११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

कैदीबन्दीका लागि पुस्तक जुटाउँदै प्रहरी

कारागारमा रहेका कैदीबन्दीले समय सहजै बिताउन सकुन् र सुधार केन्द्रको रुपमा लिइएको कारागारमा बस्दा ज्ञानगुनका कुरा जान्न पाउन् भन्ने उद्देश्यले गोरखा प्रहरीले पुस्तक संकलन थालेको छ। केही दिनअघि प्रहरी कार्यालयमा भएको पुस्तक आलोपालो पढ्ने गरी दिएको प्रहरीले शुक्रबारदेखि सर्वसाधारणसँग पढिसकेको पुस्तक दिन अनुरोध गरेको हो।

आफ्नै बन्दुकको छर्रा लागेर मृत्यु

बागलुङको तमानखोलामा आफ्नै भरुवा बन्दुकको छर्रा लागेर एक व्यक्तिको मृत्यु भएको छ। छर्राले घाइते भएका तमानखोला गाउँपालिका–१ बोङ्गादोभानका ४७ वर्षीय ओमबहादुर घर्तीलाई उपचारका लागि अञ्चल अस्पताल बागलुङ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो।

अमेरिकालाई हानी गरे इराकमाथि थप नाकाबन्दी : राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकस्थित अमेरिकी सैन्य आधार शिविरहरुमा इरानले गरेको क्षेप्यास्त्र आक्रमणपछि पनि अमेरिकी सेनातर्फ कुनै क्षति हुन नपाएको जानकारी दिएका छन्। यस कुरालाई ध्यानमा राखी अमेरिकाले सजगता र सतर्कता अपनाएका कारण त्यस्तो कुनै पनि क्षति नभएको जानकारी दिएका हुन्।

तल्लो तहका दरबन्दी कटौती गर्ने तयारी

सरकारले कम्प्युटर अपरेटर, ड्राइभर, कार्यालय सहयोगी, टाइपिष्ट जस्ता तल्लो तहका दरबन्दी कटौती गर्ने तयारी गरेको छ।

कर्मचारीको उमेर हदबन्दी ५८ कि ६०

विसं २०४९ मा बनेको नयाँ निजामती सेवा ऐनमा निजामती कर्मचारीको अवकाश उमेर ६० बाट ५८ वर्ष झारियो। अहिले भने त्यतिबेला कायम गरिएको ५८ वर्षीय उमेर हदबन्दीलाई हटाउँदै पुनः ६० वर्ष कायम गराउने प्रयास थालिएको छ।

सन् २०१९ मा अमेरिकामा बन्दुकबाट ३८ हजारको मृत्यु

सन् २०१९ मा अमेरिकामा बन्दुकबाट मात्र ३८ हजार भन्दा बढी मानिसको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ। एक संस्थाले सार्वजनिक गरेको प्रतिवेदनमा सो कुराको जानकारी दिएको हो। एफे न्यूजको रिपोर्ट अनुसार गन भ्वाइलेन्स अर्काइव (जीवीए) संगठन, जसले देश भरमा बन्दुकबाट भएका हिंसाका घटनाहरुको तथ्यांक राख्ने गर्छ। जीवीएको प्रतिवेदन अनुसार बन्दुकबाट २०१९ मा ३८ हजार ७ सय ३० जना मानिसले ज्यान गुमाएका छन्।

काठमाडौँ विश्वविद्यालयमा पुनः ताला

काठमाडौँ विश्वविद्यालयका प्राध्यापक सङ्घ र कर्मचारी सङ्घले मङ्गलबारबाट पुनः तालाबन्दी गरेका छन्।

कांग्रेससँग नजिकिदै समाजवादी

सरकारबाट बाहिरिएपछि समाजवादी पार्टी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग नजिकिएको छ। कांग्रेसँसग मोर्चाबन्दी र सहकार्य गर्न उसले प्रस्तावसमेत गरेको छ। राष्ट्रियसभा तथा सभामुख र उपसभामुखको निर्वाचनमा कांग्रेससँग सहकार्य गर्न समाजवादीका नेताहरूले प्रस्ताव राखेका हुन्।

सात सय कर्मचारीको दरबन्दी रिक्त

शाखा अधिकृतभन्दा माथिका करिब सात सय कर्मचारीको दरबन्दी रिक्त रहेको छ। दरबन्दी रिक्त हुँदा सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव देखिएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता भुपाल बरालले प्रशासन सेवाका सहसचिवदेखि शाखा अधिकृतसम्म करिब ७०० कर्मचारी दरबन्दीअनुसार नभएको बताए।

बडिमालिकामा फेसबुक प्रतिबन्ध

पछिल्लो समय फेसबुक सबैजसोको रोजाईको सामाजिक सञ्जाल बनेको छ। सूचना र प्रविधिको दुनियाँमा सामाजिक सञ्जालहरु मध्ये सबैको पहुँच र सहजतामा पनि फेसबुक सजिलो छ।

डाक्टर काममा नफर्किदा स्वस्थ्य सेवा प्रभावित

रुपन्देहीको भिम अस्पतालमा दरबन्दीमा रहेका डाक्टर महिनौं देखि उनुपस्थित भएपछि स्वास्थ्य सेवा प्रभावित बनेको छ।

औषधि पसलमा शिलबन्दी

लागुऔषाधि बाहेकका अन्य औषाधिहरुको खाली बट्टाहरु मात्रै राखिएको पाइएपछि भक्तपुरको एउटा औषधि पसल बन्द गरी सिलबन्दी गरिएको छ। भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा दुधपाटीमा औषाधिहरु अनुगमनका क्रममा भक्तपुर नगरपालिका वडा नं १ दुधपाटीमा अवस्थित भैरब फार्मेसीको नाममा दर्ता भएको औषाधि पसल बन्द गरिएको जनाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्