लागुऔषधसहित दुई पक्राउ
प्रहरीले ११२ किलोग्राम लागुऔषध (गाँजा) सहित मिनी ट्रक र गाँजा कारोबारमा सम्लग्न भएको आरोपमा दुई व्यक्तिलाई पक्राउ गरेको छ।
प्रहरीले ११२ किलोग्राम लागुऔषध (गाँजा) सहित मिनी ट्रक र गाँजा कारोबारमा सम्लग्न भएको आरोपमा दुई व्यक्तिलाई पक्राउ गरेको छ।
भारत प्रशासित कश्मीरका एक राजनीतिज्ञ राजधानी नयाँ दिल्लीबाट पक्राउ परेका छन्। पूर्वकर्मचारीसमेत रहेका शाह फैसल नामका ती कश्मीरी राजनीतिज्ञलाई पक्राउ परेलगत्तै कश्मीर नै पठाइएको विवरण सार्वजनिक भएको छ।
बाल मन्दिरका निर्देशक बालकृष्ण डंगोललाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बुधबार डंगोललाई नियन्त्रणमा लिइएको प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले बताए।
पाँचखाल नगरपालिकास्थित दुई फरक स्थानमा भएका बलात्कार घटनाका फरार आरोपितलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले पक्राउ गरेको छ।
प्रदेश सरकार गठन भएदेखि भौतिक पूर्वाधार मन्त्रालय सम्हाल्दै आएका खड्क खत्री सुर्खेत क्षेत्र नम्वर–१ अन्र्तगत प्रदेशसभा ‘ख’बाट निर्वाचित सांसद हुन्। उनी सांसद हुँदै मन्त्री भएपनि ठेक्कापट्टाको काम छोडेका छैनन्।
कर्णाली प्रदेश सरकारका मन्त्री खड्कबहादुर खत्रीलाई उच्च अदालत पाटनले तीन दिनभित्र पक्राउ गरेर उपस्थित गराउन आदेश दिएको छ। उच्च अदालतको संयुक्त वाणिज्य इजलासका न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुंगानाको इजलासले सोमबार मन्त्री पक्रन आदेश दिएको हो।
एक बालिका बलात्कार गरी बेपत्ता भएको आरोप लागेका सप्तरीको शम्भुनाथ नगरपािलका–२ कुशहाका ४० वर्षीय मो. समिर अख्तर पक्राउ परेका छन्।
किर्गिजस्तानका पूर्वराष्ट्रपति अल्माजबेक अटामबायेभमाथि सत्ताविद्रोहको योजना बनाएको आरोपमा पक्राउ गरिएको त्यहाँको सुरक्षा सेवाले जनाएको छ।
महोत्तरीको भंगहा नगरपालिका–८ का वडाध्यक्षसहित तीन जना घुस लिँदा रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वडाध्यक्ष रफिक साफी, वडा सदस्य कारी साह र उनको छोरा मुकेश साहलाई घुससहित पक्राउ गरेका छन्। उनीहरुलाई आयोगको बर्दिबासमा रहेको टोलीले १ लाख ६० हजार घुससहित रंगेहात पक्राउ गरेको हो।
मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको आरोपमा श्रीलंकामा आठ हजार जनालाई पक्राउ गरिएको छ। प्रहरीले सुरु गरेको विषेश कारबाही अभियानका क्रममा पछिल्ला केही सातामा उनीहरु पक्राउ परेको अधिकारीहरुले जनाएका छन्।
दाङका एक शिक्षक घुससहित रंगेहात पक्राउ परेका छन्। अख्तियारको टोलीले सोमबार घोराहीस्थित माध्यामिक बिद्यालय रझेनाका शिक्षक गणेश केसीलाई नियन्त्रणमा लिएको हो।
मध्यपुर थिमि नगरपालिका–९ राधे राधेस्थित हरिबहादुर रानाभाटले सञ्चालन गरेको शुभकामना होटेलमा जुवातास खेलाइरहेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
गोप्य सूचनाको आधारमा आठ जनासहित रु २५ हजार २०० र पोखरा १० रामबजार होटल पर्वतबाट ३६ हजार ३३० र छ जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए।
काठमाडौं महानगरपालिकाका एक जना स्थायी कर्मचारी ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका–१७ बस्ने महानगरपालिकाको कुचीकार प्रमुख ५२ वर्षीय बाबुराजा पुजारी पक्राउ परेका हुन् ।
‘ठेकेदारलाई काठ मिलाइदिने भन्दै डिसी ती ठेकेदारबाट पाँच लाख ४५ हजार बैंकमा हाल्न भनेछन् र ठेकेदारले पैसा हालिदिएछन्।’ उनले भने, ‘अरु पैसा निकालेर यताउता पारिसकेको रैछ हाम्रो टोलीले ३ लाख २६ हजार बरामद गरेको छ।’