coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

कोभ्याक्स सुविधाअन्तर्गत ७७ लाख बढी खोप प्राप्त

कोभ्याक्स सुविधाअन्तर्गत हालसम्म ६० लाख ३९ हजार डोज कोभिसिल्ड र १६ लाख ८६ हजार डोज मोडेर्ना खोप नेपालले प्राप्त गरिसकेको हो। कोभ्याक्स सुविधाअन्तर्गत ती खोप २९ नोभेम्बरदेखि २० डिसेम्बरसम्म नेपालमा आपूर्ति भइसकेका छन्।

जर्मनीबाट आयो साढे ४१ लाख डोज खोप

जर्मन सरकारले उपलब्ध गराएको खोपमध्ये १९ लाख ६५ हजार ६ सय डोज मोर्डनाको र २१ लाख ७६ हजार ६५० डोज जोन्सन एन्ड जोन्सनको छ। खोपको धेरै मात्रा आइसकेको र जोन्सन एन्ड जोन्सनको बाँकी मात्रा शुक्रबारसम्म आइपुग्ने स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखाले जनाएको छ।

जर्मनीको सहयोगमा ४२ लाख डोज खोप आउँदै

राजदूत प्रिन्जले स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई सो सामग्री हस्तान्तरण गरेका हुन्। आगामी दिनमा नेपालको स्वास्थ्य लक्ष्य पूरा गर्ने अभियानमा जर्मन सरकारले निरन्तर सहयोग गर्ने राजदूत डा. प्रिन्जले प्रतिबद्धता जनाए।

फाइजर खोप १२ वर्षमाथिका दीर्घरोगीलाई

कोभ्याक्सको नियमअनुसार जोखिम समूहलाई पहिला दिने हो। त्यही निर्णय गरेका छौं’, दाहालले आइतबार नागरिकसित भने। कात्तिक २८ देखि मंसिर ३ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ।

फाइजर खोप आए भण्डारण चुनौती

फाइजरको खोप भण्डारण स्थल बनाएर मात्र ल्याउन सकिने अवस्था छ। फाइजरको खोप माइनस ७० डिग्री ताफक्रममा मात्र भण्डारण गर्न मिल्छ। त्यसका लागि आवश्यक पर्ने फ्रिज नेपाली बजारमा नभएकाले अन्तर्राष्ट्रिय कम्पनीलाई अर्डर गरेरमात्र बनाउन मिल्छ।

कोभ्याक्समार्फत मोडर्नाको ४० लाखमात्रा खोप प्राप्त हुँदै

कोभ्याक्ससँगको लागत साझेदारीमार्फत विश्व बैंकको वित्तीय सहयोगमा मोर्डना खोपको ४० लाख मात्रा खरिद गर्न खोप साझेदार गाभीसँग सम्झौता भएको छ। गाभीसँग सम्झौता गर्ने नेपाल विश्वकै दोस्रो देश बनेको छ भने त्यसले कोभिड–१९ विरूद्धको खोपको पुँजी विविधीकरण र सुदृढीकरण भएको छ।

जापानबाट आइपुग्यो ३ लाख डोज खोप, कसले पाउँछन् ?

कोभ्याक्स परियोजनामार्फत जापान सरकारले नेपाललाई दिएको कोभिड १९ विरुद्धको खोप नेपाल आइपुगेको छ।

चीनले विश्वलाई दुई अर्ब डोज कोरोनाविरुद्धको खोप सहयोग गर्ने

चीनले यसै वर्षभित्रमा विश्वका विभिन्न देशलाई कम्तीमा पनि दुई अर्ब डोज कोरोना भाइरसविरुद्धको खोप सहयोग दिने भएको छ।

कोभ्याक्सले नेपाललाई अर्को साता खोप उपलब्ध गराउने

कोभ्याक्सले नेपाललाई अर्को साता खोप उपलब्ध गराउने भएको छ। कोभ्याक्सले नेपालको खोप वार्ता समितिलाई अक्सफोर्ड तथा अस्ट्राजेनेकाद्वारा विकसित खोपका केही डोज एक सातापछि उपलब्ध गराउने जानकारी दिएको हो।

उपप्रधानमन्त्री र संयुक्त राष्ट्रसंघकी संयोजकबीच वार्ता: खोप उपलब्ध गराउन पोखरेलको गुहार

नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक सारा बेस्लो न्यान्तीसँग आज भएको टेलिफोन संवादमा उपप्रधानमन्त्री पोखरेलले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)बाट पाउने कोभ्याक्स अन्तर्गतको खोप सक्दो छिटो नेपाल ल्याउनका लागि सहजीकरण गरिदिन आग्रह गरेका हुन्।

अपेक्षित समयमा कोभ्याक्सको खोप नआउने

भारतले कोरोना खोप निर्यातलाई बन्देज लगाएपछि अपेक्षा गरिएको मितिमा कोभ्याक्स खोप नेपालले नपाउने देखिएको छ। यसबाट पहिलो डोज लगाएका अधिकांशले समयमै दोस्रो डोज पाउन सक्दैनन् कि भन्ने चिन्ता बढेको छ। माघ १४ देखि सुरु अभियानअन्तर्गत नेपालका भण्डै १८ लाखले खोपको पहिलो डोज लगाएका छन्।

कोभ्याक्सको थप खोप जेठमा

कोभ्याक्सले नेपाललाई उपलब्ध गराउने भनेको खोपको पूरा मात्रा आगामी जेठभित्र मात्र आइपुग्ने स्थिति देखिएको छ। कोभिड १९ विरुद्धको खोप व्यवस्थापन संयोजक डा. श्यामराज उप्रेतीका अनुसार कोभ्याक्सले पहिलो लटमै २२ लाख ५६ हजार डोज खोप दिने भनेकोमा ३ लाख ४८ हजार डोजमात्र यही साता नेपाल आइपुगेको छ।

कोभ्याक्स सुविधाअन्तर्गत खोप नेपाल आइपुग्यो

कोरोना भाइरसविरुद्धको ३ लाख ४८ हजार डोज खोप नेपाल आइपुगेको छ। कोभ्याक्स सुविधा अन्तर्गतको खोप आइतबार नेपाल आइपुगेको हो।

भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोनाविरुद्धको खोप

प्रधानमन्त्री मोदीले भारत बायोटेकको 'कोभ्याक्सिन' खोप लगाएका हुन्। कोभ्याक्सिन नामको यो खोप भारतकाे बायोटेक कम्लेपनीले भारतीय चिकित्सा अनुसन्धान परिषद र नेशनल ईन्स्टिच्युट अफ भाइरोलजीको सहयोगमा उत्पादन गरेको हो।

कोभ्याक्स खोप यसै साता

विश्व स्वास्थ्य संगठनको नेतृत्वमा स्थापना भएको कोभ्याक्स सुविधाअन्तर्गतको पहिलो खेप नेपालमा यसै साताको अन्तसम्ममा आउने भएको छ। कोभ्याक्स सुविधाअन्तर्गत अग्रपंक्तिमा रहेर काम गर्ने कुल ११ लाख नेपालीलाई खोप उपलब्ध गराउने भनेकोमा पहिलो लटमा ३ लाख ४८ हजार खोपको डोज केही दिनमै नेपाल आउन लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्