७ वैशाख २०८१ शुक्रबार

दोस्रो चरणको खोप वैशाख ७ बाट

सरकारले अहिलेसम्म १८ लाख ३५ हजारलाई कोरोनाविरुद्धको खोप लगाइसकेको छ। अहिले उपत्यकाका तीन जिल्ला तथा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट र रसुवामा खोप कार्यक्रम जारी छ।

कोरोनाविरुद्ध दोस्रो चरणको खोप अभियान आजदेखि सुरु हुँदै

कोरोना भाइरसविरुद्धको दोस्रो चरणको खोप अभियान आजदेखि सुरु हुँदैछ। खोप अभियान २० दिनसम्म सञ्चालन हुनेछ। सरकारले भारतको सेरम इस्सिच्युटबाट उत्पादन भएको ‘कोभिशिल्ड’ नामक खोप २० लाख मात्रा खरिद गर्ने भनेता पनि अहिलेसम्म १० लाख मात्रा खोप ल्याइसकेको छ।

भोलिदेखि दोस्रो चरणको खोप अभियान सुरुः ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई दिइने

सरकारले दोस्रो चरणको खोप अभियानअन्तर्गत ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप दिइने भएको छ।

कोभिड विरुद्धकाे दोस्रो चरणको खोपका लागि १५ केन्द्र तोकिए

५५ वर्षमाथिका ज्येष्ठ नागरिक, विद्यालयका शिक्षक, कर्मचारी र सार्वजनिक यातायातका चालक, सहचालकलाई खोप दिने योजना रहेको कामपाले जानकारी गराएको छ। खोप लगाउने केन्द्र अस्पताल नै हुनुपर्ने भएकाले कामपाले १५ अस्पताललाई केन्द्र तोकेको छ।

पहिलो दिन उपत्यकामा आधाभन्दा कम पत्रकारले मात्र खोप लगाए

सोमबारदेखि सुरु भएको कोभिड १९ विरुद्धको दोस्रो चरणको खोप अभियानको पहिलो दिन २ सय २६ पत्रकारले मात्र खोप लगाएको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्