७ वैशाख २०८१ शुक्रबार

लुम्बिनी प्रदेश : ‘फ्लोर क्रस’ भए मात्रै मुख्यमन्त्री ‘फेल’

माओवादी केन्द्रबाट एमालेमा लागेका दुई सांसदको पद निलम्बन भएपछि कुल ८७ सांसद संख्या रहेको प्रदेशसभा हाल ८५ सदस्यीय छ । जसपाका चार सांसद पोखरेल कित्तामा उभिएपछि पोखरेलको अहिलेको मत प्रदेशसभामा ४५ पुगेको छ । तर जसपाले पार्टीको ह्विप उल्लंघन गरेर मन्त्री बन्न पुगेका चार सांसदलाई सांसदै नरहनेगरि कारबाही गरेको खण्डमा प्रदेशसभा ८१ सदस्यीयमा झर्ने छ ।

लुम्बिनी प्रदेश : मुख्यमन्त्री पोख्रेलविरुद्ध हस्ताक्षर

एमालेका ४१ र जनता समाजवादी पार्टीका एक जना सांसद बाहेक ४२ सांसदले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावका लागि हस्ताक्षर समेत गरिसकेको स्रोतले बताएको छ । उक्त हस्ताक्षर आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीलाई बुझाईएको र यो हस्ताक्षरसहित मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव संसदमा दर्ता गर्ने तयारी भएको स्रोतको दाबी छ ।

कांग्रेस केपीको प्रतिपक्ष, जोगिएलान मुख्यमन्त्री शंकर?

केहि दिन अघि बरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेका सभापति देउबाले आँफै यो अभ्यासको थालनी गरिसकेका छन् । कांग्रेसको यो प्रयास पश्चात अल्पमतमा रहेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलको मुख्यमन्त्री पद पनि जोखिम उन्मुख बन्दै गएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्