७ वैशाख २०८१ शुक्रबार

कैलाली पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

कैलालीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। ‘स्थानीय स्थायित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराकासाथ कैलालीलाई आज पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो।

मनाङ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

मनाङलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ। यहाँका सबै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो।

तीन लाख पशुमा पूर्ण खोप लगाइँदै

खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि तनहुँका सात स्थानीय तहमा पशुमा पूर्ण खोप कार्यक्रम थालिएको छ।

बाजुरालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

बाजुरा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ।

जातिय झाँकीसहित विविध कार्यक्रमका साथ ताप्लेजुङ पूर्ण खोपयुक्त जिल्ला घोषित

ताप्लेजुङका सबै स्थानीय तह र ६१ वटा पूर्ण खोपयुक्त घोषणा भइसकेकोले ताप्लेजुङलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिदिन प्रस्ताव गरेका थिए। पूर्ण खोपयुक्त जिल्ला घोषणा भएसंगै सहभागीले भावी सन्ततीलाई समेत पूर्ण खोप सुनिश्चितता गर्ने प्रतिबद्धता जनाएका छन्।

पूर्वखोला पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टङ्कनाथ खनाल र उपप्रमुख काशिका गैरेले सोमबार गाउँपालिकालाई निश्चित इन्डिकेटरका आधारमा पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरेका हुन्।

कैलालीमा ६५ प्रतिशतले लगाए कोरोनाविरुद्ध पूर्ण खोप

कैलाली जिल्लामा सोमबारदेखि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई पनि मोडर्ना खोप लगाउने काम सुरु गरिएको छ। जिल्लामा रहेका एक लाख २० हजार बालबालिकालाई खोप लगाइने भएको छ।

ताप्लेजुङमा करिव ५० हजारले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

ताप्लेजुङमा करिव ५० हजार जनाले कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएको पाइएको छ।जिल्ला प्रशासन कार्यालयले सोमबार प्रकाशित गरेको विवरण अनुसार ४९ हजार ६ सय ४९ जनाले कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएका छन्।

बाग्मती प्रदेशमा ६८ प्रतिशतले लगाए कोरोनाविरुद्धको खोप

बाग्मती प्रदेशमा हालसम्म ६८ प्रतिशतले कोरोना भाइरस सङ्क्रमणविरुद्धको पूर्ण खोप लगाएको छ।

उपत्यकामा ७३ प्रतिशतले पाए पूर्ण खोप

काठमाडौं उपत्यकामा ७३ प्रतिशत जनसंख्याले पूर्ण मात्रा र ७६ प्रतिशतले पहिलो मात्रा खोप लगाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

रुकुम पूर्व पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

रुकुम पूर्वलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ। नेपालको कान्छो जिल्लाको रुपमा स्थापित रुकुम पूर्वलाई नेपालको ६१औँ जिल्लाका रुपमा पूर्ण खोप सुनिश्चितत जिल्ला घोषणा गरिएको हो।

कास्कीलाई पशुमा पूर्ण खोप जिल्ला बनाउने तयारी

पशुमा कास्कीलाइ पूर्ण खोप जिल्ला बनाइने भएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, कास्कीले जिल्लालाई पशुमा पूर्ण खोप बनाउने तयारी गरेको हो ।

ताप्लेजुङमा झण्डै १४ हजारले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

ताप्लेजुङमा झण्डै १४ हजार जनाले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन्। २१ हजार बढी भने कोरोनाविरुद्धको दोस्रो खोपको पर्खाइमा छन्।

असार २३ गते कपिलवस्तु पूर्ण खोप जिल्ला घोषणा हुँदै

लामो प्रयासपछि कपिलवस्तु पूर्ण खोप जिल्ला हुने भएको छ। जिल्लामा रहेका १६ देखि २२ महिनाका सबै बालबालिकाहरु खोपको पहुँचमा पुगेपछि आउँदो असार २३ गते कपिलवस्तु पूर्ण खोप जिल्ला घोषणा हुने निश्चित भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्