१२ आश्विन २०८१ शनिबार
image/svg+xml

घेराबन्दीमा परेका प्रदर्शनकारी डोरी प्रयोग गरेर भागे

हङकङ प्रहरीले आइतबार राति १० बजेभित्रै पोलिटेक्निक विश्वविद्यालय हाताभित्र रहेका प्रदर्शनकारीलाई सो क्षेत्र छोड्न चेतावनी जारी गरेको थियो। दिइएको समयभित्र पनि प्रदर्शनकारीले विश्वविद्यालय नछोडेपछि प्रहरीले उनीहरु लक्षित कारबाही सुरु गरेको थियो।

तरुण दलको बन्दले जनजीवन प्रभावित

नेपाली कांग्रेस निकट नेपाल तरुण दलले गरेको बन्दका कारण शुक्रबार बाँकेको जनजीवन प्रभावित भएको छ। बन्दका कारण बिहानैदेखि लामो तथा छोटो दुरीका सवारी साधन चल्न पाएका छैनन्। यस्तै उद्योग, कलकारखाना, शैक्षिक संस्था पुरै ठप्प भएका छन्।

पाल्पाका १२ विद्यालय दरबन्दी बिहीन

पाल्पा जिल्लाका १२ माध्यमिक विद्यालय शून्य दरबन्दीमा सञ्चालन हुँदै आएका छन्। मावि तहमा शिक्षक दरबन्दी नहुँदासमेत कक्षामा पठनपाठन हुँदै आएको छ।

तरुण दलको बन्दले बाँकेको जनजीवन प्रभावित

नेपाली कांग्रेस निकट नेपाल तरुण दलले गरेको बन्दका कारण शुक्रबार बाँकेको जनजीवन प्रभावित भएको छ। बन्दका कारण बिहानैदेखि लामो तथा छोटो दुरीका सवारी साधन चल्न पाएका छैनन्।

साथीमाथि गोली हान्ने पक्राउ

सिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लाग्दा साथीको मृत्यु भएपछि फरार रहेका अभियुक्त पक्राउ परेका छन् । ३ दिनअघि सिकार खेल्ने क्रममा गोली लाग्दा कटारी नगरपालिका ११ का ४९ वर्षीय शंकर राउतको मृत्यु भएको थियो ।

भारतले गरायो अघोषित रुपमा नाका बन्द

भारतले नेपालगन्जस्थित नेपाल–भारत सीमा नाका अघोषित रुपमा बन्द गराएको छ। यसअघि गरिएको सीमा नाका बन्दबारे नेपाली सुरक्षाकर्मीलाई पूर्व जानकारी गराउँदै आएकोमा शनिबार बिहानबाट एक्कासी सीमा बन्द गरिएको हो। ईलाका प्रहरी कार्यालय जमुनाहाले शनिबार बिहान ६ बजेदेखि बन्द रहेको सीमा नाका बेलुकासम्म पनि पूर्ण रुपले नखुलेको जनाएको छ।

बाँदर मार्न बोकेको बन्दुक पड्किँदा किशोरको मृत्यु

बाँदर मार्न बोकेको भरुवा बन्दुक पड्केर लाग्दा एक किशोरको ज्यान गएको छ। मोलुङ्ग गाउँपालिका–३ को थुम्की जंगलमा बाँदर मार्न बोकेको भरुवा बन्दुक पड्किदा अष्ट बहादुर तामाङका १७ वर्षिय छोरा लालमान तामाङको ज्यान गएको हो।

नेकपा कार्यालयमा तालाबन्दी

कम्युनिष्ट पार्टी (नेकपा) भक्तपुर कार्यालयमा तालाबन्दी गरिएको छ। आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा प्रदेश ३ भक्तपुर क्षेत्र नं। १ (क) का लागि पार्टीले देवीप्रसाद अर्थात डीपी ढकाललाई उम्मेदवारी बनाएकोमा आपत्ति गर्दै आज कार्यालयमा तालाबन्दी गरिएको हो।

बन्दीका लागि पुस्तक हस्तान्तरण

जिल्ला कारागार स्याङ्जामा रहेका बन्दीका लागि शुक्रबार पुस्तक हस्तान्तरण गरिएको छ। बन्दीलाई कानूनी तथा शैक्षिक जनचेतना जगाउनुका साथै पढ्ने बानीको विकास गर्ने उद्देश्यले पुस्तक हस्तान्तरण गरिएको टिम नेपोका अध्यक्ष निगम पौडेलले बताए।

महराकाे थुनछेक बहस बन्द इजलासमा जारी

संघीय संसदको सचिवालमा कार्यरत महिला कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयास गरेको अभियोगमा पक्राउ परेका निर्वतमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस आज (शुक्रबार) सुरु भएको छ ।

नेपालगन्ज कारागारमा आर्थिक अनियमितता

कारागारका जेलर भरतराज पाण्डे र चौकीदार भरत फडेराको मिलेमतोमा अनियमितता भएको कैदी, बन्दीको आरोप छ।

चिकित्सक नहुँदा प्रसूति सेवा बन्द

सङ्खुवासभा जिल्ला अस्पतालमा निक साइमन नामक संस्थाका चिकित्सक बिदामा बसेपछि प्रसूति सेवा बन्द भएको छ। यो संस्थाका सबै चिकित्सक एकैपटक बिदामा बसेको अस्पताल प्रशासनले जनाएको छ। निःशुल्क रूपमा सेवा दिँदै आएको यो संस्थाका चिकित्सक एकै पटक बिदामा बसेपछि सेवा प्रभावित भएको छ। अस्पताल रित्तै पारेर चिकित्सक बिदामा हिँडेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्