११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

शीतलहरका कारण विद्यालय बन्द

सुदूरपश्चिम प्रदेशको तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा शीतलहर चलेसँगै स्थानीय तहले शैक्षिक संस्था बन्द गर्ने घोषणा गरेका छन्। बिहीबार मात्रै धनगढी उप–महानगरपालिकाले दुई दिनका लागि सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको छ। त्यस्तै कञ्चनपुरको बेदकोट नगरपालिकाले पनि नगरभित्रका संस्थागत तथा निजी शैक्षिक संस्था दुई दिनका लागि बन्द गरेको छ।

पाथीभरा क्याम्पसको प्रशासन कक्षमा तालाबन्दी

आफूहरुले राखेका मागको उचित सुनुवाइ नभएको भन्दै सत्तारुढ दल निकट अनेरास्ववियुले बिहीबार ताप्लेजुङ सदरमुकामस्थित पाथीभरा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख र प्रशासन कक्षमा तालाबन्दी गरेको छ।

उपप्रमुख कै नेतृत्वमा कलैया उपमहानगरपालिकामा तालाबन्दी

उपप्रमुखको नेतृत्वमा कलैया उपमहानगरपालिकामा मंगलवार तालाबन्दी गरिएको छ। उपप्रमुख रहिनमा खातुन नेतृत्वमा रहेका केही वडाध्यक्षको टोलीले १३ सुत्रीय माग राखेर उपमहानगरपालिकामा तालाबन्दी गरेका हुन्।

सुक्खा बन्दरगाह सञ्चालनका लागि टेन्डर

वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाह सञ्चालनका लागि भएको ठेक्काको म्याद सकिनै लाग्दा अर्को पाँच वर्षका लागि टेन्डर अह्वान गरिएको छ। सुक्खा बन्दरगाहको स्वामित्व ग्रहण गरेको नेपाल सरकार वाणिज्य मन्त्रालयमातहतको नेपाल इन्टरमोडेल यातायात विकास समितिले कम्तीमा तीन महिनाअगावै गर्नुपर्ने टेन्डर गत मंगलबार आह्वान गरेको छ।

यी फोनमा बन्द हुँदैछ व्हाट्सएप

अबका केही महिना पछि व्हाट्सएपले लाखौं मोवाइल फोनमा काम गर्न छोड्ने छ। व्हाट्सएपले पुराना फोनमा सपोर्ट नदिने निर्णले लाखौ प्रयोगकर्ता प्रभावित हुने छन्।

सुडानका पूर्व राष्ट्रपति बसिरलाई दुई वर्ष नजरबन्द राख्न अदालतको आदेश

सुडानको अदालतले आन्दोलनको आडमा सेनाद्वारा पदच्युत गराइएका पूर्व राष्ट्रपति ओमार हसन अहमद अल–बसिरलाई दुई बर्ष नजरबन्दमा राख्ने आदेश गरेको छ। उनलाई सामाजिक सेवा सुविधासहितको सुधारगृहमा नजरबन्दमा राख्न सजाय अदालतले सुनाएको हो।

चेकोस्लोभाकियाको अस्पतालमा आक्रमण, चारको मृत्यु, दुई घाइते

चेकोस्लोभाकियाको पूर्वी शहर ओस्ट्रोभामा अवस्थित अस्पतालमा एक बन्दुकधारीले प्रहार गरेको गोलीबाट चार व्यक्तिको मृत्यु भएको छ।

अधिग्रहणविरुद्ध मुद्दा हाल्ने तयारी

वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाह र आलौंस्थित एकीकृत जाँच चौकी (आइसिपी) एकसाथ ठप्प गर्दै अधिग्रहणको विरोधमा उत्रिएका सर्सिया गाउँका स्थानीयले मुआब्जालाई ‘अनुचित’ भन्दै त्यसविरुद्ध मुद्दा हाल्ने तयारी गरेका छन्।

सुक्खा बन्दरगाह र ‘आइसिपी’ ठप्प

वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाह र अलौंस्थित एकीकृत जाँच चौकी (आइसिपी) एकसाथ ठप्प भएको छ

सैनिक पोशाक बिक्री वितरण गर्न नपाइने

जिल्ला प्रशासन कार्यालयले यहाँका बजारमा सैनिक पोशाक बजारमा बिक्री वितरण गर्न बन्द गर्ने भएको छ।

राजालाई गीत फुराउने बन्दीपुरे गाउँ

यो गीत राजा महेन्द्रद्वारा रचिएको थियो । प्रकृति, राष्ट्रप्रेम र प्रेमिल शब्दमा गीत लेख्न रुचाउँथे रे महेन्द्रले । जसै उनी बन्दीपुर पुगे फुरिहाल्यो रे गीत । मोटरबाटो नपुगेको गाउँमा घोडा चढेर, बोकिएर अथवा हिँड्नुको विकल्प थिएन । समुद्री सतहदेखि एक हजार ३० मिटरको उचाइमा रहेको बन्दीपुर । काठमाडौंबाट १ सय ४७ किमी पर छ गाडीमा जाँदा । राजा महेन्द्र त्यहाँ पुग्दा गाडीको सुविधा थिएन । डुम्रेबाट आठ किमी सडक बनेको त भर्खरै एक दशक त नागेको छ ।

‘निकास वा पुनर्बास’ माग्दै आन्दोलन

वीरगन्ज सुक्खा बन्दरगाह विस्तारको प्रस्तावित योजनाका लागि हटाउन लागिएको सिर्सिया गाउँका बासिन्दाले यथाशीघ्र निकास माग्दै आन्दोलन गरेका छन्। सिंगै गाउँको जग्गा–जमिन करिब तीन वर्षदेखि रोक्का छ।

कोलकाता उडान बन्द गर्दै बुद्ध एयर

भारतका दुई शहरलाई अन्तर्राष्ट्रिय उडान गन्तव्य बनाएर उडान गर्दै आएको बुद्ध एयरले कोलकाता उडान बन्द गर्ने भएको छ।

जनज्योति क्याम्पसमा नेविसंघले लगायाे ताला

जनज्योति बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी सङ्घमा आबद्ध विद्यार्थीले साेमबार अनिश्चितकालीन तालाबन्दी गरेका छन्।

रसुवागढीमा सुक्खा बन्दरगाह बन्दै

रसुवागढी नाकामा निर्माण हुन लागेको सुख्खा बन्दरगाहको शिलान्यास गरिएको छ। रसुवाको टिमुरेमा बुधबार एक कार्यक्रम आयोजना गरी बन्दरगाहको शिलान्यास गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्