८ वैशाख २०८१ शनिबार

नदी किनारका सडकः जामको विकल्प कोरिडोर

श्याम चित्रकारलाई केही वर्षअघिसम्म मोटरसाइकलमा बुढानिलकण्ठको कामीडाँडाबाट लगनखेलस्थित कार्यालय पुग्न डेढ घण्टाभन्दा धेरै समय खर्चिनुपथ्र्याे। उनी चाबहिल, गौशाला, एयरपोर्ट, कोटेश्वर र ग्वार्काेको जाम छिचोल्दै कार्यालय पुग्थे। यही कारण उनी कहिल्यै भनेको समयमा कार्यालय पुग्न सक्दैनथे। सरकारले धोवीखोला र वाग्मती कोरिडोर बनाएसँगै श्यामको यात्रा एक घण्टाले छोटिएको छ। पहिला डेढ घण्टा लाग्ने यात्रा अहिले आधा घण्टामै सकिन्छ। अचेल उनी समयमै कार्यालय पुग्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्