प्रधानमन्त्रीद्वारा दुई बालबालिकाको अभिभावकत्व ग्रहण
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार कल्याणपुर–११ का भोगेन्द्र मल्लिकका छोरा पवन मल्लिक (डोम) र दिनेश खत्वेकी छोरी रुपाकुमारी खत्वेको अभिभावकत्व ग्रहण गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार कल्याणपुर–११ का भोगेन्द्र मल्लिकका छोरा पवन मल्लिक (डोम) र दिनेश खत्वेकी छोरी रुपाकुमारी खत्वेको अभिभावकत्व ग्रहण गरेका छन्।
विद्यार्थी भर्ना अभियानमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली बुधबार सिराहा गएका छन्। २०७२ मा भएकाे मधेस अान्दाेलन पश्चात् प्रधानमन्त्री अाेली पहिलाेपटक मधेस गएका हुन्।
प्रधानमन्त्री केपी ओलीको बारेमा सामाजिक सञ्जालमा चर्चा भइरहन्छ । चिया पसल, सार्वजनिक स्थान, सञ्चार माध्यम मात्र होइन, सामाजिक सञ्जालमा धेरै चर्चा हुने नेतामा पर्छन् उनी।
पहिलो पटक प्रधानमन्त्री भएका बेला केपी शर्मा ओलीले ताप्लेजुङको पाथिभरा क्षेत्रको सडक निर्माणका लागि पठाउने बचन दिएको १० करोड रुपैयाँको सबै अंश नआउँदा उनी दोस्रो पटक प्रधानमन्त्री भएकै बखत यो क्षेत्रको सडक मर्मत तथा स्तरोन्नती कार्यको भविष्य संकटमा परेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अधिकार प्राप्तीको आन्दोलन टुङ्गो लागिसकेकाले अबको समय विकास र समृद्धिको भएको बताएका छन्। प्रधानमन्त्री ओलीले तीन वटै तहमा सरकार गठन भइसकेकाले जनताको चाहना अनुसार विकास र समृद्धिको यात्रामा लाग्नुपर्ने बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र निरक्षरता हटाउने अभियानअनुसार मुगुका एकजना विद्यार्थीलाई विद्यालय भर्ना गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्लाको हिल्सा नाका र लिमी लाप्चा नाकाको शनिबार हेलिकप्टरबाट अबलोकन गरेका छन्। रारा कर्णाली पर्यटन महोत्वको उद्घाटनका लागि रारा आएका प्रधानमन्त्री ओलीले शनिबार सिमिकोट विमानस्थलबाटै आम हुम्लाबासीलाई नयाँ बर्षको शुभकामना दिँदै आफू दृढ संकल्पका साथ हुम्लाको विकासका लागि लाग्ने बताए।
रारा–कर्णाली पर्यटन वर्ष–२०७४ को उद्घाटन समारोहमा सहभागी जुम्लाका एक वडाध्यक्षको शनिबार कार्यक्रमस्थलमै ढलेपछि मृत्यु भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना हरेक सार्वजनिक मनतब्यमा विकास र आर्थिक समृद्धि भन्न छुटाउँदैनन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल र सुखी नेपाली’ अभियान सरकारको संकल्प भएको बताएका छन्।
कर्णाली प्रदेश सरकारले सुर्खेत–हिल्सा सडकलाई प्रधानमन्त्री अन्तराष्ट्रिय द्रूतमार्ग नामाकरण गरेको छ। शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आथित्यतामा मुगुको रारातालमा बसेको कर्णाली प्रदेशको पाँचौं मन्त्रिपरिषद् बैठकले प्रदेशको राजधानी वीरेन्द्रनगरदेखि चीनसँगको सीमा हुम्लाको हिल्सासम्मको सडकलाई प्रधानमन्त्री अन्तराष्ट्रिय द्रूतमार्ग नामाकरण गरेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक, साँस्कृतिक र जैविक विविधताले भरिएको डोल्पा असाधारण महत्त्वको जिल्ला भएको बताएका छन्।
पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफले आजीवन निर्वाचनमा भाग लिन नपाउने भएकाा छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले अधिकृत क्याडेटहरुलाई सहायक सेनानी (सेकेण्ड लेफ्टिनेन्ट) दर्जाको आयुक्त पद प्रदान गरेका छन्।
अनेरास्ववियुकी अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य नविना लामाले नयाँ वर्षमा विहे गर्ने भएकी छिन्। ३५ वर्षीया नविनाको विहे प्रेमी प्रविन श्रेष्ठसँग वैशाख १३ गतेका लागि तय भएको हो। श्रेष्ठ अनेरास्ववियुकै नेता हुन्।