९ मंसिर २०८१ आइतबार
image/svg+xml

केन्याकाे राष्ट्रपति निर्वाचन अक्टोबर १७ मा

केन्यामा अक्टोबर १७ मा राष्ट्रपतिको निर्वाचन हुने गरी नयाँ निर्वाचनको तालिका तय भएको छ । गत  अगस्ट ८ मा भएको निर्वाचन असंवैधानिक भएको भन्दै चुनावको नतिजा बदर भएको घोषणा गर्दै पुन निर्वाचन गराउने फैसला केन्याको अदालतले गरेको थियो।

उपराष्ट्रपतिद्वारा एक महिनाको तलब बाढीपीडितलाई

उपराष्ट्रपति नन्दबहादुर पुनले हालैको प्राकृतिक प्रकोपबाट प्रभावित तथा बाढीपीडित व्यक्तिको सहयोगार्थ यही भदौ महिनाको सम्पूर्ण तलब प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्रदान गरेका छन्।

राष्ट्रपतिसमक्ष संरक्षणकर्मीको गुनासो

प्रकृति संरक्षणमा सक्रिय सरकारी निकाय, नेपाली सेना, नेपाल प्रहरी र गैरसकारी संघसंस्थाका प्रतिनिधिले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आफ्ना समस्या राखेका छन् । उनीहरूले संघीय संरचना र अधिकारको बा“डफा“टले संरक्षण क्षेत्र अन्यौलमा परेको गुनासो गरे । साथै नेपाली सेना र प्रहरीका अधिकारीले आपूmहरूको संगठनको भूमिकाबारे कानून स्पष्ट नभएकाले काम गर्न अप्ठेरो भइरहेको बताए ।

चीन भारत सम्वन्ध विश्वासमा आधारित: राष्ट्रपति सि

चिनियाँ राष्ट्रपति सि चिनफिङ्ले चीन र भारत सम्बन्ध स्थिर र स्वस्थ हुनुपर्नेमा जोड दिएका छन् । चीन र भारतका नागरिकको चाहना पनि यस्तै रहेको भन्दै राष्ट्रपति चिनफिङ्ले यी दुई देशबीचको सम्बन्ध विश्वासमा आधारित र स्थिर हुनुपर्नेमा जोड दिनुभएको समाचारमा जनाइएको छ।

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको माग गर्दै नयाँ शक्तिको प्रदर्शन

नयाँ शक्ति पार्टी, नेपालले  प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासन प्रणालीको माग गर्दै धर्ना बसेको छ। मंगलबार नयाँ शक्तिले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र विदेशमा रहेका नेपालीहरुलाई मताधिकार दिनुपर्ने माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिएको हो।

कार्यकारी राष्ट्रपतिका लागि संविधान संशोधन प्रस्ताव ल्याउँछौं :  दाहाल

नेकपा माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिका लागि संसद्मा संशोधन प्रस्ताव पेस गर्ने भएको छ। अस्थिर राजनीतिले देश विकास हुन नसक्ने भन्दै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिका लागि संविधान संशोधन प्रस्ताव पेस गर्न लागिएको जानाकारी पार्टी अध्यक्ष पुष्पकमल दाहालले दिएका हुन्।

राष्ट्रपतिको एक महिनाको तलब बाढीपीडितलाई

राष्ट्रपति विद्यादेवी भण्डारीले बाढी पहिरोपीडितका लागि आफ्नो एक महिनाको तलब प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरी प्रदान गरेकी छिन्।

राष्ट्रपतिले शीर्ष नेतालाई भनिन्: डुबानको कूटनीतिक समाधान पनि खोज्नुस्

राष्ट्रपति विद्यादेवी भण्डारीले तराई/मधेसका डुबान, पहिरो, व्यवस्थापिका–संसद्मा प्रस्तुत संविधान संशोधन तथा परराष्ट्र नीतिका विषयमा चासो लिई यी विषयमा प्रमुख तीनदलका शीर्ष नेतालाई ध्यानाकर्षण गराएकी छन्।

बाढी पहिरोका घटनाप्रति उपराष्ट्रपतिद्वारा दु:ख व्यक्त

उपराष्ट्रपति नन्दबहादुर पुनले केहीं दिनदेखि परिरहेको भिषण वर्षाका कारण तराई–मधेसलगायत देशका विभिन्न भागमा बाढी, डुबान, पहिरोबाट भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन्।

बालविवाहविरुद्धको राष्ट्रिय अभियान राष्ट्रपतिद्वारा शुभारम्भ

बालविवाह अन्त्यका लागि ‘नेपाली जुटौं, बाल विवाह रोकौं’ राष्ट्रिय अभियान शुरु भएको छ। राजधानीमा आज आयोजित विशेष समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले दीप प्रज्वलन गरेर अभियानको शुरुवात गरिन्।

राष्ट्रपतिद्वारा दुःख व्यक्त, क्षतिप्रति चिन्ता

राष्ट्रपति विद्यादेवी भण्डारीले बागलुङको ढोरपाटन नगर र निसीखोला गाउँपालिकामा पहिरोमा पुरिएर शुक्रबार एकै घरका चार जनासहित छ जनाको तथा डोटीमा जिप दुर्घटनामा परी नौ जनाले जीवन गुमाएकामा गहिरो दुःख व्यक्त गरेकी छन्।

माओवादी निर्णय : प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति

माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति बनाउन पहल गर्ने प्रस्ताव पारित गरेको छ। पार्टी सचिवालयको विस्तारित बैठकले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको मुद्दालाई मुख्य अजेन्डा बनाउने निर्णय गरेको हो। विस्तारित बैठक शनिबार सम्पन्न भएको छ।

अमेरिकी राष्ट्रपति कार्यालयका प्रेस सचिवद्वारा राजीनामा

अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रेस सचिव सन इस्पिसरले शुक्रबार पदबाट राजीनामा दिएका छन्।

ट्रम्पको निर्णयले सिरियाली राष्ट्रपतिलाई फाइदा

अमेरिकाले सिरियाका राष्ट्रपति बशर अल अशद्को शासनको विरूद्धमा संघर्ष गरिरहेका व्यक्तिहरूलाई सहयोग नगर्ने घोषणा गरेको छ ।

चिनियाँ राष्ट्रपतिसँग भेट्दै फिफा अध्यक्ष

विश्वकप आयोजनाका साथै कुनै दिन उपाधिसमेत जित्ने महत्वाकांक्षी लक्ष्य लिएको चीनका राष्ट्रपति सी जिङपिङले बुधबार फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई भेट्ने भएका छन्। सीले विश्व फुटबलको सर्वाेच्च संस्था फिफाका अध्यक्ष इनफान्टिनोलाई ‘ग्रेट हल अफ दि पिपुल’ मा भेट दिन लागेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्