११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

इटहरीका होटल दश दिनसम्म बन्द

कोरोना भाइरसको संक्रमण विश्व व्यापीरुपमा फैलिरहेको अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाका लागि सुनसरीको इटहरीमा रहेका होटलहरु दश दिनसम्म बन्द गरिने भएको छ। भिडभाड हुँदा र नयाँ आगन्तुकमार्फत कोरोनाको संक्रमण फैलिने त्रास बढेकाले गर्दा होटल व्यवसायी संघ इटहरीको बैठकले होटल व्यवसाय बन्द गर्ने निर्णय गरेको हो।

नाका बन्द भएपछि ४ सय बढी नेपाली सुनौलीमा अलपत्र

कोभिड–१९ को त्रासका कारण भारतका बिभिन्न ठाँउबाट नेपाल फर्केका नेपालीहरु अहिले भारतीय सिमावर्ती बजार सुनौलीमा अलपत्र परेका छन्। रुपन्देहीको बेलहिया नाका सिल भएसगै रुपन्देहीको सिमावर्ती भारतीय बजार सुनौलीमा ४ सयको हाराहारीमा नेपालीहरु अलपत्र परेका हुन्।

प्रदेश २ को सीमा ‘लकडाउन’

प्रदेश नं. २ का सुरक्षा अधिकारीहरूले भारतीय पक्षसँगको सहकार्यमा सीमामा ‘लकडाउन’ गरी आउजाउमा कडाई गरेका छ। भारतको विहारसम्म कोरोना फैलिएपछि खुल्ला सीमाका कारण नेपालमा पनि संक्रमणको प्रभाव पर्न सक्ने भन्दै सीमा ‘लकडाउन’ गरिएको हो।

कैदीबन्दीलाईं बाहिरी वातावरणबाट जोगाउन चुनौती

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणले विश्वव्यापी महामारीको रुप लिइरहेको बेला कारागारमा रहेका कैदीबन्दीलाई जोगाउन मुख्य चुनौती रहेको छ। पूर्वको सबैभन्दा ठूलो कारागार झुम्का सुनसरीमा कैदीको चाप बढेको र विभिन्न बिरामीको संख्या पनि थुप्रै भएकाले कोरोनाको संक्रमणबाट जोगाउनु चुनौती भएको हो।

आयातित मासु, माछा र अण्डामा बन्देज

विश्वभर फैलिएको कोरोना भाइरसबाट बच्नका लागि सिन्धुलीमा धमाधम सतर्कताका अभियान सञ्चालन हुन थालेको छ। यसै सन्दर्भमा सिन्धुलीको कमलामाई नगरपालिकाभित्र आयातित मासु माछा र अण्डामा बन्देज लगाइएको छ।

आजदेखि चिडियाखाना बन्द

विश्वभर फैलिएको कोरोना भाइरस ‘कोभिड–१९’को महामारीले संक्रमण रोक्ने तयारी अनुसार जावलाखेलस्थित सदर चिडियाखाना बन्द गरिने भएको छ।

ईन्दुशंकर चिनी उद्योगले उखु क्रसिङ बन्द गर्‍यो

सर्लाहीको हरिवनस्थित ईन्दुशंकर चिनी उद्योगले उखु क्रसिङ बन्द गरेको छ। बुधबार साँझबाट उखु क्रसिङ बन्द गरिएको उखु प्रबन्धक योगनारायण रजकले जानकारी दिए। रजकका अनुसार उद्योगले यस वर्ष २६ लाख ६७ हजार ९ सय ७१ क्वीन्टल उखु क्रसिङ गरेको छ।

सिद्धार्थ राजमार्ग आठ घण्टा बन्द

सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्ड आज (शनिबार)बाट आठ घण्टा बन्द गरिएको छ। घुम्ती कटान गरि सडक स्तरोन्नति गर्न दैनिक आठ घण्टा बन्द गर्न थालिएको हो।

आफैले चलाएको बन्दुकको गोली लागेर घाइते

बाख्रा चराउन गएका एक जना स्थानीय बिहीबार दिउँसो जंगलमा आफूले बन्दुक पड्काउँदा घाइते भएका छन्। नौमुले गाउँपालिका–२ घर भएका ३२ वर्षका विर्खबहादुर शाहीले बन्दुक पड्काउँदा घाइते भएका हुन्।

चोभारको सुक्खा बन्दरगाह भदौमा तयार हुने

चोभारमा निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरको काठमाडौं सुक्खा बन्दरगाह आगामी भदौभित्रै तयार हुने भएको छ।

नाकाबन्दीमा थुप्रिएका ग्यास सिलिन्डर बल्ल बजारमा

कोरोना भाइरस संक्रमणको त्रास बढ्दै जाँदा उपभोक्ताले ग्यास अभाव हुने ठाने पनि उद्योगीले भने आपूर्ति सहज रहेकाले मागअनुसार पाइने बताएका छन्।

महिला कैदीबन्दीमा मानसिक समस्या

बहुविवाह मुद्दामा नाम नबताउने एक महिला जिल्ला कारागार दैलेखमा चलान भइन् । कारागारमा बन्दी जीवन बिताइरेहकी उनलाई एक वर्ष नपुग्दै मानसिक समस्या देखा पर्न थालेको छ । उनलाई बढ्दो चिन्ता, बिनाकारण छटपटी, काम नगर्दा पनि थकान र कष्ट हुने, मन डुलीरहने र सुत्नलाई बाधा हुने निन्द्रा नपर्नेजस्ता समस्याबाट ग्रसित बनाएको छ। उनी मात्र होइन यहाँका १३ जना महिला कैदीबन्दीमध्ये नौजनामा मानसिक समस्या देखिएको छ।

चीनसँगका नाका बन्द गर्ने प्रदेश सरकारको निर्णय

कर्णाली प्रदेश सरकारले उत्तरी छिमेकी चीनसँगका सीमा नाका बन्द गर्ने निर्णय गरेको छ। चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि उत्तरतर्फका सीमा नाका बन्द गर्ने निर्णय गरेको हो।

बन्दुक र गोलीसहित एक जना पक्राउ

दुई थान भरुवा बन्दुक र गोलीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। गुलरिया नगरपालिका–९ टपरी गाँउका ५७ वर्षिय दिपबहादुर खड्काले माछा पोखरीको किनारामा रहेको सानो झुपडी घरमा लुकाई छिपाई भरुवा बन्दुक र गोली प्रहरीले बरामद गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्