११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

बाँकेमा औषधिबाहेकका व्यवसाय बन्द

जिल्ला प्रशासन कार्यालय बाँकेले आजदेखि बिहान १० बजेदेखि औषधि पसलबाहेक सम्पूर्ण व्यवसाय बन्द गराएको छ।

मेलम्ची खानेपानीको काम जारी

बन्दाबन्दीको एक महिना बिते पनि काठमाडौँवासीको आशाको केन्द्र राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको सुरुङको अन्तिम विन्दु सुन्दरीजलमा काम जारी छ।

सरकारविरुद्ध तीन दलको मोर्चाबन्दी, ‘प्रधानमन्त्री सर्वसत्तावादतर्फ अग्रसर’

कोरोनाविरुद्ध एकजुट भएर लड्नुपर्ने बेलामा अन्य राजनीतिक दल विभाजन गर्न अध्यादेश ल्याउने र सांसद अपहरणमासंलग्न देखिएबाट प्रधानमन्त्रीले सरकार सञ्चालनको नैतिक धरातल गुमाएको निष्कर्ष तीन दलको छ।

बन्दाबन्दीमा सुत्केरीलाई पोषिला खानेकुरा वितरण

कोरोना भाइरस रोकथामका लागि गरिएको बन्दाबन्दीका समयमा सुत्केरीलाई पोषणको अभाव हुन नदिन म्याग्दीको मालिका गाउँपालिकाले सुत्केरीलाई पोषिला खानेकुरा वितरण गरेको छ।

मनकामनाका पुजारीले बन्दुक बुझाए

मनकामना मन्दिरका मुख्य पुजारी इन्सान थापाले ब्यक्तिगत सुरक्षाका लागि भन्दै तीनवटा बन्दुक लिएको विषयमा चर्को आलोचनापछि प्रहरीलाई बुझाएका छन्।

मनकामनाका पूजारीले बन्दुक बुझाए

मनकामना मन्दिरका मुख्य पूजारी इन्सान थापाले बन्दुक प्रहरीलाई बुझाएका छन्। ब्यक्तिगत सुरक्षाका लागि भन्दै उनले तीनवटा बन्दुक लिएको विषयमा चर्को आलोचना भएको थियो। लकडाउनका बेला बन्दुक बोकेर शिकार खेल्न हिँडेको आरोप लागेका पूजारीलाई प्रहरीले एक साता अघि बन्दुक सहित नियन्त्रणमा लिएको थियो।

एक महिनापछि खोप नियमित

कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरणका लागि सरकारले आह्वान गरेको बन्दाबन्दीका कारण स्थगित खोप कार्यक्रम आजदेखि शुरु हुने भएको छ।

बन्दाबन्दी अन्त्यको दुई सातापछि एसइईको तयारी

शिक्षा, विज्ञान तथा मन्त्रालयले बन्दाबन्दीको अन्त्य भई अन्य अवस्था सामान्य भएमा त्यसको दुई सातापछि स्थगित माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा सञ्चालन हुने गरी तयारी गरेको छ।

चुनौतीका चाङ : रोग रोकथामदेखि सामाजिक सद्भावसम्म

कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि १ महिनादेखि देश बन्दाबन्दी (लकडाउन) मा छ। यसको अर्थ जनजनलाई बुझाउनेदेखि कोरोनाको नियन्त्रणात्मक र उपचारात्मक कार्यसमम्मको मुख्य जिम्मेवारी स्थानीय तहलाई तोकिएको छ।

मनकामना मन्दिरका पूजारीका तीन नाल बन्दुक !

बिहानदेखि बेलुकीसम्म मनकामना मन्दिर भित्र पूजापाठ गरेर भक्तजनलाई आशिक दिँदै बस्ने पूजारीलाई सुरक्ष थ्रेट कति अनुमान गर्न सकिएला।

उदयपुरमा कोरोना पुष्टिपछि घोडेटार पूर्णरुपमा बन्द

छिमेकी जिल्ला उदयपुरमा कोभिड–१९ को संक्रमण देखिएपछि यहाँको दक्षिणी क्षेत्रमा पर्ने घोडेटार बजार पूर्ण रुपमा बन्द गरिएको छ।

जुम्ला–जाजरकोट नाका बन्द गर्न माग

पछिल्लो समय सुर्खेत छिन्छु हुँदै जाजरकोट भएर पैदल यात्रा गरेर आउनेको संख्या बढेपछि जुम्लाबासीले तत्काल जुम्ला जाजरकोट नाका पूर्ण रुपमा बन्द गर्न माग गरेका हुन् । उनीहरुले नाका बन्द गरेर आवतजाव पूर्ण रुपमा बन्द गर्न माग गरेका हुन् । अहिले कर्णाली राजमार्गमा सवारी आवागमन ठप्प भएपछि भारत तथा ब्यापारका शिलशिलामा देशभित्र रहेकाहरु धमाधम जाजरकोट भएर आउन थालेका हुन् ।

बन्दाबन्दीका लामबन्दी

कोभिड–१९ द्वारा सिर्जित बन्दाबन्दीको अवस्थामा आफ्नो थातथलो हिँडेका सर्वसाधारणले यो बेला पाएका सास्ती शब्दमा चित्रण गर्न सकिँदैन।

साल्ट ट्रेडिङ कर्पोरेशन सिँजा कार्यालय बन्द

जिल्ला  प्रशासन कार्यालय, जुम्लाले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, डिपो कार्यालय सिंँजा बन्द गराएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्