रहरीले सोही ठाउँका ३० वर्षीय रमेशबहादुर थापालाई बाँकेको कोहलपुरबाट पक्राउ गरेको हो।
महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको टोलीले काठमाडौँको गोकर्णेश्वर र ललितपुरको सानेपाबाट मोटरसाइकलसहित दुईलाई आज पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार १७ हजार ठगी गरेको भन्दै उजुरी परेपछि रोल्पा घर भई घोराही बस्ने तीन जनालाई पक्राउ गरिएको हो।
चिनियाँ ब्रान्डको ‘इङवेन सिआनाङ’ नामक ४९० बट्टा अवैध रूपको औषधिसहित निजलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।
प्रहरीले खत्रीलाई पक्राउ गर्नुका साथै उनीबाट १४० मिलिग्राम ब्राउन सुगर र एक थान स्क्रीनटच मोबाइल बरामद गरेको प्रहरी नायब उपरीक्षक घर्तीले बताए।