११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

पेस्तोलसहित २ पक्राउ

मंसिर १० मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मिति नजिकिँदै गर्दा रोल्पा प्रहरीले घरेलु हतियारसहित दुई जनालाई पक्राउ गरेको छ । बुधबार दिउँसोे एक थान घरेलु हतियार पेस्तोलसहित रोल्पा सदरमुकाम हँुदै काठमाडौँ जाँदै गरेको बा४ख २६०८ नं को बसमा चढेका माडी गाउँपालिका ३ तालाबाङका श्यामबहादुर घर्तीमगर र रामसिंह घर्तीमगरलाई प्रहरीले पक्राउ गरेको हो ।

गाँजा कारोबारी पक्राउ

लागू औषध गाँजालाई भारत पुर्‍याउन लाग्दा पक्राउ परेका दुई जनालाई बारा प्रहरीले शुक्रवार सार्वजनिक गरेको छ।

क्यानडा पठाइदिन्छु भनेर ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ

क्यानडा पठाइदिन्छु भनी ठगी गर्ने काठमाडौं महानगरपालिका–७ मित्रपार्कस्थित एक्स वाई इन्टरनेशनल कन्सल्टेन्सीका संचालक पक्राउ परेका छन्। काठमाडौं महाराजगंज बस्ने सप्तरीको विष्णुपुर गाउँपालिका–१ ठेगाना बताउने ३० वर्षीय अशोककुमार यादव र काठमाडौं चावहिल बस्ने रौतहटको बिजयापुर नगरपालिका–५ घर बताउने ३८ वर्षीय इश्वरी शिवभक्ति यादवलाई महानगरीय अपराध महाशाखाको प्रहरीले कात्तिक २२ गते पक्राउ गरेको हो।

छ लाख घुससहित कार्यालय प्रमुख पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश नं ७ को सम्पर्क कार्यालय भीमदत्तनगरले आज जिल्ला प्राविधिक कार्यालयका प्रमुख (डिई) केदार शर्मालाई रु छ लाख घुसको रकमसहित पक्राउ गरेको छ ।

पेस्तोलधारीलाई पक्राउ गर्न लोकतान्त्रिक गठबन्धनको माग

गोरखाको भिमसेन गाउँपालिका धावामा मंगलवार भेटिएको पेस्तोलधारीलाई पक्राउ गरी कानुनी कारवाही गर्न गोरखाका लोकतान्त्रीक गठबन्धनमा आवद्ध दलहरुले माग गरेका छन्। मूख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी गर्दै उनीहरुले निर्वाचन बिथोल्न उमेद्धवार नै हतियार सहित हिडेको भेटिनु निर्वाचन आचारसंहित बिपरित भएको बताएका छन्।

घुसको एक लाख रकमसहित कर्मचारी पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गौर अस्पतालका एक कर्मचारीलाई घुसको एक लाख रुपैयाँसहित पक्राउ गरेको छ । ठेकेदारसित घुस लिएको घुसको रकम सहित अख्तियारको हेटौंडा क्षेत्रीय कार्यालयले मंगलबार जिल्ला अस्पताल गौरका इमर्जेन्सी इन्चार्ज प्रवीणकुमार झालाई पक्राउ गरेको हो।

एक लाख घुस सहित गौर अस्पतालका कर्मचारी पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गौर अस्पतालका एक कर्मचारीलाई घुसको एक लाख रुपैयाँ सहित पक्राउ गरेको छ। ठेकेदारसित घुस लिएको रकम सहित अख्तियारको हेटौँडा क्षेत्रीय कार्यालयले मंगलवार जिल्ला अस्पताल गौरका इमर्जेन्सी इन्चार्ज प्रवीणकुमार झालाई पक्राउ गरेको हो।

दुई थान भरुवा बन्दुकसहित एक पक्राउ

जिल्लाको धनगडीमाई नगरपालिका –८ मुसहरनीयाबाट आज दिउँसो लहान प्रहरीले दुईथान भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने सिरहा भोर्लेनी– १० का जंगबहादुर तामाङ रहेको ईलाका प्रहरी कार्यालय लहानका प्रमूख (डिएसपी) नरेशराज सुवेदीले जानकारी दिए।

सरकारी कागजात नक्कली बनाउने गरेको आरोपमा दुई पक्राउ

नक्कली सरकारी कागजात तथा शैक्षिक प्रमाणपत्र बनाउने गिरोहका २ जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको छ।

साउदी अरेबियाका ११ राजकुमार पक्राउ

भ्रष्ट्राचारको आरोपमा साउदी अरेबियाका ११ राजकुमार, चार बाहालवाला मन्त्री र केही पूर्वमन्त्रीहरू पक्राउ परेका छन्।

लागुपदार्थ कारोवारी र ज्यान मार्ने अभियुक्त पक्राउ

लागुपदार्थ बेचबिखन गर्ने एक भारतीयलाई धनुषा जिल्ला प्रहरीले पक्राउ गरेको छ।

लमजुङबाट १७ किलो सुनसहित एक पक्राउ

जिल्लाको उत्तरी भेगको खुदीबजारमा करिब १७ किलो सुन बरामद भएको छ। प्रहरीले मस्र्याङ्दी गाउ“पालिकाको खुदीबाट उक्त परिमाणको सुनसहित एक युवक पक्राउ परेका छन्।

अटोमेटिक पेस्तोल र ५१ राउन्ड गोलीसहित दुई भारतीय सुटर पक्राउ

काठमाडौंको कमलादीस्थित हेरिटेज प्जालाबाट अटोमेटिक पेस्तोल र ५१ राउण्ड गोलीसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन्।

ढुंगेल पक्राउ शान्ति सम्झौताको उल्लंघन : माओवादी

नेकपा (माओवादी केन्द्र) ले पूर्वसांसद बालकृष्ण ढुंगेलको पक्राउ शान्ति सम्झौताविरुद्ध रहेको जनाउँदै तत्काल उनको रिहाइको माग गरेको छ। माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले पत्रकारसँग कुराकानी गर्दै भनिन, 'द्वन्द्वकालीन मुद्दा सत्य तथा मेलमिलाप आयोगबाटै समाधान गरिने शान्ति सम्झौताको मर्मविपरीत बालकृष्ण ढुंगेललाई पक्रिनु निन्दनीय छ। उहाँको तत्काल रिहा गरिनुपर्छ।'

जन्मकैद सजाय पाएका माओवादी नेता ढुंगेल पक्राउ

ज्यान मुद्दाका दोषी माओवादी नेता बालकृष्ण ढुंगेललाई नेपाल प्रहरीले पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले ढुंगेललाई पाटन क्षेत्रबाट पक्राउ गरेको हो। पक्राउ गरेका ढुंगेललाई अदालतमा बुझाउने तयारी भइरहेको प्रहरी स्रोतले नागरिकन्युजलाई बतायो। 'अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ गरिएको हो', प्रहरी स्रोतले भन्यो, 'अदालतमा बुझाउनुभन्दा अगाडि नै छुटाउ माओवादीको दवाब छ।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्