९ मंसिर २०८१ आइतबार
image/svg+xml

चार महिनामा चितवनका ३१ स्थानमा बर्डफ्लु

अहिलेसम्म बर्डफ्लु देखिएका फार्महरूमा दुई लाख ३३ हजार ३१२ लेयर्स कुखुरा मारिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी डा प्रभाष न्यौपानेले जानकारी दिए। उनका अनुसार ब्रोइलर ६४६, कडकनाथ ८९६, ३५ वटा हाँस नष्ट गरिएको छ।

पाेखरामा बर्डफ्लु संक्रमणः ४ सय कुखुरा नष्ट

संक्रमण देखिएको फार्मलाई नै इपिसेण्टर मानेर चार किल्ला निर्धारण गरिएको जिल्ला बर्डफ्लु नियन्त्रण कक्षले जनाएको छ।

तारकेश्वरको बर्डफ्लु सङ्क्रमण नियन्त्रणमा

काठमाडौँको तारकेश्वर नगरपालिकामा देखिएको बर्डफ्लु सङ्क्रमण नियन्त्रणमा आएको छ। यही माग १६ गते तारकेश्वर नगरपालिका–७ साङ्लेखोला, फुटुङका स्थानीय कृषकले पालेका टर्की र हाँसमा बर्डफ्लु भाइरस सङ्क्रमण देखिएपछि थियो।

काठमाडौंमा बर्डफ्लु

मानव स्वास्थ्यमा पनि गम्भीर असर पार्न सक्ने संक्रामक बर्डफ्लु रोग राजधानी काठमाडौंमा देखिएको छ । किसानले पालेका टर्की र हाँसमा बर्डफ्लु भेटिएको पशु सेवा विभागले पुष्टि गरेको छ ।

यसरी पत्ता लाग्याे नेपालमा बर्डफ्लु

परीक्षणबाट बर्डफ्लु प्रमाणित भएपछि विशेष परीक्षणका लागि जापानको विश्व स्वास्थ्य संगठन इन्फ्लुएन्जा समन्वय प्रयोगशालामा पठाइएको थियो। जापानबाट मंगलबार युवकमा इन्फ्लुएन्जा एच–५ ए–१ समूहको रहेको प्रमाणित भएको रिपोर्ट प्राप्त भएको थियो।

के हाे बर्डफ्लु, कसरी सर्छ मानिसमा?

गएको जाडो मौसममा देशका विभिन्न भागमा किसानले पालेका कुखुराहरु बर्डफ्लूका कारण अत्याधिक बिरामी भई उपचार गर्दागर्दै मर्न थालेका सूचनाहरु बाहिर आइरहेको बेला भने सोही बर्डफ्लूका कारण काभ्रेमा एक २१ वर्षीय युवकको ज्यान गएको छ।

नेपालमा पहिलोपटक देखियो मानिसमा बर्डफ्लु, एक युवकको मृत्यु

नेपालमा पहिलोपटक मानिसमा देखियो बर्डफ्लु देखिएको छ। बर्डफ्लुका (एच फाइभ एन वान) कारण काभ्रेका २१ वर्षीय एक युवकको मृत्यु भएको छ। नेपालमा मानिसमा बर्डफ्लु पुष्टि भएको यो पहिलो घटना भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख शेरबहादुर पुनःले बताए।

राजधानीमा बर्डफ्लु देखिएपछि उच्च सतर्कता

काठमाडौँका केही कुखुरा फार्ममा बर्डफ्लुको सङक्रमण देखा परेपछि उच्च सतर्कता अपनाइएकाे छ। बर्डफ्लु रोग नियन्त्रणसम्बन्धमा बसेको नगरस्तरीय बैठकले सतर्कता अपनाउने निर्णय गरेको हो। बर्डफ्लुबाट कुखुरा मर्ने क्रम जारी रहेसँगै आसपास क्षेत्रमा उच्च सतर्कता अपनाइएको नगर पशु स्वास्थ्य शाखा प्रमुख डा जयप्रकाशराय यादवले बताए।

हेटौंडामा बर्डफ्लु संक्रमण पुष्टि

हेटौंडा उपमहानगरपालिकामा बर्डफ्लुको संक्रमण पुष्टि भएको छ। सो पुष्टिसँगै बर्डफ्लु नियन्त्रण प्राविधिक समितिले चार किल्ला तोकी रोग नियन्त्रणको प्रयास थालेको छ।

कोशी गाउँपालिकामा चारसय चल्लाको मृत्यु, बर्डफ्लुको आशंका

सुनसरीको कोशी गाउँपालिका–६ मा एक कुखुरापालक किसानका ४०० चल्ला मरेका छन् । स्थानीयवासी उपेन्द्र यादवले सोमबार राति चल्ला ल्याएको र मंगलबार बिहान एक–दुई गर्दागर्दै भकाभक चल्लाको मृत्यु भएको स्थानीय प्राविधिक पप्पु पाठकले जानकारी दिए। यादवले कैलाशपति ह्याचरी चितवनबाट ल्याएको चल्ला मधुवनका वासु श्रेष्ठसँग खरीद गरेका थिए।

चितवनका कुखुरामा बर्डफ्लु देखियो

चितवनमा बर्डफ्लु देखापरेको छ। खैरहनी नगरपालिका–९ सुर्तनीका स्थानीय किसान राजन चौधरी र लक्ष्मण चौधरीले पालेको कुखुरामा बर्डफ्लु (एभिएन इन्फ्लुएन्जा एच फाइभ एन वान) देखिएको हो।

बर्डफ्लु पत्ता लगाउन नमुना संकलन

सुनसरी इटहरी वडा नं. १२ को पाथीभरा पोल्टी फर्ममा पालिएको कुखुरामा नयाँ प्रकारको बर्डफ्लुको संक्रमण भेटिएपछि आसपासका क्षेत्रमा नमुना संकलन थालिएको छ  ।

पोखरामा देखियो बर्डफ्लु

पोखरामा फेरि पंक्षीमा लाग्ने बर्डफ्लु रोग देखा परेको छ। पोखरा उपमहानगरपालिका–१८, खाल्टेमसिनाकी मीना परियारले पालेका हाँस धमाधम मर्न थालेपछि परीक्षण गर्दा बर्डफ्लु देखिएको पशुसेवा कार्यालय कास्कीले बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्