११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

नक्कली फेसबुक ‘आइडी’ बनाएर दूरुपयोग गर्ने पक्राउ

नक्कली फेसबुक ‘आइडी’ बनाई महिलालाई अश्लील कार्य गर्न खोज्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ।

बालिका बलात्कारको आरोपमा दुईजना पक्राउ

चितवन प्रहरीले ११ वर्ष र छ वर्षका बालिकाहरुलाई बलात्कार गरेको आरोपमा दुईजना व्यक्तिलाई समाएको छ। जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार पक्राउ पर्ने एकजना ५२ वर्ष र एकजना २२ वर्षका छन्। आरोपितहरुलाई थुनामा राखेर अनुशन्धान गर्न चितवन जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ।

सालकको खपटासहित तीनजना पक्राउ

धादिङको आदमघाटमा प्रतिबन्धित सालकको खपटासहित लिएर हिँडिरहेको अवस्थामा तीनजनालाई मंगलबार केन्द्रीय अनुसन्धान ब्यूरो टोलीले पक्राउ गरेको छ।

घुस लिँदालिँदै प्राधिकरण कर्मचारी पक्राउ

सेवाग्राहीसँग घुस लिँदालिँदै नेपाल विद्युत् प्राधिकरणका एक कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ। प्राधिकरण, खजुरा नोलाइट शाखा (बाँके) का प्राविधिक जयराम न्यौपानेलाई घुस रकमसहित पक्राउ गरेको हो।

श्रीमानकाे हत्या गरेकाे आरोपमा श्रीमती पक्राउ

कोठामा थुनेर श्रीमानलार्इ अागाे लगाएर हत्या गरेको अराेपमा महानगरीय प्रहरी वृत्त थिमिले एक महिलालाई पक्राउ गरेको छ । सोमबार राति मध्यपुरथिमि नगरपालिका–६ पुराना ठिमीस्थित मैयाँ बुढाथोकीका घरमा डेरामा बस्दै आएका सिन्धुपाल्चोक सिपामंखा घर भएका ४० वर्षीय विदुर नेपालको आगलागीबाट मृत्यु भएको थियाे ।

हात जाँच गर्दा घुस लिएको पुष्टि, तीन नासु पक्राउ

सेवाग्राहीसँग नगद घुस लिएको प्रमाणसहित इलाका प्रशासन कार्यालय धरानका तीन जना कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ।

बालिका बलात्कारपछि हत्या अभियोगमा युवक पक्राउ

नाबालिकाको बलात्कार गरी हत्या गरेको अभियोगमा यहाँका एक युवक पक्राउ परेका छन्। ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा त्रियुगा नगरपालिका–५ दमौटीका २२ वर्षीय शंकर राई आईतबार दिउँसो पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

युवतीको विषयलाई लिएर गोली प्रहार, पूर्व सांसदका भतिजा पक्राउ

काठमाडौंको म्हैपीमा गोली चल्दा एक जना घाइते भएका छन्। घाइतेलाई उपचारको लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल लगिएको सोह्रखुट्टे प्रहरीले जानकारी दिएको छ।

भारतीय व्यापारी अपहरण गर्ने तीन पक्राउ

भारतीय व्यापारीलाई अपहरणमा संलग्न तीन जना पक्राउ परेका छन् । एक साताअघि अपहरणमा परेका भारतीय व्यापारी अमितकुमार शारदालाई प्रहरीले सप्तरीको कञ्चनरुप नगरपालिका–१२ स्थित अम्बरबहादुर मगरको घरबाट सकुशल मुक्त गरेको छ । अपहरणमा संलग्न रहेको आरोपमा सप्तरीको कञ्चनरुप–४ का अम्बरनाथ विश्वास, शैलेन्द्रकुमार गुप्ता र पुष्कर महतोलाई प्रहरीले पक्राउ गरेको छ ।

नौ लाखसहित २६ जना जुवाडे पक्राउ

रुपन्देही तिलोत्तमा नगरपालिका—५ कैलासपथस्थित स्थानीय मनिष अधिकारीको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले शनिबार २६ जनाको जुवाडे समूहलाई पक्राउ गरेको छ । सुराकीको आधारमा खानतलासी गर्दा उनीहरुबाट नौ लाख ४६ हजार एक सय ९५ सहित १६ थान कौडा र तास बरामद गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक प्रवन भट्टराइले जानकारी दिए ।

लागुऔषधसहित दुई पक्राउ

सरावल गाउँपालिका – ७ भुजहवाबाट प्रहरीले लागुऔषधसहित दुई जना युवालाई शुक्रबार पक्राउ गरेको छ। अवैध लागुऔषध नाइट्रोभेट ३९ थानसहित नवलपरासी सरावल–३ का २० वर्षीय विशाल चौधरी र सरोज चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

अवैध लागुऔषधसहित दुई पक्राउ

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले अवैध लागुऔषधसहित बिहीबार दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराका सर्फराज अन्सारी र ओखलढुङ्गाका सुजन लामा रहेका छन् । प्रभागबाट खटिएको टोलीले बाराबाट काठमाडौं आउँदै गरेको ना ५ ख ४९७० नम्बरको यात्रुबाहक बसमा जाँच गर्दा लागुऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

भरुवा बन्दुकसहित एक पक्राउ

पाँचथरको फालेलुङ गाँउपालिकामा भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । फालेलु–२ का रामप्रसाद लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो । बन्दुक रहेको सूचनाको आधारमा प्रहरीले घरमा खोजतलास गरेको थियो ।

फरार हत्या आरोपी पक्राउ

हत्या आरोपमा फरार रहेको एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालतबाट २० वर्ष कैद भएका सन्तोष चौधरीलाई प्रहरी पक्राउ गरेको हो ।

किशाेरी बलात्कारकाे अाराेपमा एक व्यक्ति पक्राउ

बलात्कार गरेको आरोपमा भोजपुर थिदिङ्खाका एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यलय भोजपुरकाअनुसार बलात्कारी अभियोगमा आमचोक गाउँपालिका–३ थिदिङखाका २१ वर्षीय दीपककुमार राईलाई पक्राउ गरिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्