११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

थरूहटकाे बन्दले उदयपुर प्रभावित

प्रतिनिधिसभा सदस्य रेशम चौधरीको रिहाईको माग गर्दै लक्ष्मण थारू नेतृत्वको थरूहट–थारूवान राष्ट्रिय मोर्चा (थथारामो)ले गरेको हड्तालले  उदयपुर प्रभावित भएको छ। थथारामोको दुई दिने बन्दको पहिलो दिन सवारी आवागमन, शिक्षण संस्था र नीजि कम्पनीहरू प्रभावित भएका हुन्र।

चीनसँगका नाका बन्द गर्न सांसदको माग

कोरोना संक्रमण रोक्नका लागि चीनसँगका सीमा नाका बन्द गर्न कर्णाली प्रदेशका सांसदहरूले माग गरेका छन्। सांसदहरूले कर्णालीका हिमाली जिल्लामा विभिन्न रोगको संक्रमण बढ्दै गएकाले चीनसँगका सीमा नाका तत्कालका लागि बन्द गर्नुपर्ने बताएका हुन्।

कोरोना त्रास, चीनसँगको नाकाबन्द गर्न सांसदको माग

कोरोना संक्रमण रोक्नका लागि चीनसँगका सीमा नाका बन्द गर्न कर्णाली प्रदेशका सांसदहरुले माग गरेका छन्। सांसदहरुले कर्णालीका हिमाली जिल्लाहरुमा विभिन्न रोगको संक्रमण बढ्दै गएकाले चीनसँगका सीमा नाकाहरु तत्कालका लागि बन्द गर्नुपर्ने बताइन्।

तालिबान युद्धबन्दी लडाकूलाई अहिल्यै छाड्न सकिन्न : अफगान राष्ट्रपति

अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले सात दिने आंशिक युद्धबिराम जारी रहने बताएका छन्। तर उनले अमेरिका–तालिबानबीच सम्पन्न नयाँ सम्झौताको प्रमुख अंशका रुपमा रहेको हजारौं तालिबानी विद्रोही बन्दीहरुलाई रिहा गर्ने निर्णय अफगान सरकारलाई अस्वीकार्य रहेको बताए।

उखुको अभावमा गरुडास्थित चिनी उद्योग बन्द

उखुको अभावमा रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्स बन्द भएको छ । गत माघ २७ देखि सञ्चालनमा आएको उद्योगलाई किसानले उखु दिन नमानेपछि बन्द भएको हो । करोडौँ रुपैयाँ भुक्तानी दिन बाँकी रहेको उद्योगलाई रौतहटका उखु किसानले नपत्याएपछि सबैभन्दा कम क्रसिङ गर्दै उद्योग बन्द भएको उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोकप्रसाद यादवले बताएका छन् ।

प्रधानमन्त्रीको टिप्पणी : 'नाकाबन्दी शब्द’ उच्चारण गर्न नसक्ने काँग्रेसले केकमा राष्ट्रवाद खोज्यो'

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र सरकाविरुद्ध लेख्न पार्टीकै नेताहरु सक्रिय भएको बताएका छन्। वाग्मती प्रदेशस्तरिय प्रशिक्षण कार्यक्रमम बोल्दै ओलीले पार्टीको विभिन्न कमिटिमा रहेका नेताहरुले आफ्नो मिडिया सञ्चालन गरेर पार्टी र सरकारको बदनाम गर्न खोजेको आरोप लगाएका हुन्।

संगठन संरचना र दरबन्दी पुनरावलोकन हुने

सरकारले सबै निकायका संगठन संरचना र दरबन्दी पुनरावलोकन गर्ने भएको छ। कर्मचारी समायोजनपूर्व निर्धारण गरिएको संगठन संरचना र दरबन्दी वस्तुनिष्ठ नभएको भन्दै सरकारले दरबन्दी पुनरावलोकन थालेको हो।

निर्दोष कैदीबन्दी !

कुनै दिन आफू जेलमा पर्नुपरेको पीडादायी अनुभवले गर्दा सुशीला कार्कीले ‘जेलमा पर्नु भनेको मर्न गएझैं हुने रहेछ’ भन्नुको मर्म न्यायाधीशले कति बुझेका हुन्छन् भनेर अध्ययन/अनुसन्धान गर्न ढिला भइसकेको छ।

गाउँपालिकाको लेखा शाखामा वडाध्यक्षद्वारा तालाबन्दी

कपिलवस्तुको यशोधरा गाउँपालिकाको लेखा शाखामा वडा नम्बर ५ का अध्यक्ष लईस पठानले तालाबन्दी गरेका छन्। लेखा अधिकृत निराजन लम्सालले जनप्रतिनिधि र सेवाग्राहीलाई अनावश्यक दुःख दिएको भन्दै पठानले लेखा शाखामा ताला लगाएका हुन्।

प्रजातन्त्र दिवसका अवसरमा ३ कैदीबन्दी रिहा

जिल्ला कारागार ताप्लेजुङका ३ जना कैदीलाई प्रजातन्त्र दिवसको अवसरमा सजाय मुक्त गरिएको छ। चोरीको अभियोगमा कैदमा रहेका पाथीभरा याङ्वरक गाउँपालिका वडा नं १ नाङखोल्याङका ३८ वर्षीय प्रकाश थेवे, सवारी ज्यान मुद्दाका सिरिजङ्घा गाउँपालिका-१ सिनामका ३६ वर्षीय आदित्य लिम्बू र वैदेशिक रोजगार ठगी अभियोगमा रहेका मैवाखोला गाउँपालिका ढुङगेसाँघुका ३६ वर्षीय दयाराम लिम्बू जेलमुक्त भएका हुन्।

कर्णालीका कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

जुम्लाबाहेक सबै कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी तथा थुनुवा भएकाले दैनिक क्रियाकलापमा समस्या हुँदै आएको छ।

बेनी–जोमसोम सडक दैनिक १० घण्टा बन्द हुने

जिल्लाको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकखण्ड स्तरोन्नति गर्न दैनिक १० घण्टा बन्द गरिने भएको छ। नियमित सडक सञ्चालन गर्दा सडक विस्तारमा समस्या भएपछि शुक्रबार जिल्ला प्रशासन कार्यालय म्याग्दीमा बसेको यातायात व्यवस्थापन समितिको बैठकले सडक स्तरोन्नतिका लागि रघुगंगा गाउँपालिकाको घुमाउने तालदेखि बेगखोलासम्म सवारीसाधन बन्द र काम गर्ने समय तालीका बनाएको हो।

पाँच दिनदेखि क्याम्पसमा तालाबन्दी

अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले गरेको तालान्दीका कारण पाँच दिनदेखि बनेपा नगरपालिकास्थित काभ्रे बहुमुखी क्याप्पसको प्रशासन र लेखा शाखा बन्द अवस्थामा रहेको छ।

सरकारको प्रस्तावले राजपामा गुटबन्दी

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टी नेपाललाई सरकारमा आउन सर्तसहित प्रस्ताव राखेपछि राजपा अध्यक्षमण्डलका सदस्यबीच विवाद र गुटबन्दी अरू बढेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्