coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

कहिल्यै मिलेनन् पौडेल र जोशी

गत वर्ष सम्पन्न संघीय चुनावमा कांग्रेसका आधिकारिक उम्मेदवार रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएर पूर्वसहमहामन्त्री गोविन्दराज जोशी निकै चर्चामा पुगे। निर्वाचनमा पौडेलविरुद्ध उत्रेको भन्दै पार्टीले जोशीलाई कारबाही गरेको छ।

बागी २ को ट्रेलर सार्वजनिक, टाइगरको जबरजस्त एक्सन

बलिउडको बहुप्रतिक्षित फिल्म ‘बागी २’को ट्रेलर सार्वजनिक भएको छ। फिल्मका प्रमुख कलाकार टाइगर श्राफ र दिशा पटानीले मुम्बईको पीवीआर थियटरमा ट्रेलर लञ्च गरेका हुन्।

बागी २ को ट्रेलर सार्वजनिक, टाइगरको जबरजस्त एक्सन

बलिउडको बहुप्रतिक्षित फिल्म ‘बागी २’को ट्रेलर सार्वजनिक भएको छ। फिल्मका प्रमुख कलाकार टाइगर श्राफ र दिशा पटानीले मुम्बईको पीवीआर थियटरमा ट्रेलर लञ्च गरेका हुन्।

बागीले वाम गठबन्धनका उम्मेदवारलाई समस्या

मंसिर २१ गते गर्न लागिएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मनोनयपत्र दर्ता गराएका  वाम गठबन्धनतर्फका अधिकारिक उम्मेदवारहरू बागी उम्मेदवारका कारण समस्यामा परेका छन्। वाम गठबन्धनका अधिकारिक उम्मेदवारको बिरोधमा  ती दलकै नेता कार्यकर्ता बागी बनेपछि भोट बाँडिने  भएकाले अधिकारिक उम्मेदवार नै समस्यामा परेका हुन्।

बागीले आधिकारिक उम्मेदवार तनाबमा

रुपन्देहीका पुराना कांग्रेस नेता कृष्णप्रसाद पौडेल स्थानीय तह चुनावमा तिलोत्तमा नगरपालिकामा मेयर पदका आकांक्षी थिए ।

बागी उम्मेदवारलाई पार्टीबाट निष्काशित

पार्टीको नीतिविपरीत वागी उम्मेदवारी दिने राजेन्द्रप्रसाद जोशीलाई नेकपा एमाले कञ्चनपुरले पार्टीबाट निष्काशन गरेको छ।

माओवादीद्वारा दश बागीलाई कारवाही

माओवादी केन्द्रले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी बनेका उम्मेदवार, उनीहरूका प्रस्तावक र समर्थक गरी १० जनालाई पार्टीको साधारण सदस्य नरहने गरी निष्कासन गरेको छ। वाम गठबन्धनका उम्मेदवारविरुद्ध बागी बनेका हुम्ला र सल्यानका नेता र कार्यकर्तालाई यस्तो कारबाही गरिएको हो।

एमालेका बागी उम्मेदवार पार्टीबाट निस्कासित

बाम गठबन्धनविरुद्ध बागी उम्मेद्वारी दिने यहाँका एक एमाले नेता पार्टी कारबाहीमा परेका छन्। उदयपुरको प्रदेशसभा २ (१) मा स्वतन्त्रबाट उम्मेद्वार बनेका एमाले जिल्ला कमिटी सदस्य होमबहादुर दाहाल खत्रीलाई पार्टीको मंगलबार बसेको पूर्ण जिल्ला कमिटी बैठकले सदस्यसमेत नरहने गरी कारबाही गरेको हो।

वाम गठबन्धन बागीको अलमलमा, काँग्रेस चुनावी प्रचारमा

आगामी मङ्सिर १० र २१ गते हुन गइरहेको प्रतिनिधसभा र प्रदेशसभाको निर्बाचनमा वाम गठबन्धनले देशैभरी विजय हासिल गरेर बहुमतको सरकार बनाउने सपना बोकीरहेका बेला उदयपुरमा भने बागी उम्मेदवारका कारण वाम गठबन्धन अलमलमा परिरहेको छ भने काँग्रेस चुनावी प्रचारप्रसारमा जुटेको छ।

बागीले आधिकारिक तनावमा

टिकट वितरणप्रति असन्तुष्ट नेताहरूले आफ्नै दल सम्बद्ध गठबन्धनको निर्णय लत्याउँदै हेभिवेट उम्मेदवारकै क्षेत्रबाट बागी उम्मेदवारी दिएका छन् । मोरङ र सप्तरीको केन्द्र र प्रदेशमा हेभिवेट नेतालाई ‘अप्ठ्यारो’ मा पार्ने गरी बागी उम्मेदवारी परेको छ । असन्तुष्टि सम्बोधन नहुँदा पार्टी र गठबन्धनलाई नै ‘असर’ पार्ने गरी बागी उम्मेदवारी दर्ता भएको हो । बागी उम्मेदवारी परेपछि आधिकारिक तनावमा परेका छन् ।

फोरम, राजपा गठबन्धनका बागीले शीर्ष नेतालाई चुनौती

गठबन्धन बनाएर आन्दोलन गर्ने, अलग अलग भएर चुनाव लड्ने मधेस केन्द्रित दलको प्रवृती यसपाली फेरिएको छ। प्रदेश दुईमा स्थानीय तह निर्वाचनको परिणामले उत्साहित मधेस केन्द्रित दल (संघीय समाजवादी फोरम, राजपा) मंसिर २१ गत्ते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गठबन्धन निर्माण गरेर साझा उम्मेदवार उठाएका छन्।

बागी उम्मेदवार बनेका जोशीविरुद्ध पौडेलको उजुरी

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्ना विरुद्ध बागी उठेका गोविन्दराज जोशीको उम्मेदवारी खारेजी हुनु पर्ने भन्दै उजुरी दिएका छन्।

सल्यानमा माओवादीको बागी

नेकपा माओवादी केन्द्र सल्यानले बाम गठबन्धनका सबै उम्मेदवारका विरुद्ध बागी मनोनयन पत्र दर्ता गराएको छ । जिल्ला निर्वाचन कार्यालयमा पुगेर उनीहरूले नेकपा एमाले र माओवादी केन्द्रले बाम गठबन्धनले केन्द्रबाट तोकेका उम्मेदवारका विरुद्धमा उनीहरूले बागी मनोनयन पत्र दर्ता गराएका हुन्।

उपाध्यक्षविरुद्ध महामन्त्री बागी

राष्ट्रिय जनता पार्टी नेपालका उपाध्यक्ष सरोज यादवविरुद्ध महामन्त्री जितेन्द्र सिंहले बागी उम्मेदवारी दिएका छन्।  मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि बिहीबार मनोनयनपत्र दर्ता गराइएको निर्वाचन कार्यालयले जनाएको छ।  उपाध्यक्ष यादवबिरुद्ध प्रदेशसभा सदस्य बागी उम्मेदवारी दिएका महामन्त्री सिंहले पार्टीले अन्याय गरेकोले जनतासँग न्याय माग्नका लागि आफूले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको बताएका छन्।

शीर्ष नेताविरुद्ध बागी उम्मेदवार

मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका राजनीतिक दलका ‘हेभिवेट’ नेतविरुद्ध पार्टीभित्रैबाट बागी उम्मेदवारी परेको छ । नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरूविरुद्ध बागी उम्मेदवारी परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्