ई. लाई भेट्न अस्पताल पुगे प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले इनफ इज इनफका अभियन्ता ई.लाई अस्पताल पुगेर भेटेका छन्। आमरण अनसनमा बसेका ई. को स्वास्थ्य विग्रिएपछि ह्याम्स अस्पताल भर्ना गरिएको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीले इनफ इज इनफका अभियन्ता ई.लाई अस्पताल पुगेर भेटेका छन्। आमरण अनसनमा बसेका ई. को स्वास्थ्य विग्रिएपछि ह्याम्स अस्पताल भर्ना गरिएको थियो।
मधेसी दल विभाजन गर्न ल्याइएको र पछि फिर्ता गरिएको अध्यादेश फेरि जारी गराउनतिर ओली लाग्ने सम्भावना उत्तिकै छ। पार्टी केन्द्रीय कमिटी वा संसदीय दलका ४० प्रतिशत सदस्यको हस्ताक्षरले दल विभाजन हुन सक्ने प्रावधानलाई अझ सजिलो पार्न ३० प्रतिशतमा झार्न सक्ने सम्भावनासमेत छ।
प्रधानमन्त्री केपी ओली मुटुमा सामान्य समस्या देखिएपछि सहिद गंगालाल ह्दयरोग केन्द्र बाँसबारीमा पुगेका छन् । स्वास्थ्य परिक्षणपछि प्रधानमन्त्री ओली आजै निवास फर्कने छन् । कार्यकारी निर्देशक डा चन्द्रमणी अधिकारी र मुटुरोग विशेषज्ञ डा अरुण मास्केको टोलीले उनको स्वास्थ्य परिक्षण गरेको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी कमिटीको निर्णय मानेर अघि बढ्न मन्त्री र पार्टीका नेताहरुले सुझाव दिएका छन्। सरकारका मन्त्री र नेकपाका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज विहान बालुवाटारमा सो सुझाव दिएका हुन्।
यतिबेला ‘बेसार पानी’ लोक फ्युजन गीतको चर्चा सांगीतिक बजारमा चुलिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोराना रोकथाम तथा नियन्त्रणका विषयमा संसदमा बेसारको उपयोगिताबारे बोलेका थिए। प्रधानमन्त्रीको यहि अभिव्यक्ति पछि 'बेसार पानी' गीत जन्मिएको यसका सर्जकहरु बताउँछन्। गीतले भ्रष्टाचारमाथि बेजोड व्यंग्य प्रहार गरेको छ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको आन्तरिक विवाद तीव्र बनिरहेका बेला प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन भारत लागिपरेको भन्ने प्रधानमन्त्रीको धारणा आपत्तिजनक भएको बताएको छ।
मदन भण्डारीको जन्म जयन्तीका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिका कारण नेकपाको स्थायी कमिटी बैठक निर्धारित कार्यसूचीमा छलफल नगरी सकिएको छ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तोकिएकै मितिमा महाधिवेशन गर्नेगरी तल्लो तहको कार्यतालिका परिमार्जन गरेको छ । मंगलबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले कोरोना महामारीका कारण प्रभावित भएको महाधिवेशन कार्यतालिका परिमार्जन गरेको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार फागुन १५ भित्र सक्ने भनिएको अन्तरिम संरचनाको समायोजन असार मसान्तमा सक्ने निर्णय भएको छ ।
जननिर्वाचित प्रधानमन्त्री ओलीद्वारा सार्वजनिक अभिव्यक्ति स्वाभाविक छैन नै, त्यसले मुलुकको राजनीतिक र कूटनीतिक वृत्त तरंगित बनाएको छ। त्यति मात्र होइन, नेपालको राष्ट्रियता, सरकार र राजनीतिक दल यति कमजोर छ, अर्को देशले जे चाहन्छ, त्यही हुन्छ ? अझ प्रधानमन्त्री ओलीकै नेतृत्वमा रहेको पार्टी र त्यसका सांसद विदेशीले जे भन्यो, त्यही मान्लान् ?
प्रधानमन्त्री केपी शर्मा ओलीले अधिकांश नेपालीको जीविकासँग जोडिएको र राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारका रुपमा रहेको कृषि क्षेत्रको उत्पादकत्व र उत्पादन वृद्धि गरेर नै कोभिड १९– का कारण अर्थतन्त्रमा परेको नकारात्मक असर कम गर्न सम्भव हुने बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले दुई विधेयक पारितका लागि प्रस्ताव गर्ने भएका छन् । उनले आज राष्ट्रिय सभामा ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७६ र ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन विधेयक, २०७६ पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने भएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नेपालको नयाँ नक्सा जारी गरेपछि आफूलाई प्रधानमन्त्री पदबाट हटाउने खेल सुरु भएको बताएका छन्।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्वदेशी उत्पादनलाई प्रोत्साहन नागरिकहरुलाई आग्रह गरेका छन्।