९ मंसिर २०८१ आइतबार
image/svg+xml

प्रधानमन्त्रीलाई भीम रावलको प्रश्न– बोआओ फोरममा किन नगएको ?

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले चीनको बोआओ फोरममा नेपालले भाग नलिएकोमा असन्तुष्टि जनाएका छन्।  विहीबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा उपाध्यक्ष रावलले बोआओ नेपालको लागि ठूलो फोरम भएको भन्दै भाग किन नलिएको भनी प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्न गरे।

जलविद्युत आयोजनाको अनुगमन गर्न प्रधानमन्त्री ओली दोलखामा

प्रधानमन्त्री केपी शर्मा ओली स्वदेशी लगानीमा निर्माण भइरहेको सबैभन्दा ठूलो जलविद्युत आयोजना माथिल्लो तामाकोशीको अनुगमन गर्न दोलखाको लामाबगर पुगेका छन्।

प्रधानमन्त्रीको भारत यात्राका प्रश्न

प्रधानमन्त्री केपी शर्मा ओली मित्र राष्ट्र भारतको राजकीय भ्रमण सम्पन्न गरी स्वदेश फर्किसक्नुभएको छ।

आर्थिक पारदर्शिता पहिलो प्राथमिकता : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक पारदर्शिता सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् । आर्थिक समृद्धिका लागि अब सरकराले काम गर्ने र त्यसका लागि कुनै सम्झौता नगर्ने उनको भनाइ छ ।

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। मंगलबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीलाई हालै सम्पन्न आफ्नो भारत भ्रमणबारे जानकारी गराएको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले जानकारी दिएका छन्।

भारत भ्रमणले सबै भ्रम टुटेका छन् : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओली भारतको तीनदिने राजकीय भ्रमणबाट फर्केपछि पनि उनको भ्रमणबारे विविध कोणबाट चर्चा-परिचर्चा भइरहेको छ। २०७२ असोज ३ मा नयाँ संविधान जारी भएपछि नाकाबन्दी लगाएको भारतले समेत आफ्नो नीति परिवर्तन गरिरहेको अर्थ धेरैले लगाएका छन् । प्रधानमन्त्री ओली पारस्परिक हित र सम्मानका आधारमा अघि बढ्नुपर्ने बताउँछन् । भारत भ्रमणबाट फर्केको भोलिपल्ट सोमबार ओलीले नागरिकलाई दिएको अन्तर्वार्ता :

रासायनिक आक्रमण पुष्टि भएमा असद र सहयोगीलाई छोडिने छैन : बेलायती प्रधानमन्त्री

सिरियाको गुटामा शङ्कास्पद विषाक्त ग्यास आक्रमण भएको भन्ने बिषयमा बेलायती प्रधानमन्त्री टरिजा मेले सोमबार रसायनिक ग्यास आक्रमण गरिएको पुष्टि भएमा सिरियाली राष्ट्रपति बसर अल असद र उनका सहयोगीलाई नछोडिने बताएकी छिन्।

‘प्रधानमन्त्रीको भारत भ्रमण सफल र उपलब्धिमूलक’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वपरराष्ट्रमन्त्री डा. रामशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको तीन दिने भारत भ्रमण सफल र फलदायी भएको बताएका छन्।

हङ्गेरीमा पुनः प्रधानमन्त्री अर्बानकै पार्टी विजयी

हङ्गेरीमा भएको आम निर्वाचनमा पुनः सत्तारुढ दलले नै धेरै ठाँउमा जित हासिल गरेको छ।प्रधानमन्त्री भिक्टोर अर्बानको पार्टी फिडेजसहितको केडिएनपी गठबन्धनआवद्ध दलहरुले नै धेरै ठाँउमा जित हासिल गरेका छन्।

मेरो भारत भ्रमण तस्बिरजस्तो प्रष्ट छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमण सफल भएको बताएका छन्। भारतको ३ दिने राजकीय भ्रमण सकेर फर्किएका प्रम ओलीले आइतबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो भ्रमणमा विभिन्न विषयमा सकारात्मक सम्वाद भएको जानकारी दिए। ‘हाम्रो भ्रमण यथार्थ कुरामा अघि बढ्यो, उपलब्धिपूर्ण कुरामा अघि बढ्यो,’ उनले भने।

प्रधानमन्त्री ओलीको विषयमा प्रदेशसभा बैठकमा ‘हंगामा’

प्रदेशसभा बैठकमा माओवादी सांसद जगतप्रसाद यादवले नेपाली भाषालाई खस–गोर्खाली भाषा र प्रधानमन्त्री केपी ओली संघीयता विरोधी भएको आरोप लगाएपछि हंगामा भएको छ।

प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधि

भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई गोविन्द बल्लभ पन्त कृषि तथा प्राविधिक विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको छ। भारतको पन्तनगरमा रहेको विश्वविद्यालयले प्रधानमन्त्री ओलीलाई विज्ञानमा मानार्थ पीएचडीको उपाधिले सम्मान गरेको हो।

प्रधानमन्त्री टुडोद्वारा खेलाडीको निधनमा शोक व्यक्त

क्यानडाका प्रधानमन्त्री जस्टिन टुडोले प्रसिद्ध ‘हम्बोल्ट ब्रोन्कोस जुनियर हकी’ समूहका १४ खेलाडीको सडक दुर्घटनाबाट मृत्यु भएकप्रति शोक व्यक्त गर्दै उक्त खबरले आँफूलाई मर्माहित तुल्याएको बताएका छन्।

प्रधानमन्त्री ओली र भारतीय उपराष्ट्रपतिबीच भेटवार्ता

भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका उपराष्ट्रपति वेँकैया नायडुबीच भेटवार्ता भएको छ। उपराष्ट्रपतिको निवासमा शनिबार भएको भेटमा नेपाल–भारत सम्बन्धका विविध आयामका बारेमा छलफल भएको थियो।

दुई देशका प्रधानमन्त्रीले गरे ‘आइसिपी’ उद्घाटन

भारतको राजकीय भ्रमणमा रहेका नेपाल प्रधानमन्त्री खड्कप्रसाद ओली र उनका भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीले वीरगन्ज नाकामा बनेको एकीकृत जाँच चौकी अर्थात ‘इन्टरग्रटेड चेक पोष्ट’ (आइसिपी) शनिबार उद्घाटन गरेका छन् । निकै ऐतिहासिक मानिएको उद्घाटनलाई अध्यावधिक बनाउन आइसिपी मुख्य भवन अगाडि बनाइएको शिलालेख दिल्लीबाट नै अनलाइन माध्यमले प्रधानमन्त्रीद्वयले अनावरण गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्