१२ आश्विन २०८१ शनिबार
image/svg+xml

जुवाडेको बन्दी प्रत्यक्षीकरण रिटमा किन सुनुवाई भएन ?

प्रहरीले काठमाडौंको महाराजगन्जस्थित साम्बाला होटेल पछाडिको जुवाखालबाट गुन्डा नाइके बलराम सापकोटा भन्ने बलेसहित ६ जनाले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटको भाइटीकाको भोलिपल्टमात्र सुनुवाई हुने भएको छ ।महाराजगञ्जमा शनिबार राति चलाइएको जुवा अपरेशनमा पक्राउ परेका २५ जनामध्ये ६ जना प्रहरीविरुद्ध अदालत पुगेका थिए।

नियुक्तिलाई लिएर त्रिवि रजिस्ट्रार कार्यालयमा तालाबन्दी

त्रिभुवन विश्वविद्यालय व्यवस्थापनले तय गरेको सिद्धान्तविपरीत जनप्रशासन विभागमा निमित्त प्रमुख नियुक्त गरेको भन्दै विद्यार्थीले त्रिभुवन विश्वविद्यालयको रजिस्ट्रारको कार्यालयमा तालाबन्दी गरेका छन्। स्वतन्त्र विद्यार्थी युनियन र नेपाल विद्यार्थी संघले अनुचित ढंगले विभागीय प्रमुख नियुक्त गरेको भन्दै आन्दोलन थालेका हुन्।

कारागार अस्पतालमा दन्तसेवा शुरु, बिरामीको चाप बढ्दो

नेपालको एकमात्र कैदीबन्दीको उपचार गर्ने कारागार अस्पतालले दन्तसेवा शुरु गरेको छ। मुलुककै सबैभन्दा ठूलो कारागार केन्द्रीय कारागार सुन्धारा परिसरमा रहेको कारागार अस्पतालले असोजदेखि विशेषज्ञद्वारा दन्तसेवा शुरु गरेको हो।

त्रिवि उपकुलपतिको कार्यालयमा तालाबन्दी

वरिष्ठतम प्राध्यापकलाई त्रिभुवन विश्वविद्यालय जनप्रशासन विभागको प्रमुख नियुक्ति गर्नुपर्ने, एउटै व्यक्ति दुईवटा संस्थाको प्रमुख राख्न नहुने र विभागमा आवश्यक कर्मचारीको दरबन्दी उपलब्ध गराउनुपर्ने माग पुरा गराउन दबाब दिँदै विद्यार्थीहरुले आज त्रिवि उपकुलपति र रेक्टरको कार्यालयमा पनि तालाबन्दी गरेका छन्।

अनुदान कटौती भएपछि मदरसा बन्द हुने अवस्थामा

सरकारले दिँदै आएको अनुदान कटौती भएपछि सुर्खेतको मदरसा मदिना विद्यालय सङ्कटमा परेको छ। माध्यमिक तहसम्म सञ्चालनमा रहेको मुस्लिम समुदायको धार्मिक विद्यालय आर्थिक सङ्कटको चपेटामा परेको छ।

ठगेर तेल बेच्ने पेट्रोल पम्पमा सिलबन्दी

सिरहाको विष्णुपुर गाउँपालिका ५ लक्ष्मीपुर स्थित महतो फ्युल सेन्टरमा बुधबार सिलबन्दी गरिएको छ। पम्पको डिस्पले बिगारेर घटी तेल विक्री गरेको पाइएपछि प्रशासनले पम्पमा सिलबन्दी गरेको हो।

तीन वर्षदेखि इलाका प्रशासन कार्यालय बन्द

हुम्लाको सर्केगाड गाउँपालिकामा रहेको इलाका प्रशासन कार्यालय स्थापना भएको ठीक तीनदेखि बन्द नै रहेको छ। कार्यालय सहयोगीले मन लागे कार्यालय खोल्ने मन नलागे बन्द गरी बस्ने गरेका छन्।

नेपाल–चीन सम्बन्धः माओदेखि सीसम्म

पटकपटकका भारतीय नाकाबन्दीबाट पीडित नेपाली नागरिकलाई सीको भ्रमणले एक राष्ट्रमा आधारित बचाइको विकल्प दिएको छ भन्दा अत्युक्ति हुँदैन।

चीनले स्याटलाइट बन्द गर्दा डोल्पामा मोबाइल सेवा बन्द

हिमाली जिल्ला डोल्पाका दुई स्थानीय तहमा मोबाइल सेवा बन्द भएको छ। चिनियाँ स्याटलाइट बन्द भएपछि जिल्लाका मुड्केचुला र काइके गाउँपालिकामा मोबाइल सेवा पुर्णरुपमा बन्द भएको हो।

सर्वोच्चमा १७ थान बन्दी प्रत्यक्षीकरणको रिट

सर्वोच्च अदालतमका दसैं बिदा अवधिभर १७ थान बन्दी प्रत्यक्षीकरणको रिट निवेदन परेको छ। पूर्वप्रधानन्यायाधीश केशवप्रसाद उपाध्ययको निधनमा दिएको बिदासमेत जोड्दा १७ दिनको अवधिमा १७ थान नै रिट निवेदन दर्ता भएको हो।

सीमा नाका ४८ घण्टाका लागि बन्द हुने

भारतसँग सीमा जोडिएका दार्चुलाका सीमा नाका ४८ घण्टाका लागि बन्द हुने भएका छन्। भारतमा ग्राम पञ्चायत निर्वाचन हुने भएकाले पीथौरागढ जिल्लासँग जोडिएका जिल्लाका सबै नाका बन्द हुने प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले जानकारी दिए।

बन्दीपुरमा पर्यटकको चहलपहल

मौसम शुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल शुरु भएको छ। चिसो बढेसँगै बन्दीपुरमा स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल शुरु भएको हो।

मूढा बुनेर घरमा पैसा पठाउँदै कैदीबन्दी

जिल्ला कारागार तनहुँका कैदीबन्दीले मूढा बुनेर परिवारलाई पैसा पठाएका छन्। विभिन्न अपराधमा कारागारमा सजाय काटिरहेका कैदीबन्दीले फुर्सदको समयको सदुपयोग गर्दै बनाएको मूढा बिक्रीबाट घरमा खर्च पठाएका हुन्।

कैदीबन्दीलाई कारागारमै टीका र जमरा

जिल्ला कारागार काभ्रेपलाञ्चोक धुलिखेलमा विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका कैदीबन्दीलाई आफन्तहरुबाट कारागारमै टीका र जमरा लगाइदिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्