अमेरिकी चुनावः नयाँ जनमत सर्वेक्षणमा बाइडेनलाई अग्रता
महिला मतदातामध्ये बाइडेनलाई मतदान गर्नेको संख्या ६७ र ट्रम्पलाई मतदान गर्ने ३७ प्रतिशत रहेका छ।
महिला मतदातामध्ये बाइडेनलाई मतदान गर्नेको संख्या ६७ र ट्रम्पलाई मतदान गर्ने ३७ प्रतिशत रहेका छ।
अमेरिकामा आसन्न राष्ट्रपतीय निर्वाचनको पूर्व सन्ध्यामा बिहीबार अन्तिम बहस भएको छ। राष्ट्रपति पदका लागि प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारद्वय वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्व उपराष्ट्रपति जो बाइडेनका बीचमा टेलिभिजन बहस भएको हो।
कोरोना भाइरसका कारण चार दिनसम्म अस्पताल भर्ना भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प काममा फर्किएका छन्।
अस्पतालमा तीन दिनको बसाइपछि उनी नाटकीय ढंगले सोमबार साँझ निवास ह्वाइट हाउस फर्केका हुन्।
कोरोनाभाइरसबाट सङ्क्रमित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट निवास फर्किएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पालबाट ह्वाइट हाउसमै फर्किएका छन्। कोरानो संक्रमण देखिएपछि तीन दिनअघि अस्पताल भर्ना भएका ट्रम्प कोरोना नेगेटिभ नहुँदै ह्वाइट हाउस फर्केका हुन्। उनको अब ह्वाइट हाउसमै उपचार हुने न्यू योर्क टाइम्सले जनाएको छ।
कोरोना संक्रमण भएपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प शुक्रबारदेखि वासिङटनस्थित द वाल्टर रिड नेसनल मिलिटरी मेडिकल सेन्टरमा उपचाररत छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकाका समकक्षी डोनाल्ड ट्रम्पको स्वास्थ्य लाभको कामना गर्दै सन्देश पठाएकी छन्। राष्ट्रपति भण्डारीले एक सन्देश पठाउँदै ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पको सीघ्र स्वास्थ्य लाभको कामना गरेकी हुन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना पोजेटिभ देखिएको छ। सहयोगीलाइृ पोजेटिभलाई कोरोना देखिएपछि उनले कोरोना परीक्षण गरेको थिए। परीक्षणपछि आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको उनले ट्वीट गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकमा तैनाथ सबै अमेरिकी सेनालाई जतिसक्दो चाँडो स्वदेश फर्काउने पुनः प्रतिबद्धता व्यक्त गरेका छन्।
शोक वक्तव्य जारी गर्दै राष्ट्रपति ट्रम्पले आफ्नो भाइलाई गुमाउनुपर्दा मन गह्रुङ्गो भएको उल्लेख गरेका छन् । रोबर्ट आफ्ना लागि भाइ मात्रै नभई सबैभन्दा असल साथी भएको पनि उनले स्मरण गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार जारी गरेकाे कार्यकारी आदेशमार्फत आफ्नो अनुदार आप्रवासी नीतिलाई अझ कडाईका साथ निरन्तरता दिएका छन्।आप्रवासीका क्षेत्रमा काम गर्ने ज्ञाताहरुका अनुसार गत सोमबार जारी कार्यकारी आदेश अमेरिकी आप्रवासी ईतिहासकै कठोर मानेका छन्। राष्ट्रपति ट्रम्पले आगामी नोभेम्बरमा हुन गईरहेको राष्ट्रपति चुनाव केन्द्रित गरेर कार्यकारी आदेश जारी गरेको आप्रवासी कानुनका जानकार एटोर्नी डिल्लीराज भट्टले नागरिकन्यूजलाई बताए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोसँग भेटवार्ता गर्ने बारेमा विचार गरिरहेको बताएका छन्। आइतबार प्रकाशित राष्ट्रपति ट्रम्पको अन्तर्वार्तामा उनले भेनेजुएलाका विपक्षी नेता पूरै विश्वासिला नभएको संकेत गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा आफूलाई सघाउन चिनियाँ राष्ट्रपति सी जिनपिङको सहयोग मागेको ट्रम्पका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले आरोप लगाएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी सातादेखि राष्ट्रपतिको दोस्रो कार्यकालका लागि औपचारिक रुपमा प्रचारप्रसार शुरु गर्ने तयारी गरेका छन्।