११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

बलात्कार मुद्दाका फरार अभियुक्त २२ वर्षपछि पक्राउ

बलात्कार अभियोगमा दोषी ठहर भई फरार रहेका उदयपुरका एक अभियुक्त २२ वर्षपछि पक्राउ परेका छन्। ०५२ सालमा स्थानीय एक महिलामाथि सामुहिक बलात्कार गरी फरार रहेका साविक देउरी गाविस ५ भई हाल त्रियुगा नगरपालिका ४ का ४३ वर्षीय हरिनारायण सदा बिहीबार पक्राउ परेका हुन्।

इरानमा तीन अस्ट्रेलियाली नागरिक पक्राउ

तीन अस्ट्रेलियाली नागरिक इरानमा पक्राउ परेका छन्। इरानको राजधानी तेहरानमा पश्चिमा नागरिकलाई बन्धक बनाउने तथा थुनामा राख्ने गरिएको नीतिअन्तर्गत नै ती अस्ट्रेलियाली नागरिक पक्राउ परेको हुनसक्ने अनुमान गरिएको छ।

६ वर्षीया बालिकामाथि जवरजस्ती आरोपमा युवक पक्राउ

उदयपुरकी एक ६ वर्षीया बालिकामाथि जवरजस्ती गरेको अभियोगमा युवक पक्राउ परेका छन्। ३ दिनअघि बालिकामाथि जवरजस्ती गरेको आरोपमा जिल्लाको कटारी नगरपालिका ३ राजाबासका १९ वर्षीय गणेश गिरी पक्राउ परेको प्रहरीले जनाएको छ।

विप्लव समूहका नेता पक्राउ

नेत्रविक्रम चन्द विप्लव समूहका नेतालाई प्रहरी पक्राउ गरेको छ। क्षेत्रिय नेतृत्व सम्हालेका नेता पुर्णबहादुर वलीलाई प्रहरीले पक्राउ गरेको हो।

न्यायाधीशका चालक घुससहित पक्राउ

जिल्ला अदालत सिराहामा कार्यरत एक न्यायाधीशका सवारी चालकलाई अख्तियारको टोलीले घुससहित पक्राउ गरेकाे छ।

पक्राउ परेका चन्दसहित सबै विद्यार्थी छुटे

स्वास्थ्य संस्थामा सेवाग्राहीलाई प्रभाव पार्नेखालका काम नगर्ने, आन्दोलनका क्रममा कसैलाई तल्लोस्तरको गालीगलौज नगर्ने प्रतिबद्धतापछि उनीहरुलाई तारेखमा छाडिएको प्रवक्ता कोइरालाले जनाकारी दिए।

लाेडेड पेस्तोलसहित एकजना पक्राउ

भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. ९ भातेढिकुरमा एकजना कटुवा पेस्तोलसहित पक्राउ परेका छन्। सोमबार राति शंकास्पद रुपमा हिँडिरहेका बारा फेटा गाबिस वडा नम्बर २ घर भई हाल फेटा गाँउपालिका ३ बस्ने ४१ वर्षीय शम्भुप्रसाद शाह कानुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

नगदसहित सुन चोरेर भागेका युवक पक्राउ

सोलुदूधकुण्ड नगरपालिका–३ तामाखानीमा चोरेर भाग्दै गर्दा एक युवक पक्राउ परेका छन्। मङ्गलबार लिखुपिके गाउँपालिका–३ का अन्दाजी २७ वर्षीय विनोद बस्नेत पक्राउ परेका हुन्।

बलात्कारको आरोपमा इञ्जिनीयर पक्राउ

बलात्कारको आरोपमा मङ्गलबार साँझ प्रहरीले एक इञ्जिनीयरलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मेलौली नगरपालिकाका इञ्जिनीयर २७ वर्षीय रोशन चन्द रहेका प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए।

रक्सी पिएर अनमी कुट्ने स्वास्थ्य चौकी इन्चार्ज पक्राउ

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–१, थुमनस्थित थुमन स्वास्थ्य चौकीमा कार्यरत अनमी कृष्णा रसाइली सुनारलाई कुटपिट गर्ने स्वास्थ्य चौकी इन्चार्ज पक्राउ परेका छन्।

रिभल्वरसहित मानिस पक्राउ

सिरहा प्रहरीले बिष्णुपुर गाउँपालिका -४ थलहाबाट रिभल्वरसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने ३० वर्षिय कृष्ण यादव रहेको सिरहा प्रहरी प्रमुख (एसपी) उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।

लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ

सिरहाको गोलबजार नगरपालिका–६, लक्ष्मीमन्दिर नजिकबाट प्रहरीको विशेष टोलीले लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।

पेस्तोलसहित एक जना पक्राउ

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा ९ भातेढिकुरस्थित सडक बाटोमा एकजनालाई कटुवा पेस्तोलसहित पक्राउ गरेको छ।

अठार वर्षपछि पक्राउ

नेपाल प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्तलाई १८ वर्षपछि पक्राउ गरेको छ। नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले विसं २०५७ मा तत्कालीन काठमाडौँ महानगरपालिका–३४ महादेवस्थान बस्ने २० वर्षीय अशोक राईको हत्यामा संलग्न सिन्धुपाल्चोकका ३८ वर्षीय भीमसेन भण्डारीलाई सोमबार भक्तपुरबाट पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्